शुक्रबार, १९ जेष्ठ, २०८०

रिब्दीकोटको खस्यौलीमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न,१ सय ५० जना लाभान्वित

सन्‍तोष गहतराज, बिहीबार, ९ चैत्र, २०७९

रिब्दीकोटको खस्यौलीमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न,१ सय ५० जना लाभान्वित

पाल्पा-दिदी बहिनी महिला  कृषक बहुउद्देश्यीय  सहकारी  सस्था लिमिटे, खस्यौली वडा महिला समन्वय  समितिको संयुक्त  आयोजना र पाल्पा लायन्स  लाकौल आँखा अस्पतालको सहयोगमा १ दिने आँखा शिबिर सम्पन्न भएको छ ।  बिहिबार गरिएको निःशुल्क आँखा शिविरमा १ सय ५० जना भन्दा वढीले सेवा लिएका छन् । 

चेकजाँचका क्रममा ३ जनामा मोती बिन्दु र १ जनालाई आखामा मासु पलाएको समस्या देखा परेकोले रिफर गरिएको छ भने एलर्जी,जलविन्दु ,दृष्टिदोष समस्या देखिएको ३३ जना चस्मा तथा  आवश्यक औषधी वितरण गरिएको छ ।  आम नागरिकलाई सहज वातावरणमा आँखाको चेक जाँच गरी आफ्नै घरआँगनमा शिविर सहितको आँखा विशेषज्ञ टोलीमार्फत उपचार गराइएको थियो ।

वडाध्यक्ष नारायण बहादुर कार्कीले वडा कार्यालयले विगतमा दिनमा समेत निःशुल्क आँखा शिविर सञ्चालन गएको बताउदै आउँदा दिनमा समेत शिविर सञ्चालन गर्ने बताउनुभयो । वडा अध्यक्ष कार्कीले शरिरका सवै अङ्गको आफ्नै महत्व भएको र आँखा सवै भन्दा महत्वपूर्ण अङ्ग भएकोले निस्शुल्क आँखा शिविर सञ्चालनले नागरिकहरूलाई थप लाभान्वित हुन सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्यहरू नरेन्द्र अमात्य र नरेन्द्र सिन्धौलीले मन्तव्य राख्नुभएको थियो ।  दिदी बहिनी महिला  कृषक  बहुउद्देश्यीय  सहकारी  सस्था लिमिटेडका अध्यक्ष मिना नेपालको अध्यक्षता  र सञ्चालन व्यवस्थापक बिनु गौतमको सञ्चालन सम्पन्न भएको थियो ।

रिब्दीकोटको खस्यौलीमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न,१ सय ५० जना लाभान्वित

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif