शनिबार, ११ मंसिर, २०७८

advertisement_1619539395.gif

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) द्वारा सरावलमा ज्ञापनपत्र

सुरेश यादव, सोमबार, ४ आश्विन, २०७८

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) द्वारा सरावलमा ज्ञापनपत्र

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सरावल गाउँ समिति नवलपरासी द्वारा सरावलमा ज्ञापनपत्र बुझाएको छ ।

११ बुदे माग राख्दै तुरुन्त कार्यान्वयन गर्नका लागि समितिका संयाेजक साेना चाैधरिकाे नेतृत्वमा महिलाहरुले ज्ञापनपत्र बुझाएका छन । सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिकाे अनुपस्थितिमा उपाध्यक्ष उत्तमा रायलाई ज्ञापनपत्र बुझाउदै महिलाहरुले ११ बुदे माग तुरुन्त कार्यान्वयन गर्ने माग समेत गरेको थिए । साथै महिलाहरुले ज्ञापनपत्र बुझाउदै निम्नलिखित मागहरु तुरुन्त कार्यान्वयन गर्न माग गरेका हुन ।

१- स्वस्थ्य समस्य ( अस्पताल ,स्वास्थ चाैकि ) र शिक्षण संस्था ( विद्यालय ) काे वरपर निश्चित दुरिसंम धुम्रपान,मध्यपान,जुवातास निशेधित गरियाेस ।

२- माध्यमिक तहसम्म किशोरी मैत्री बाताबरण बनाउन किशोरीहरुलाई अराम कक्ष शाैचालयकाे ब्यवस्था सेनेटरि प्याडकाे सहज ब्यवस्था गरियोस् ।

३-सरावल गाउँपालिका भित्र रहेको माध्यमिक विद्यालयमा एक-एक जना स्टाफ नर्सकाे ब्यवस्था गरियोस् ।

४-आमाकाे नामबाट नागरिकता प्राप्त गर्ने सहज बाताबरण निर्माण गरियोस् । ५-छाेरा सरह छाेरिलाई पैत्रिक सम्पतिमा समान अधिकारकाे ब्यवस्था लागू गरियोस् ।

६-लैङ्गकि उत्तरदायी बजेट १० प्रतिशतकाे व्यवस्था गरि जनचेतना ,तालिम ,सीप सिकाई आदिमा प्रयोग गरियोस् । ७- सरावल गाउँपालिकालाई महिला हिंसा मुक्त पालिका घाेषणा गरियोस् ।

८- प्रत्येक स्थानीय तहमा अल्पकालीन सुरक्षित गृह ( सेफ हाउस ) काे व्यवस्था गरियोस् ।

९-सबै गर्भवती महिलाहरुलाई अस्पतालमै सुत्केरी हुने व्यवस्था मिलाईयाेसे् । १०- हिंसा पिडित महिलाहरुकाे लागि न्यायिक समिति मार्फत तत्काल न्याय दिने व्यवस्था मिलाईयाेस् ।

११- छाेरिका लागि जन्मेपछि बैंक खाताकाे व्यवस्था र माध्यमिक शिक्षा सम्म निशुल्क शिक्षाको व्यवस्था मिलाईयाेस् । लगाएतकाे ११ बुदे माग तत्काल कार्यान्वयन गर्न माग गरेका थिए ।

 

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif