मंगलवार, १० जेष्ठ, २०७९

नेपाल अधिराज्‍यभर पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुस्टि

भैरब खबर डटकम संवाददाता, शुक्रबार, ३० पुष, २०७८

नेपाल अधिराज्‍यभर पछिल्लो २४ घण्टामा पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुस्टि

काठमाण्डाै - नेपालमा एकैदिन पाँच हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५ सय ६० जनाको नमुना परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ३५ पुगेको छ ।गएको २४ घण्टामा नेपालमा कोरोनाका कारण थप तीन जनाको ज्यान गएको छ । योसहित नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय १३ जना पुगेको छ । यस्तै गएको २४ घण्टामा ३ सय ६ जना निको भएका छन् । गएको २४ घण्टामा ३ लाख २० हजार २ सय ७६ जनाले कोरोनाको खोप लगाएका छन् ।

योसहित नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ पुगेको छ । जसमध्ये १ करोड ५६ लाख ६ हजार २१ जनाले एकमात्रा र १ करोड १८ लाख ६९ हजार ९ सय ७४ जनाले दुई मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif