मंगलवार, १० जेष्ठ, २०७९

रुरु माघी मेला सम्पन्न, मेला काे अवसरमा दुई करोडको कारोबार

चुरामणि तिमिल्‍सेना, बिहीबार, ६ माघ, २०७८

रुरु माघी मेला सम्पन्न, मेला काे अवसरमा दुई  करोडको कारोबार

पाल्पा,गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक ऐतिहासिक एवम् पर्यटकीय पबित्र तिर्थ स्थल रुरु क्षेत्र धाम रिडीमा परापुर्वक काल देखिनै लाग्दै आयको माघे सन्क्रान्ती मेला २०७८ सम्पन्न भएको छ ।

तीन जिल्लाको संगममा स्नान गरि भगवान हृषीकेशको दर्शन गर्नाले देब ऋण ,पित्री ऋण र ऋषि ऋणबाट मुक्त हुने धार्मिक विश्वास हुनाले रुरु धाममा भक्तजनहरू स्नान गरि दर्शन गर्दछन । यस बर्ष कोराेनाको महामारि कारणले सोचे अनुसारको चहल पहल देखिएन । यहाँ बढी मात्रमा राडिपाखी,ओखर हाजी,बासबाट बनेका हस्त सामाग्री,न्यानो कपडा, टिमुर, सुन्तला खुदो, गुण, अचार, सिद्रा लगायतका सामाग्रीहरु बिक्रि बितरण भएको थियो ।

यस बर्ष पाल्पा,गुल्मी,स्याङ्जा ,अर्घाखाँची रुपन्देही,पर्वत,नवलपरासी, रुकुम,रोल्पा,दाङ ,बर्दिया ,हुम्ला, जुम्लाबाट व्यापार गर्न तथा दर्शनको लागि रुरुमा भक्तहरू आएका रुरु फेड्ण्स क्लबका सचिब राजेन्द्र जबराले जानकारी दिनुभयो । मेलामा सास्कृतिक कार्यक्रम नभएता पनि मेलाको अन्तिम तिर कालीगण्डकी तटमा अार्थिक कराेबारमा कमि भनी देखिएन । मेलामा करिब २ करोड बराबरको आर्थिक कारोबार भएको आयोजक सस्थाहरुले जानकारी दिए ।

मेलालाइ सम्पन्न गर्न अहोरात्र खटिने सुरक्षा निकाय पत्रकार ,स्वास्थ कर्मी लगायतलाई रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष रामलाल बि कले धन्यवाद व्यक्त गर्नु भयो । मेला अबधि भर कुनै अपृय घटनाहरु नभएको र शान्तिपूर्ण पुर्ण रुपमा सम्पन्न गराउन पाउदा सबैमा खुशी छाएको तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष कमल रानाले बताउनुभयो । यस्तै स्याङ्जाको तटमा मगर समुदायका विभिन्न परिकारहरुको पहिचान स्टल नै राखी प्रचारप्रसार गरिएको कालीगण्डकी गाउँपालिका वडा न १ का वडा अध्यक्ष सोभिलाल चौतारेले जानकारी दिनुभयाे ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif