शनिबार, ११ मंसिर, २०७८

advertisement_1619539395.gif

गाउँपालिका अध्यक्षले सरकारी गाडीकाे दुरुपयोग गर्दा स्थानीय आन्दाेलित

भैरव संवाददाता, बिहीबार, २८ आश्विन, २०७८

गाउँपालिका अध्यक्षले सरकारी गाडीकाे दुरुपयोग गर्दा स्थानीय आन्दाेलित

सिराहा / असाेज २८ ।

सिरहाको नवराजपुर गाउँपालिकाका गा.पा अध्यक्ष विश्वमोहन यादवले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीय युवाहरु आन्दोलनमा उत्रेका छन् । अध्यक्ष यादवले आफ्नो  निजि जग्गामा पोखरी खन्न पालिकाको सरकारी गाडी जेसिबी  प्रयोग गरेको भन्दै बुधबार गाउँपालिकामा युवाहरुको एक समुहद्वारा तनावग्रस्त भएको नवराजपुर गाउँपालिका वडा नम्बर – ४ निवासी जिवछ प्रसाद यादवले बताए । 

आन्दोलित युवाहरुको एक समुहले सरकारी जेसिबिद्वारा  पोखरी खनिरहेको अबस्थामा काम बन्द गराई साचो प्रहरीलाई बुझाएको छ ।
वडा नम्बर – ४ स्थित गापा अध्यक्ष यादवको निजि जग्गामा करिब डेढ महिना देखि उक्त गाडीले  पोखरी खनिरहेको छ , त्यसमा सरकारी ट्रायक्टर समेत प्रयोग गरिएको उनिहरुको आरोप छ ।  पोखरीबाट निस्केको माटोलाई समेत पालिका अध्यक्ष यादवले नजिकै बरियारपट्टी गाउँपालिका वडा नम्बर – १ नरगीमा ४ , ५ सयको दरले बेचेको आन्दोलन पक्षको आरोप छ । 

यता गाउँपालिका अध्यक्ष यादवले,- मैले आफ्नो निजि जग्गामा  पोखरी खनेको छु, तर पोखरीको माटो कसैलाई नबेचेको बताएका छन् , पोखरीको माटोले गाउँपालिकाको विभिन्न वडामा विकास गराएको छु , दावी गरे ।

नव निर्मित पोखरी भन्दा करिब २ किलोमिटर नजिकै  बरियारपट्टी गाउँपालिका  नरगी टोल छ , त्यहाँको स्थानीयहरुले आफ्नै ट्रायक्टर ल्याई माटो लगेको अध्यक्ष यादवले बताए । मेरो निजि जग्गा हो , म माटो दिन सक्छु , त्यो मेरो अधिकारको बिषय भएको उनले सुनाए । मैले पोखरीको माटोले गाउँपालिकामा विकास गराएको छु उनले पुनः दोह्राए । 

स्थानीयको निवेदनको आधारमा गाउँपालिका विभिन्न टोलहरुमा बिकास गर्न माटो खासालेको छु । र त्यसको लागि मैले सरकारी जेसिबिको प्रयोग गरेको अध्यक्ष यादवको कथन छ । राजनीतिक प्रतिशोध साध्न बिपक्षीहरुले म माथी विभिन्न झुठा आरोप लगाएको अध्यक्ष यादवको भनाई छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif