माधव पाण्डे, सोमबार, २९ फाल्गुन, २०७९
पन्चे बाजा भन्ने वितिकै ५ वटा बाजाको समूह हाे । जुन विवाह पाटि लगायत ठाउमा मनोरञ्जनका लागि बजाइने गरिन्छ । यहीँ बाजाकाे नामबाट नामाकरण गरिएको जिल्लाकाे पुर्वखाेला गाउँपालिका जल्पाकाे पन्चेबाजा मैदानको समुहले फागु खेलेर संकलित रकम मैदान निवासी मिर्गौला पिडित यम बहादुर घर्तिलाई सहयोग गरेका छन ।
मैदान पन्चेबाजा समुहका अध्यक्ष रनविर बरालले आफ्नो गाउँमा रहेको पिडितलाई सहयोग गर्ने र स्थानीय कला सस्कृति जोगाउने हेतुका साथ रूपैयाँ १६ हजार सहयोग गरेको बताउनुभयो ।
साथै मृगौला पिडित घर्तिलेसहयोग गरिदिनु भएकाेमा युवाहरूलाई धन्यवाद दिनुभएको थियोे । घर्तिले अझै सहयोगको अपेक्षा रहेको बताउनुभयो
घर्तिको परिवार आथिक स्थिति कमजोर रहेको र सहयोग गरिदिन पनि समाज सेवि गङग ब. बारघरेले अनुराेध गर्नुभएकाे छ ।