सन्तोष गहतराज, सोमबार, १० माघ, २०७८
पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिकाले कृषकहरूकाे कृषि उत्पादनमा वृद्धि गर्नका लागि जैविक मल वितरण गरेको छ । मैनादीका सुन्तला कृषकलाई लागत सहभागितामा बगैँचा सुढृणीकरण कार्यक्रम अनुसार गाउँपालिकाले जैबिक मल बितरण गरेको हाे । मैनादी कृषि सहकारी सँस्था लिमिटेड मैनादीका ६४ जना कृषकहरूलाई गाउँपालिकाले जैविक मल हस्तान्तरण गरेको हाे ।
कार्यक्रमका प्रमुख अतिथि रिब्दीकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले जैविक मलले कृषकहरूकाे कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । रासायनिक मलकाे प्रयाेग भन्दा जैविक मलकाे प्रयाेगबाट उत्पादित कृषि उपज स्वास्थ्य लागि फाइदा हुने भएकोले कृषकहरूले रासायनिक मल भन्दा जैविक मलकाे प्रयाेग बढाउनुपर्ने बताउनुभयो । गाउँपालिकाले पालिकाका अधिकाश नागरिकहरू कृषि पेशाका आधारित रहेकोले कृषिमा आधुनिकरण,विभिन्न गाई,भैंसी,बाख्रा लगाएत कृषि उपजमा अनुदानका कार्यक्रम सञ्चालन गरि नागरिकहरूलाई स्वराेजगार बनाउनका लागि गाउँपालिका अगाडि बढेको बताउनुभयो । पछिल्लो समयमा कृषि उपजमा रासायनिक मलकाे प्रयाेग वृद्धि भइरहेको परिस्थितिमा मैनादीका कृषिकहरूले कृषि उपजमा वृद्धि गर्न जैविक मलकाे माग गरे अनुसार कृषहरूलाई मल प्रदान गरिएको बताउनुभयो । साथै जैविक मलकाे प्रयाेग गरि कृषि उत्पादन वृद्धि गरि आत्मनिर्भर हुन आर्गह गर्नुभयाे ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका लेखा अधिकृत विष्णुु ढकालले रासायनिक मलकाे प्रयाेग अल्पकालीन फाइदा दिए पनि दीर्घकालीन समयमा माटाेमा अम्लियपनकाे असर देखा पर्ने हुदा जैविक मलकाे प्रयाेग यस्ता असरबाट मुक्ति मिल्ने बताउनुभयो । जैविक मलकाे जति धेरै प्रयाेग गर्याे माटाेकाे उर्वरा शक्तिमा पनि वृद्धि हुने हुदा कृषकहरूले उचित किसिमले मलकाे प्रयाेग गरि कृषि उत्पादनमा वृद्धि गरि आयआर्जन मुलक कार्यमा जाेडिन आर्गह गर्नुभयाे ।
कार्यक्रममा रिब्दीकाेट सहकारी सञ्चालनका अध्यक्ष दान बहादुर कुवरले सहकारीका कृषकहरूले रासायनिक मलकाे सट्टामा जैविक मलकाे प्रयाेगलाई बढ्वा दिनुपर्ने बताउनुभयाे ।
कार्यक्रममा कृषि शाखा प्रमुख रन्जिव कुवर,इन्द्र बहादुर कुवर,जनक आर्चाय लगाएतले मन्तव्य राख्नुभएको थियाे । कार्यक्रम गाउँपालिकाका कर्मचारी शिव जि सीकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।