भैरब खबर डटकम संवाददाता, सोमबार, १० माघ, २०७८
पाल्पा- पाल्पामा स्वास्थ्य शाखा प्रमुखसहित ८४ स्वास्थ्यकर्मीहरू कोरोना संक्रमित भएका छन। खोप कार्यक्रममा सहभागी भएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमणमा परेका हुन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलका अनुसार पाल्पा मिसन अस्पताल स्थित कार्यरत ३६ जना स्वास्थ्यकर्मीहरू एकैसाथ संक्रमित भएका छन।
तानसेनस्थित पाल्पा अस्पतालमा सात जना, रैनादेवी छहरा गाउँपालिकामा नौ जना, रम्भामा एक, रामपुरमा चार, निस्दीमा तीन, तिनाउमा एक, रिब्दीकोटमा तीन जना, माथागढी गाउँपालिका स्वास्थ्य शाखाका अनुसार चार जना , पूर्वखोलामा पनि सात जना स्वास्थ्यकर्मी र एक जना महिला स्वास्थ्य स्वयंसेविका संक्रमित भएका छन।
स्वास्थ्यकर्मीहरू दुई/तीन दिनअघिसम्म बालबालिकालाई खोप लगाउनमा व्यस्त भएका स्वास्थ्यकर्मीलाई कोरोना परिक्षण गर्दा ठुलो संख्यामा कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।