भैरब खबर डटकम संवाददाता, सोमबार, १० माघ, २०७८
पाल्पा- जिल्लामा पछिल्लो समयमा काेराेना संक्रमितहरूकाे सख्या वृद्धि भइरहेको छ । सोमबार एकै दिन १६६ जनाकाे संख्यामा कोरोना संक्रमण देखिएपछि सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ ।
तानसेनमा ७८ जना,रामपुरमा १४, माथागढीमा ३, पूर्वखोलामा ९, रैनादेवी छहरामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका फोकल पर्सन कृष्ण पोखरेलले बताउनुभयो । पोखरेलले रम्भामा १३, बगनासकालीमा २६, तिनाउमा २ र रिब्दीकोटमा ६ जनामा कोरोना पुष्टि भएको बताउनुभयो ।
सोमबार ७७ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो भने २३८ जनामा एनटिजीन गर्दा ११९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । याे कुल परीक्षणकाे ५२ प्रतिशत बढी हाे । कोरोनाका ५०४ जना सक्रिय संक्रमितमध्ये ५ जनाको मात्र अस्पतालमा उपचार भईरहेको छ । बाँकी ४९९ जना होम आइसोलेसनमा रहेका छन् ।