शुक्रबार, १९ जेष्ठ, २०८०

शहीद बहुमुखी क्याम्पस रामपुरको स्ववियु सभापतिमा नेवि संघका ल्याकत अलि विजयी

भैरब खबर डटकम संवाददाता, सोमबार, ६ चैत्र, २०७९

शहीद बहुमुखी क्याम्पस रामपुरको स्ववियु सभापतिमा नेवि संघका ल्याकत अलि विजयी

पाल्पा, शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाल विद्यार्थी संघ (नेवि संघ)का ल्याकत अलि विजयी हुनु भएको छ । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) का उम्मेदवार सन्देश ढकाललाई ३२ मतले पछि पार्दै अलि विजयी हुनु भएको हो ।

स्ववियु नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचन बाट सभापति सहितक प्रत्यक्ष तर्फको बाँकी पदमा नेवि संघ र अनेरास्ववियु(क्रान्तिकारी) को संयुक्त प्यानल नै विजयी भएको छ । मतपरिणाम अनुसार कुल सदर मत मध्ये अलिले ३ सय २४ र प्रतिस्पर्धि ढकालले २ सय ९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सुर्य प्रसाद घिमिरेले जानकारी दिनुभयो । त्यस्तै सचिवमा नेवि संघका रमेश पोखरेलले ३ सय ४६ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । अनेरास्ववियुका रमा श्रेष्ठले २ सय ६५ मत ल्याउनु भएको थियो । कोषाध्यक्षमा तिलक सारु ३ सय ३१ मत सहित विजयी हुनु भएको छ । प्रतिस्पर्धि दुर्गा वि.क. ले २ सय ७७ मत प्राप्त गर्नु भएको थियो ।


सदस्यहरुमा नेवि संघ बाट कसम मल्ल ठकुरी ३ सय ५९ मत, कविता राना ३ सय ३७ मत, जयन्ती  दर्जी ३ सय १२ मत, अस्मिता खनाल ३ सय २४ मत र महेश राक्से ३ सय २० मत सहित निर्वाचित भएका छन् । सदस्यमा  अनेरास्ववियुका उम्मेदवारहरु अनिता श्रेष्ठले २ सय ४५, जानकी बयम्बुले २ सय ६०, समर बहादुर खन्गाहाले २ सय ८९, राजन गौतमले २ सय ८२ र सम्बोधन खनालले २ सय ६२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

निर्वाचनमा कुल मतदाता ७ सय ८२ मध्ये ६ सय ५२ मत खसेको थियो । शहीद बहुमुखी क्याम्पसमा प्रत्यक्षमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु(क्रान्तिकारी) को संयुक्त प्यानल र अनेरास्ववियु विच प्रतिस्पर्धा भएको थियो । समानुपातिक तर्फ नेवि संघ, अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारीले संगठन दर्ता गराएको थियो । समानुपातिक तर्फ नेपाल बिद्यार्थी संघले ३ सय २१,अनेरास्ववियुले २ सय ७६ र अनेरास्ववियु (क्रान्तिकारी ) ले ५१ मत प्राप्त गरेको छ । जसमा ४ मत बदर भएको थियो ।

प्रत्यक्ष बाट स्ववियुको ५० प्रतिशत पदाधिकारी चयन भएको छ । उपसभापति, सहसचिव सहित ५० प्रतिशत पदाधिकारी समानुपातिक मतको आधारमा चयन हुनेछ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif