सन्तोष गहतराज, बिहीबार, ९ चैत्र, २०७९
पाल्पा-जिल्लाको तिनाउ गाउँपालिकामा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि वडा न २ ले जितेको छ । फाइनल खेलमा वडा न ६ लाई हराउँदै वडा न २ दोभानले उपाधि जितेको हो । प्रतियोगितामा वडा न ६ दोस्त्रो भएको छ । तृतीयमा वडा न ५ र वडा न १ कचलले सान्तोना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम भएको वडा न २ दोभानले ४० हजार रुपियाँसहित शिल्ड मेडल र प्रमाण पत्र पुरस्कार जितेको छ । दोस्रो भएको वडा न ६ मस्यामले ३०, तेस्त्रो वडा न ५ ले २० हजार र सान्त्वना वडा न १ कचलले रुपियाँ ५ हजर सहित शिल्ड, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।
खेलमा ६ वटा वडाका १२ टिमको सहभागी रहेको थियो । खेलको तिनाउ गाउँपालिकाको आयोजना र तिनाउ युवा समन्वय समितिको समन्वय सम्पन्न भएको थियो ।खेलमा उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । खेल क्षेत्र र युवाहरूको विकासका लागि गाउँपालिकामा अध्यक्ष कप पालिका स्तरीय पुरुष खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ । पालिका भित्र रहेका खेलाडीहरुको खेल क्षेत्रमा अभिरुचि जगाउनुका साथै ब्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापा,प्रमुख प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठ,गाउँपालिकाका प्रवक्ता यादब प्रसाद अर्याल, वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रम तिनाउ युवा समन्वय समितिका अध्यक्ष विकास अर्यालको अध्यक्षता र तिनाउ युवा समन्वय समितिका सचिव पदम गाहाको सञ्चालनमा सम्पन्न भएको थियो ।