भैरब खबर डटकम, आईतवार, २ जेष्ठ, २०७८
पाल्पा ।। लोक गायक देवेन्द्र मरासिनीको ‘तिम्रो मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । गायिकका सम्झना लामिछाने मगर र देवेन्द्र मरासिनीले उक्त गीत स्वर दिएका छन । वैशाख २० गते सार्वजनिक गरिएको गीतको गित युट्युबमा सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताको रोजाइमा परेको छ । यो समचार तयार पर्दा सम्म गितले २ लाख भन्दा धेरै भिउज पाएको छ । नृत्य निर्देशक तथा मोडल मिनुज राना मगरले शब्द सिर्जना र संगीत भरेको उक्त गीतमा कृष्ण केसीको संगीत संयोजन रहेको छ । गायिका सम्झना लामिछाने मगर र देवेन्द्र मरासिनीले आवाज दिएको गीतमा गायनसँगै भिडियोमा नृत्य पनि दमदार देख्न सकिन्छ ।
उक्त भिडियोमा मिनुज राना स्वयं आफैँ र गायक देवेन्द्र मरासिनी, मोडल रिना थापा मगर र करिश्मा ढकालको दमदार नृत्यको साथ अभिनय रहेको छ ।
भिडियोको निर्देशन र कोरियोग्रफर पनि मिनुज आफैँले गरेका हुन् भने नवीन गिरीको छायांकन रहेको छ । युवा युवतीबीचका माया प्रेमका प्रसंग शब्दमा उठान गरेर गीत बजारमा ल्याएको मिनुजले बताए । उनको आफ्नै युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वनकि गरिएको छ । मिनुजले चलचित्रमा पनि निर्देशन र नायकको भूमिकामा अभिनय गर्दै आएका छन् ।