सन्तोष बस्याल, सोमबार, २८ असार, २०७८
पाल्पा/असार २८- नेपाली महिलाहरुको महान पर्व तिज नजिकिदै गर्दा यो वर्ष पनी तिजका गितहरु बजारमा आउन शुरु भएको छ । अघिल्ला बर्षहरुमा यती बेला बजारमा ब्यापकरुपमा तिजका भाकाहरु गुन्जिने गरेता पनी कोरोना कहरका कारण लगानी पनी नउठने भयले कलाकारहरुले तिज गित बजारमा ल्याउने हिम्मत गर्न सकेका छैनन। तर कलाकार कमल भट्टराईले भने हिम्मत जुटाएर यसपाली पनी उपश्थिती जनाएका छन तिज गिती संग्रह तिजको गुनासो मार्फत । बजारमा अहिले छाडा गितको बिगबिगी चलिरहेको अबस्थामा कलाकार भट्टराईले भने बिल्कुलै मौलिक गित बजारमा ल्याएका हुन।
कोरोना कहरका कारण तिजमा दाजु बहिनी र माइतीसंगको भेट हुन नसकेको कथा ब्यथा यस गितमा पोखिएको छ । सार्वजनिक भएको गीतमा कमल भट्टराईको शब्द÷लय तथा स्वर रहेको छ भने उनलाई स्वरमा मुना गगर र कमला पोख्रेलले साथ दिएका छन । गितको भिडियोमा समेत कमल र मुनाले अभिनय गरेका छन । त्यस्तै भिडियोमा रस्मी भट्ट र बिक्रम छेत्रीले समेत अभिनय गरेका छन् ।
धिताल फिल्मस मार्फत सार्वजनिक भएको भिडियोलाई चर्चित निर्देशक होम धितालले निर्देशन गरेका हुन भने रोशन धितालले सम्पादन गरेका हुन । भिडियोको छायांकन भने मरभुमी नारायणले गरेका हुन । मौलिक भाका पस्किन माहिर भट्टराईले यस अघि पनी बिभिन्न मौलिक गितहरु बजारमा ल्याएका छन ।