मंगलवार, १० जेष्ठ, २०७९

सतीश चापागाईंको ‘सरकार चाहियो' गीत म्युजिक भिडियो सहित सार्वजनिक

भैरब खबर डटकम, सोमबार, २१ असार, २०७८

सतीश चापागाईंको ‘सरकार चाहियो' गीत म्युजिक भिडियो सहित सार्वजनिक

काठमाडौं, २१ असार। संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गर्नु भएको हो भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो।

मिलन श्रेष्ठले सम्पादन गर्नुभएको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गर्नुभएको छ । भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ ।

"कोरोना महामारीका बेलामा भिडियो बनाउदा केहि कमि कमजोरी भएपनि समग्रमा गीत राम्रो छ।" निर्देशक रामजी ज्ञवालीले बताउनु भयो। "जनताका जीवनमा हिजो पनि घाउ थिए र आज पनि घाउहरु छन्। सरकारले यी घाउहरुमा मल्हम लगाउनु पर्छ भन्ने मेरो मान्यता हो।

" गीतकार सतीश चापागाईंले भन्नुभयो। गीत एक बर्ष अगाडी नै रेकर्ड गरिएको पनि चापागाईंले बताउनु भयो।

गीतकार चापागाईं नेपालमा लामो समय पत्रकारिता गरेर केहि बर्षदेखि अमेरिकामा बस्नुहुन्छ र नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक हुनुहुन्छ।गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif