शनिबार, ११ मंसिर, २०७८

advertisement_1619539395.gif

उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री रानालाई रामपुर काङ्ग्रेसद्वारा बधाई सहित शुभकामना अादान प्रदान

सन्ताेष गहतराज, बिहीबार, २८ आश्विन, २०७८

उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री रानालाई रामपुर काङ्ग्रेसद्वारा बधाई सहित शुभकामना अादान प्रदान

पाल्पा- नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति रामपुर पाल्पाले बधाई सम्मान सहित शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त हुनु भएका नेपाली कांग्रेस पाल्पाका सभापति वीर बहादुर रानालाई स्वागत सहित सम्मान संगै विजया दशमी, शुभ दिपावली तथा छठको अवसरमा शुभकामना आदन प्रदान गरेको हो ।

सम्मान तथा स्वागत ग्रहण पश्चात शुभकामना प्रदान गर्दै मन्त्री रानाले नेकपाको सरकार नेकपा भित्र कै ले ढालेको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक दलहरु सुढृद नहुँदा सम्म मुलुकले गति लिन नसक्ने बताउनुभयो । बहुलदिय व्यवस्थालाई स्वीकार गरेर आएका लोतान्त्रिक शक्तिहरु आफ्नालाई नभै जनतालाई केन्द्रमा राखेर हिड्ने संस्कार र संस्कृतिको विकास हुन नसकेमा संघिय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउन नसक्ने बताउनुभयो । पार्टी विधान अनुसार अघि बढ्न सकेमा मात्र कांग्रेस अघि बढ्ने बताउनुभयो । फरक प्रसंगमा रानाले कालीगण्डकी नदी लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको साझा नदी भएकाले डाईभर्सनको लागि साझा सहमति आवश्यक पर्ने बताउनुभयो । भएका सम्पदाहरुलाई असर पर्ने गरी, जनताको भवना विपरितका कार्यमा कहिल्यै सहमति नजनाउने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका उपसभापति देवराज ढकालले पार्टीलाई संगठित र मजबुत बनाउनका लागि एकता र भातृवको भावनाको खाँचो रहेको बताउनुभयो । नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गैरेले मन्त्री रानाको नियुक्ती संगै जिल्लाका कार्यकर्ताहरुमा उत्साह छाएको बताउनुभयो । नेपाली कांग्रेसका महासमिति सदस्य एवं रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विकासका लागि स्थानीय तह, प्रदेश र संघिय सरकार विचको समन्वय खाँचो रहेको बताउँदै बताउनुभयो । जिल्ला सभापति राना मन्त्रीमा नियुक्त भए संगै पाल्पाली जनतामा आशा जगाएको बताउनुभयो । उहाँले उर्वर भूमी रामपुरमा अझै पनि सिंचाईमा समस्या रहेको भन्दै पहल गर्न आग्रह गर्नुभयो । नेपाल महिला संघ क्षेत्र नं. १ का सभापति विष्णु मायाँ ढकाल पर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्दै जनताको प्रत्यक्ष जिवन संग जोडिएको विद्युत तथा सिंचाईको लागि पहल गर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif