राजिप गैरे, मंगलवार, १५ असार, २०७८
मध्य असारको महिना आकाशमा कालो बादल देखिएका छैन ।गर्मिको कुरा नै नगर आकाशमा उडेका चरा कति बेला भुइँमा खस्ने हुन थाहा नै छैन ।पोहोर परार यति बेला खोला सम्म तुल हुन्थियो यश पालि त गाइवस्तुलाई पानी खुवाउन पनि कतै पानीको करडो पनि छैन । खोलाका ढुङ्गा गिट्टी बालुवा यति तातेका छन कतैबाट एक छिटा पानी पर्यो भनी "झ्वाइ "गरेको आवाज आउँछ । पोहोर साल त यति बेला धन्नै पुरै फाटमा धान रोपेर सक्न लागेका थिए। यस पालि त चार भागेको एक भाग नि रोपेका छैन । कतिले रोपेका धान पानी नभएर मरेका छन धान रोपेका खेतमा धाज फाटेर बसेका छन । भगवानले कहिले अथाह दिन्छन् त कहिले बेस्कन ठग छन। यता यति धेरै मानवलाइ रुवाएर के धुनमा लागेका छन कुनि भगवान नि । मान्छे न जति जे भए नि भगवानको नाम लिदै आफ्नो कर्ममा लागेका ।
ए कान्छा ए कान्छा हैन हातमा कोदालो बोकेर कहाँ पुगेर आइस् हअ लु आइजो यता साह्रै गर्मी भको छ सितल खाएर बस् ।
ए माइला बा पो नमस्कार है ।कता जानू नि यत्रो असार जना लायो पनि पर्ने सुरसार नै छैन कामले सब धानको बीउ डढेर खत्तम बनायो । त्यसैमा पानी लाग्छ कि भनेर कुलो चढाउन गएर आएको नि ।
ए धानका बिउ त ठुला भए होलान् नि तेरा त
अ ! भएका छन पहिला तीन चार असार मै रोपने खेत यस पालि त सोह्र सत्र असार नि जान लायो पानी आउने सुर छैन ।
ए कान्छा बीउ त छिपिए छन त ।
उम अब यस्तै हो धनी बाझो जोतेर कोदो रोप्नु पर्ला
तेहो गैरी खेत तेस्तो छ हाम्रो टारीटकर कस्तो होला भन्न ।
उम अनि बीउ राख्नु भयो त माईला बा ।
के बीउ राखेको भनी र सबै धान जति ढुकुर परेवम र भगेराले खाएर सके नि अब गन्न मिल्छ कति उम्रेयो भनेर ।
ए भने पछि चराचुरुङ्गीले सर्बानै पारेका छ है ।
खै आजभोलि सबैले पाप गर्न थाले सबले धर्म छाडे अब भगवानले नि सत छाडे जस्तो छ ।खै माईला बा तेहि त भन्ने होला नि प्रहार साल जातिविधि पानी परेर खासै धान भएन पोहोर साल धानको बीउ गतिलो भएन आधा धान कम फल्यो यस पालि पानी नपरेर यो चाल छ । प्रहार साल त तेरो खेत त खोलाले धेरै नै बगायो हैन
उम सबै खोला नै सोझियो नि सबै धान ढलायो र आधा जति खेतमा खोला नै भयो। जस्तो गरेर हिउँदमा खोला अन्तबाट सोझाएर खेत नै बनाए ।पोहर धनाको बीउ के के नै नया बिकासे धान रोप्ने भनेको हुदै भएन फल भन्दा बढी नलमात्र आयो । यस पालि यो चाल छ ।धानको बिउमा सबै राते रोग लागेको यस पालि पनि खेति नहोला जस्तो छ ।के गर्छस त बाबू हामीले चाहेर नहुने सबै भगवानको हातमा छ । हाम्रो दुख देखेर नै भगवान खुसि छन त हाम्रो के नै लायो र । खै कसको हातमा छ भन्नू माइला बा यस पालि पनि खेति राम्रो भएन भनी त ऋणले डुबिने भैयो ।अन्न बालि केही भएको छैन ऋण वर्षौ पिछे थपिदै छ ।अलि अलि उब्जाएको अन्नले घरमा खान्न नि धै धै हुन्छ । वर्ष भरि गरेको दुख बेचेर आफू भोकै बस्न नि मिलेन ।
के गर्छस् त बाबू अब हामीले चाहेर यस्तो भएको हैन । हामीले सक्ने कर्म त गरेका नै छौ त । समय नै यस्तो छ त अब माथि बाट नै यस्तै गरेका छन सासुले अताएर नि के गर्नु समय यस्तो भएको छ अन्न बालि भएको छैन भनेर थाहा नै त छ । केही नि बालि जति उब्जिए नि ब्याज भनेर वर्षको चार मुरि धान बुझाका छौ त ।
यस्तै हो माइला बा हुने खानेलाई जताबाट नि हुन्छ हामी जस्ता गरिब दुखिलाई जति नै गरेर नि कहिले के कहिले ठगेको नै हुन्छ।
खै यस पालि साहुले पनि खडेरी लायो भनेर बुझ्नु पर्ने हो त ।
के बुझ्नु अरुको दुखमा रमाउन सिकेका उनी ढुङ्गाको मन छ कहाँ यस्ता खडेरीले पगल्थेर त्यस्ता ढुङ्गाको मन ।
हा हा हा कान्छाले कुरा नि गजबकै गर्द ।
अनि कान्छा पिपलवारि ठुलो साइलो छोरो त विदेशबाट आएर सहरमा घर बनाउन लाको छ रे त ।
ए होर अब उनिहरुले नि गाउँ छाडने भए ।
अब छाडने त होला नि सहरमा घर बनाए पछि यो गाउँमा गोबर घाँस कले गरेर बस्छ र ।
तेहि विदेश गएर अलि वढि कमाउन थाल्छन् आफुलाइ गाउँको साहु नै समझ्न थाल्छ । बुढा बिदेश गएको महिना दिनमा बुढी सहर बस्न थाल्छ ।अनि सुसार उतै तिरको हुन्छ दिन रात नभनि बिदेशमा कमाएको पैसाले घर बनाउछन । घरले मात्र खान पुर्दैन अनि बुढेसकालमा फेरि पुमपरो समाएर बस्नु पर्छ । बिदेश जति यहाँ स्वदेशमा आफ्नै ठाउमा दुख गर्ने हो ।भनी त कमाइ छ नि त बिदेशीमा जति त ।
हुन त हो माइला बा यहाँ जमिन नि हुनु पर्यो । लगानी लगाउने पैसा नि हुनु पर्यो नि । थुक्क गधा जमिन छैन भन्छ यत्रो खेतबारी भएको के काम त गर्छु खान्छु भने बाझो बस्न भन्दा दिन्छन् त जस्तोले हिम्मत हुनु पर्छ । अनि पैसा विदेश जान ऋण काडेको पैसाले विदेश नगएर यहि लगानी गर्न न ।भै त हाल्छनि घर परिवारसँग हासि खुसि बस्न पाईन्छ । कमसेकम टाढा भैयो घर आमा बा ले के गर्दै होला छोरा छोरी श्रीमती के गर्दै होलान भनेर त पिर गर्नु पर्दैन ।
उम कुरा त सहि हो माइला बा को पनि
हेर बाबू आफू भन्दा ठुलाले भनेको कहिले नराम्रो हुदैन ।तैले नि धेरै थोरै पढ्को छस् । त सानै हुदा तेरो बात तिमीहरुलाई छाडेर गयो। भोकभोकै तेरिआमाले दुख सुख गरेर त लाई हुर्काईन पढ्इ अब त नि बिदेश जाने सोचेको छस् भनि यो बिचार छोडे बाबू त नै होस् ति बुढी आमाको सहारा यदि त नि टाढा भइस भने त ती बुढी कसरी बाचलीर खै । धेरै थोरै जमिन छदैछ त्यसैमा कृषि व्यवसाय गरेर बस् कान्छा बरु पैसाको पिर नगर म सग धेर थोर पैसा दिउला त सग नि होला थोरै त । यहि केहि गर मेरो पैसाको ब्याज दिनु पर्दैन राम्रोसँग कमाइस भने साहु फिर्ता गर नाइ भनी पर्दैन । म चाहान्छु कि कोहि जवान युवा विदेश नजाउन गए नि बाकसमा नफर्किउन । उता बाट पैसा भन्दा नि केही सीप लिएर आउन र यहि त्यो सिपको सदुपयोग गरुन् ।
समय त यस्तै हो कहिले ढिलो कहिले छिटो तर मानिस समय अनुसार चल्न जानु पर्छ ।म त भन्छु हजुर बाले कमै रोपे भनेर अहिले नातिले नि कमै नै रोप्नु पर्छ भने छौन । समयले धेरै फड्को मारिसकेको छ ।अब नया प्रविधि र नया तरिकाले कृषि व्यवसाय गर्ने हो भनी राम्रो आम्दानी लिन सकिन्छ ।
कुनै गाउँ युवा बिहिन भएर बस्नु पर्दैन र कुनै युवा बिदेशमा मरेर बाकसमा फर्किनु पर्दैन ।
जे हुन्छ राम्रोको लागि नै हुन्छ तर सहि समयको सहि फाइदा उठाएर भरपुर मज्जा उठाउन सक्नु पर्छ कान्छा ।मैले भनेको बुझिस्नी घर गएर सहल्ला गर आमा सग म नि सकेको सहल्ला र सहयोग गर्ने छु । नाइ भनी ब्याज तिर्दै तेरो जिन्दगी जान्छ कहिले साहु तर्छस् ह...अ ।
कति वर्षसम्म कोदाली हातमा लिएर पसिना पुस्दै आकाशको पानी कुर्दै गर्छस् ।यो चालले साहुको ब्याज तिर्छ कि घर खानलाई अन्न राख्छस्।
यहि कोदालो नै चलाउनु छ भनी राम्रोसँग चलाउन नमुना बनेर देखा अब बिदेशी बाट आउनेले सहरमा घर हैन गाउमा कृषि गरेर बस्छु भनेर आउन ।
कान्छालाइ माइला बाको कुराले मन छोयो माइला बा सग मिलेर गाउँमै तरकारी खेती र पशुपालन गर्ने थाल्यो ।अहिले उ सग काम गर्ने मान्छे चार जना छन ।उसको महिनाको आम्दानी दुइलाख भन्दा माथि छ । उसले साहुको ऋणमात्र हैन गाउँमा भएको अरु बाझो खेतबारी किनेर कृषि गर्न थालेको ।
अहिले गाउमा उ सफल कृषिको रुपमा चिन्छ र समानित नि भएको छ। माइला बाले भने जस्तै बिदेशीबाट फर्केका युवाहरु अब गाउँमै केही गर्छु भनेर आउने गर्द छन ।र यस्ता मानिसहरुलाइ सरकारले पनि केही अनुदान दिएको छ । केही गर्छु भन्ने इच्छा राख्नु अवसर अवस्य मिल्छ। र मेहनत गर्ने मान्छे नै सफल हुन्छ ।