भैरब खबर डटकम, सोमबार, १७ जेष्ठ, २०७८
लेखक:राजिप गैरे
विदेशको ठाउँ विरानो मुलुक न कोहि आफ्नो न भाषा आफ्नो ।सब अन्जान लाग्ने ए बे सि मा भनेको थियो । हजुरहरु बिरानो ठाउँमा एक्लै हुन्छु भनेर नभन्नु नेपालीहरु सयौं हुन्छ र कम्पनीले पनि सबैलाई आफ्नोे आफ्नोे देशको ग्रुप बनाएर राख्छ । तर नेपाली देखेको नि थिइन । अर्बियन हरु आएका थिए लिन र बस्ने ठाउँ सम्म उनिहरु नै पुराइ दिएका थिए । उनिहरु कनि कनि हिन्दी बोल्थे अस्पष्ट । "आपका बैनस्ने यहि हे आप्ने मुलुकका दोषत अभि डिउटि मे हे साम वापस आएगा " यति भनेर उनीहर गए त्यही कोठामै रहेछ किचन बाथरुम म फ्रेश हुन बाथरुम तिर लागे ।बाथरुम बाट फर्किदा किचनमा चिया बनाउदै थिए दाइ विदेशी मुलुकमा नेपाली हो भनेर आफ्नै दाइ भएको महशुस गरे ।
ए भाइ फ्रेस भयौं ल कति बेला लिएर आइ पुराए नि।दुई घण्टा जति भयो दाइ ।ल चिया पिउदै कुरा गरुमन त।हुन्छ दाइ अनि उनिहरुले त साझ आउँछ भनेका थिए त । ए होर ।म्यानेजरले तिमी आएको थाहा पाएर एक्लै हो र कम्पनीको बारेमा केही जानकारी दिनु भनेर छुटि पठाएको नस भाइ ।अनि भाईको शुभ नाम नि दिप रायमाझी अनि हजुरको नि दाइ ।अतीत परियार घर पाल्पा अनि तिम्रो नि ।विदेशको ठाउँ बिरानो मुलुक नेपाली भने पछि आफन्त लागने झन पाल्पाको भने पछि त हामी एउटै आमाको सन्तान जस्तो लायो मेरो घर नि पाल्पा नै हो नि दाइ ए होर ।ल भाइ आफै ठाउँको परेछौ मलाई त आफ्नै भाइ भेटे जस्तै भयो। उम अ दाइ यहाँ नेट दाइ म पुगे भनेर घरमा फोन गर्न थियो । ए होर भाइ घर त खबर गर्नु पर्छ। दाईको फोन लिएर घरको नम्बर डायल गर्न लाए । दाइले चियाको कप लिएर किचन तर । फोन पहिलो घण्टी मै उठेयो फोन आमाले उठाउनु भएको रैछ ।
हिल्लो आमा म दिप
ए ! बाबू त पुगिस
उम आमा भर्खर पुगे र साथिको फोनबाट फोन गरेको अनि बा र बैनि खै त
बा गोठ तिर गको छन बैनि स्कुल गकि छ ।
ए होर बा र बैनि लाई राम्रोसँग पुग्यो र काम पनि लायो रे भन्दिनु है ।
ल हुन्छ बाबु खाना खाइस्त
भर्खर चिया पिए खाना खाने बेला भको छैन
ए होर राम्रोसँग खान नि यहाँ मैले बनाए जस्तो हुन होला त लाई फेरि तेहाको खाना कस्तो लाग्ने हो । बिरामी हुने कुरा नखाएस नि चिसोमा नहिनेस् नि फेरि बिरामी हुन्छस् बिरानो ठाउँ कसले पो कठै भन्ला र ।
ल हुन्छ आमा साझ बैनिको फोनमा नेटबाट बोल्छु फोन गर्दा पैसा धेरै लाग्छ ।
ल बाबू हुन्छ
यो भन्दा आमाको स्वर पहिला भन्दा नरम र पीडा दायिक थियो ।
सायद काखमा भएको छोरो एक्कासि काख छाडे कहाँ हो कहाँ सात समुन्द्र पारि बिरानो मुलुकमा पुगेको छ ।कसरी आमा खुसि भएर बस्न सक्छि र ।
अतीत दाइ त किचमा खै के के काटि रहेका थिए सायद खाना बनाउने तयारी थिए होला ।
म फेरि अर्को नम्बर डायल गर्न लाए
फोन एकै घण्टीमा उठेयो ।
मैले हेल्लो भन्न नपाइ उताबाट नौ आवाज आयो ।बल्ल मेरो याद आयो मैेले भनेको थिए नि पुग्ने बितिकै फोन गर भनेर ।भर्खर एर्पोटबाट रुममा आइपुगेर तिमीलाई फोन गरेको छु ।यहाको सिम लिगेको छैन सगैबस्ने दाइको फोन बाटकल गरेको छु ।हेर न तिमी यहाँ नहुदा यहाँ सब शुन्य लागेको छ। तिम्रो यादले सताएको छ ।छिटै आउ है तिमी गएको दुई दिनमै यहाँ सब बिरानो लाग्न थालेको छ । मैेले भने मेरो पनि यहा त्यहि हालत भएको छ बिरानो मुलु न बा आमाको काख न तिम्रो साथ यो दुई वर्ष कसरी बिताउ भएको छ ।उसैले आत्मबल बढाउने गरि भनी पिर नगर हाम्रो सपना पूरा गर्नु छ केही वर्षको त कुरा हो नि त्यस पछि त तिमी फर्कि हाल्छौ नि । तिमीले एक्लो छु भनेर कहिले नभनु म छु नि तिमीलाई साथ दिने ।टाढा भएर के भयो त माया त गाढा छ नि ।अनि म्यासेजरमा हाम्रो कुरा सधै भै हाल्छ नि ।म केही बोलिन उ नै एकहोरो बोली रहि ।उनि यसरी बोल्दा लागेको थियो उनी मेरो साथ मै छिन मेरो छेउमा बसेर म सग आँखा जुधाएर बोले कि छन ।साझ नेट जोड छु र म्यासेजर मा कुरा गरुला ल बाइ ।
हस् बाइ
म मुस्कुराउदै फोन काटे
अतीत दाइ छेउमा बसेर सुनिरहेका रहेछन ।
श्रीमती हो भाइ
हैन दाइ मुसुक हासे
दाइले हासोको कुरा बुझेछन
ए गल्फ्रेनड हो
उम्म को भावमा टाउको हलाए ।
दाईले केही सम्झेँ भने ए भाइ तिमीलाई कम्पनीले सिम पठाइ दिएको छ लउ
म पनि कस्तो भुलेको बढी तनाव भएर होला भाइ स साना कुरा पनि भुल्न थालेको छु अचेल त ।
लिउ भाइ नेट फ्रि छ अनि दुबै भरि कल गर्न फ्रि छ ।
सिम पाउन साथ नेपालको झिकेर दुबैको सिम राखे ।
दाइ यहाँ कति जना नेपाली बस्छन ?
बस्छन भाइ १०/१२ जना जति अरु बङगाली र इन्डियन बस्छन् ।
ए भाइ तिमी नया हो स्वागत कार्यक्रम छ साझ सब नेपाली आउछन यहि नै ।
ए होर दाइ
उम् यहाँ त आउदा स्वागत गर्ने र नेपाल जाने बेला सबलाई पाटि दिनु पर्छ ।कोही नेपालीलाई दुख परे सबै मिलेर जति सकेयो सहयोग गर्नु पर्छ भाइ यहाँ त सानो युनियन नै बनाएका छन त भाइ रातको आठ जति बजेको थियोे सबैकाम सकेर हाम्रो रुममा नै आए ए तिमी नै हो नया ल भाइ विदेशी भुमिमा भए नि भेटन पायौं नेपालमा तिमी कहाँ म कहाँ है ।हात अगाडि बढाउदै भने म सागर गुरुङ सोलुखुम्बु बाट सबले गुरुङ दाइ भन्छन् ।गुरुङ दाइ हाइट अलि कम भएका र हसिला खालका रहेछन । म गोपाल इलामबाट, म कपिल गोरखा बाट , श्यामलाल ,राजेश सबै ठाउँका एक भएर बसेकाल न जात न त हिमाल न पहाड न तराई हामी सबै एक नेपाली हो भनेर बसेका खै नेपाल गए सि कुन भुतले छुन्छ विभिन्न बहानामा काटकाट र मारमार गर्छन् । विदेशी भुमिमा यसरी मिलेर बसेका छौ नेपालमा पनि यसरी नै मिलेर बस्ने हो भनी कसले के भन्थियो र कति बिकास हुन्थ्यो हाम्रो देश नेपाल ।
अनि भाइको परिचय नि ?
सम्पूर्ण दाजुहरुमा नमस्कार म दिप रायमाझी पाल्पा देखि
ए भाइ त पाल्पाली नै परेछ अब एउटा पाल्पाली जान लाएको बेला अर्को आए छ ।
ल के के बनाएका छौ लेयाउ बस्न पर्यो अब बस्न पर्यो ।कोक राख् सुनेको थिए मुस्लिम कन्टीमा मदिर पिउन निषेध छ भने त्यसैले कोक पिएका थिए सबले ।अनि भाइ नेपालबाट हामीलाई चाहिँ के पाहुर ल्याइदियौ त ।पाहुर भन्नले नेपाली चुरोट सुर्ती नि भाई । सरि है दाइ म चुरोट सुर्ती न खाने लिएर आएन अलि पहिला नै दाजुहरुले भनेको भए बोकेर आइ हाल्थे नि । हामीलाई नि भाइ आउने थाहा नभएर नाइ भनी पठाइ हालिथियो नि है । उ बसेको ठाउबाट जरुक उठेर झोला भए तिर लागे झोलको खोलेर तीन प्याकेट वाइवाइ चाउचाउ निकालेर दिए । ल भाइ तिमीलाइ यो चाहिँ थाहा रहेछ ।विदेशीमा नेपाली चाउचाउको छुट्टै पहिचान छ ।अरु देशको चाउचाउ पकाएर खानु पर्छ तर नेपाली चाउचाउ काचो नै खान मिल्छ पकाएर नि खान मिल्छ ।
ए दाइ नेपाली पाहुर अर्को नि छ खास पाहुर भनेर झोला बाट गुन्द्रुकको पोको निकालेर दिए। राजेश दाइले भाने भाइ बाट आए झै गुन्द्रुक नि छोडेन्छौ त । कहाँ मैले राखेको हु त दाइ साथिले राख्देको हो । ल जेहो नेपालीले लेउने खास पाहुर चाहिँ छुटाए न छौ त है भाइ । ल गुरुङ दाजु अब तातो गुन्द्रुकको झोल बनाउनु भात शीत तातो गुन्द्रुक झोल खाए पछि बल्ल गाउँको याद आउ छ । गुरुङ दाइ किचन तिर लागे गुरुङ दाइ मान्छे सानो भए नि सरासिला रहेछन केही कुरा नाई भने नम्रर सवभावका ।ल भाइ सोल्टी हरु अब लागियो आफ्नो रुम तिर के गर्नु साथिभाइ यसरी बस्न पाउँदा त रमाइलो नै हुन्छ नि ।के गर्नु भोलि काममा नगए साहुले यता मार्छ दुई चार पैसा घर तिर नपठाए उता घरले मार्छन ल पछि हासि मज्जाक गर्दै गरुला नि सोल्टी भाइ अहिलेलाई गयौं ।
दाइ हजुर आएको कति भयो ? हुन लायोभाइ तीन वर्ष जति । ए भने पछि अब दशै तिहारमा घर जानू हुन्छ ।जान्न भाइ भिसा थपेको छु अझै दुई वर्षको लागि ।किन दाइ गएर अाउन पाइन्छ त पछि नि । यहा खाडीमुलुकमा दुख गर्नु भन्दा आफ्नो घर परिवार र छोराछोरीसग खुसि साथ बस्न पाए पुग्छ ।के गर्नु भाइ केही महिना अगाडि म नि यहि सोच्थे यहि सपना देख्थे कतिवेला यो तीन वर्ष बित्छ र घर गएर आमा बा छोराछोरीको साथमा रमाएर खुसि साथ बसौला भनेर सोच्थे ।यहा दुख गरेको पैसाले अब नेपालमै केही गर्छु भनेर सोच्थे ।अब यी सपना मरिसके भाइ । उडेको चरालाई गुडको माया हुन छाडेयो ।अब त म मरे भनी पनि मेरो सब यहि मुरुभुमिमा गाडिदिए हुन्छ ।
यी सब सुन्द मलाई अचम्म लागि रहेको थियो । सोचे दाइले कोकाकोला सग रक्सि मिसाएर खाए छन भनेर । मेरो आँखा अगाडि नै खाएका हुन एउटै बोतलबाट मलाई त केही असर गरेको छैन । यी सब भन्दा अतीत दाइ भावुक भएका थिए ।मैले भने दाइ हजुरको मनमा ठुलो पीडा भरिएको जस्तो छ । यदि त्यो पीडा सेयर गर्न मिल्छ भनी भन्नू ।मन भित्र पीडा लुकाएर राख्न भन्दा बाडियो भने केही हल्लका हुन्छ ।केही नभएको भाव देखाउदै पहिलाको जस्तै हासो अनुहारमा ल्याउन खोजे के गर्नु मन पिडाले भरिएको छ भनी बाहिर जति नै मुस्कुराउन खोजे नि अनुहारमा पीडा देखिने रहेछ ।भाइ पीडा फरक छ भाग्यमा जे छ त्यो जसरी नि भोग्नु पर्ने रहेछ ।मेरो भाग्यमा मिल र विछोड लेखिएको रहेछ ।हुन त मान्छे जन्म छ मर्नेको लागि अज्मवरी कोहि हुदैन । मिल हुन्छ छुट्नको लागि नै जीवन भर साथ कसैको हुदैन ।
पहिला मिल हुन लेखेको रहेछ अहिले बिछोड हुन खै यो भाग्य लेख्ने भावीले कसरी लेख्ने रहेछ ।सानो मगर बस्ती त्यहि मगर बस्तीमा रहेको चार पाच घर दमाई बस्ती हाम्रो बा लाई सात गाउलेले चिने कान्छा दर्जीको नामबाट कपडा सिलाउन टाढा टाढा बाट नि हाम्रो मानै आउने गर्थे । अहिले जस्तो कहाँ पैसा दिने चलन थियोे र वर्ष भरि कपडा सिलायो आठ पाथि धान मकै गहु दिन्थे । ठुला बडा कहाँ त बा आफै लिन जानू हुन्थियो कोही हजुरले कति दुख पाउनु हुन्छ र कपडा छेकादै तस बालि लेइ दिएको भन्दै घरमै छोडन आउ थिए । गाउमा छुवाछूत र भेदभावको कुरा कता कति हुन्थियो । म सानो के छुवाछूत के भेदभाव केही नबुझ्ने ठुला ले जे भन्यो तेहि गर्ने ।केटाकेटी न हो खेल्न र मिठो खान पाए भयो अरु के चाहियो र गाउँको सानो स्कुलमा अब दलितलाई पढानु पर्छ भनेर बा ले स्कुल भर्ना गरि दिनु भएको थियो ।
तेहि गाउँको मिझार बा भनेर सबैले चिने गाउँ भरिमा उनको जग्गा अलि बढी थियो उनको जेठी छोरी सपना मेरो उमेरको थिई । सपनालाई गाउमा सबले सानी भनेर बाउथे । सानी अरु केटाकेटी भन्दा अलि मोटी र राम्ररी थिई । उसको बानी ब्यवहार र सस्कारी थिई ।उ मेरो मिलेने साथि थिइ । उ स्कुल जादा वनजङगल जादा म सगै जान्थि । छुटिका दिन हामी सगै गाई बाख्रा चराउन बनजङल जान्थेउ । गाई बाख्रा चराउन जादा सानी मिठाई भुजा चिउरा लिएर आउथि र हामी बाडेर खान्थियौ ।
म उसलाई सानी भनेर नै बोलाउथे ।हामी गाई बाख्रा वन तिर लगाएर दिन भरि नै कहिले पातको चुङ्गी त कहिले गट्टा कहिले लुकामारी लेख्थियौ ।साझ गाई बाख्रा कहिले कसैको बारीमा गएर मकै धान खाइ दिन्थे त कहिले हराए र रुदै जङ्गल भरि चारेर खोज्नु पर्थीयो । समय सधै एक नासको कहाँ हुने रहेछर बाल्यकाल सकियो बिस्तारै हामी ठुला हुदै गयौं ।हाम्रो कुरा गाउले ले अनक तर ले काटन लागे कसैले भन्थे कुन दिन यो मिझारको जेठी छोरीले नाक काटेर दामइ सग पोइला जान्छे र ।कसैले भन्थे अलिकति भए नि सम्पत्ति पाउछु कि भनेर सानीलाइ माया जालमा पर्न लाएको छ । हैन सानिले के देखेर हिनेकि होला त्यस सग अब त आफ्नो इज्जतको नि ख्याल राख्नु पर्छ नि ।थाहा थिएन यी कुराले घरमा कति प्रभाव पारेको छ तर सानी र मलाई केही फरक परेको थिएन हामी उसै गरि स्कुल जाने र वनजङ्गल डुल्ने गर्थौ ।
शनिबार स्कुल बिदाको दिन सधा झै हामी गाई बाख्रा चराउन जङ्गल गएका थियौ ।अब पहिला जस्तो केटाकेटी रहेनौ हामी एक अर्कोलाई बुझ्ने भइसकेका थियौ । हामी उमेर सगै हामी एक अर्को लाई बुझ्ने भइसकेका थियौ । अतीत तिमीलाई एउटा कुरा भन्न थियोे ।एउटा मात्र होर लाखौं कुरा भन्न म सुन तयार छु । तिमी रिसाउने पो हो कि । भने पार हैन अब नभने पार चाहिँ साचि रिसाउ छु नि । उनको अनुहार हल्लका लाज माया दुबै मिसिएको थियोे । अतीत अतीत ल के भयो आज नि सन्चो भएन घर जान्छु मेरो गाई बाख्रा हेर्देउ भनेको हो ।हुन्छ नि आज अलि राम्रो जाउ । हैन केही भएको छैन ठिक छु त किन बिरामी भए जस्तो देखेउ । तिमीले मलाई फकाइ फकाइ नरिसाउ है भनेर भने कुरा सधैं यहि त हो नि ।
हावा मान्छे सधै एउटै कुरा कहाँ भन्छ र कहिलेकाही त फरक नि भन्छु होला भनेर गेस गर्नु पर्छ नि । के फरक नि कि आज मेरा गाई बाख्रा तिमीले हेदिन्छौ म घर जाउ । उम मलाई एकलै जङ्गल छाडेर जान तिम्रो मनले मान्छ भनी जाउ । भयो जान तिमीलाई बाघले खायो भने भोलि देखि म एकलै जङ्गल आउनु पर्छ अनि मलाई साथि नि कोहि हुन । हुन हो हुन तिमी जस्तो त जति नि पाउछु तिमी नभएर के भयो त भोलि देखि मेरै भेना लिएर आउछु भो । ल लेउन त भेना को धनी भएका हरु म सग किन आएको त । म रिसाए र जुरुक उठेर अलि माथि डाडाको ढुङ्गामा थि गएर बसे । सानी नि ए अतीत.... ए अतीत ....भन्दै ठुलो सास फेर्दै तेहि आइ ।त साचि रिसाएको हो ।म किन रिसाउने त को हो र त सग रिसाउने म त यहाँ गाई बाख्रा कता गए भनेर हेर्न आएको । ए म त रिसाए छ क्या हो भनेर डराएको नि । त कति सोझो छस् है मैले भनेको हर कुरा मान्छस् मसग जति रिसाए नि कहिले केही भन्दैनस् है । त को होर रिसाएर भन्न लाई ? म त तेरो बच्चा देखिको हो नि थाहा छ तलाइ म घर देखि चिनी चिउरा चोरी चोरी दिन्थे नि ।
बाल्यकालका कुरा गर्दै उ मेरो काधमा गाउको राखेर बोली अतीत म तलाई सधै यसरी नै सताइ रहन्छु रिसाउन हालि रहन्छु कहिलेकाही त गालि न गर कहिले त ले नि म लाई दुख देख रिसाउन हाल न है । म मौन बसे भयो धेरै नाटक नगर गाई बाख्रा कता गए म हेर्न जान्छु त यहि ढुङ्गामा बसेर दिउँसो सपना देख । म उसको टाउको मेरो काधबाट हटाउदै जरुक उठे । सानी मेरो हात समाउदै एकासि बोली जुन बोलिले खै के भयो के भयो म कायल भए म लाई सपना जस्तो लायो उसको बोली । भनी अतीत म तलाई माया गर्छु त लाई यसरी नै जिन्दगीभर सताउन चाहान्छु रिसाउन हाल्न चाहान्छु सधै यसरी नै तेरो साथ वनजङ्गल डुल्न चाहान्छु ।यसरी नै त सग सयौं जुनि काट्न चाहन्छु । त नाइ त भन्दैनस् नि ।मौन एकासि आएको जवाफ कानबाट एकासि मुटुमा ठोकिन गयो यतिका वर्षसगै खेल्ने खाने गरेको मायाको कुरा कहिले गरिन केही भनिन म नि मात्र साथिको रुपमा हेरे ।भने दिउँसै सपना देख छोड गाई बाखा हेर्न लाग अहिले मकै खायो भने गालि गर्छन।
माया छु गर्दन भन अनि मात्र जान्छु । तेरो जवाफ न आउदा सम्म यहि बस्छु गाई बाख्रा हेर्न त के साझ घर नि जान । उसको कुरा ले रिस उठेयो अलि तर गएर गाई बाख्रा फर्काए र माथि तिर लाए उ अझै उत्तरको आसमा मलाई हेरे र नै बसेकि थिइ लाज र रिस सगै मिसाएर ।गए भने सानि गाई बाख्राले दुख देला जस्तो छ हिन फर्काउन । पहिला हुन्छ कि हुन भन्न अनि मात्र जान्छु नाई भनी कतै नि जान अब त सग नि बोल्दिन । हुन भने भनी के गर्छेस नि माथि भिरबाट हाम फालेर मर्दिछु । ल किन नि त बाहे अरु कसैको हुन सानैदेखि त सग खेले त नाई नै माया गरे त भन्दा अरुको हुन पर्यो भनी त मर्छु । तेरो त लाहुरे भेना जति नि छन उनिहरुले लगे भनी नि । यी जान्छु लाहुरे भेना भनेर हुन्छ र म लाई तैले जति कसैले माया गर्दैन ती भेनाहरुले भनेको केही मान्दैन । हासो लायो मुस्क हासे कतै अलि बढि हासो निस्केयो भनी पिटाइ खाने पक्का थियो । तेहि नि थाहा भए छ किन दात देखाको नि छिटो जवाफ देउ आज त जवाफ चाहिन्छ नै । पहिला बाखा हेर्न त हिन पहिला जवाफ ?
मैले भने यदि तिमी सधै भरि मलाई यसरी नै दुख दिन सक्छौ मेरा कुरामा रिसाउन सक्छौ भनी हुन्छ । उसको अनुहारमा एकासि खुसिका रङ्ग उलिएर आए र जुरुक्क उठेर म लाई अङगालो कसेर भनी विश्वास थियोे तिमीले नाई भन्दैनौ भनेर ।आज बाट हाम्रो बच्चा देखिको मित्रता प्रेममा बदिलयो है अब देखि मलाई त नभन्न तिमी भन्न माया गर्ने भए पछि त तिमी भन्नू पर्छ । उसले बच्चा जस्तो लाडे परेर भनी ।
अब हाम्रो भेट पहिला जस्तो हुन छाड्यो गाउले आँखा छलेर भेट्नु पर्ने । म कहिले भन्ने गर्थे सानी हाम्रो जात मिल्दैन तिमी हामी भन्दा धनी छौ हाम्रो मिलन सम्भव होला र ।उ भान्थि ल अहिले पनि जातभात को कुरा गरेर हुन्छ र तिम्रो नि रगत एउै छ मेरो नि एउटै सारा मान्छेको एउटै हुन्छ त के फरक काम गरेर खान नि के जातको कुरा गरि राको होला अरु अबुझ भए भने नि तिमी हामी त पढेका छौ नि बुझेका छौ नि यस्तो जातको कुरा गर्ने हो ।धन सम्पत्तिले कहाँ मान्छे ठुलो हुन्छन् र आज हामी अलि बढी सम्पत्ति होला रे राम्रोका र मेहनत गर न भोलि तिमीसग नि हामी सग भन्दा बढी धनसम्पति हुन्छ ।यसरी हाम्रो माया दिन प्रति दिन बढ्दै गयो । हामी दुई जङ्गल घाँस दाउरा र गाई बाख्रा चराउन जादा घण्टौ कुरा गरेर बस्थेउ ।अरु भन्दा छुट्टै बस्थेउ यी र यस्ता कुराले गाउले लाई कुरा काट्न पुग्यो ।
सानीको घर सानीको बिहेको कुरा चल्न लाए छ ।सानीले म सानै छु बिहे गर्ने उमेर नै भको छैन पढ्दै छु भनेर भनी छ । घर बाट ठाडो जवाफ बरु भन्न तेहि दमाई कान्छाको छोरो सीता पोइला जान्छु भनेर किन अनेक बहाना बनाउछेस हँअ ।यहि सानी पहिला पो त सानि थिइस जो सग हिने नि हामी केही भन्दै ने थिएनौं । अब त ठुलि भइस तेसरी हिनेको राम्रो हुदैन दुनियाले कुरा काट्न थाले थानथरी गाउँमा कुरा काटेका छन तेरो बारेमा हामी नि तेरो बाउ आमा हौ जानि जानि कुजात सग कहाँ छोरी दिन्छौं र हे छोरी तेरो भलोको लागि नै हामीले भनेका हो ।अब त्यो अतिते सग हिडन बोल्न छोडदे सानी पोरसी पारि गाउँको ठुली फुपुको छोरा त लाई हेर्न आउदै छन रे ।केटा लायकको छन दुई वर्ष विदेश बसेर आएका हुन रे खान दानी छन उसै सग बिहे गर नाई भनी हामीलाई बाउआमा भनेर आउनु पर्दैन । त लाई जे मन लाग्छ तेहि गर हामी मर्दा मुख हेन नि आउनु पर्दैन ।
धेरै दिन भएको थियो सानी सग कुरा नभएको गाउमा कता कता हल्ला चलेको थियोे अब त सानीको नि बिहे हुने रे पल्लो गाउँको फुपुको छोरासग । यी कुरा सुन्दा मनमा आगो बोलेको थियो तर सुनेका सबै कुरा साचो कहाँ हुन्छ र भनेर चित बुझाए । गाउमा फैलिएको हल्ला साचो हो या झुटो थाहा पाउन सानीको बा को सट सिलाउन दिएका थिए तेहि सट लिएर सानीको घर तिर लागे ।
काका नमस्कार सन्चैै हुन्छ ।
नमस्कार कता हिनिस्त हँ
यहि सम्महो काका बाले सट सिलाएर सक्दिएका रहेछ जा बाबू यो सट पुराए आइज भनेर पठाएर आएको नि ।
ए ल ल ठिक छ
अनि काका अरु खै त
खै घाँस काट्न गको छन कोहि गोठमा छन कोहि बजार गको छन।
ए ......?
अनि सानी खै त काका
बजार गकि छ।
ए साचि सानीको बिहे यहि आइतबार लाई साइत जुरेको छ तिमीहरुलाई नि चुले निम्तो बा लाई भन्दिएस नि हुन त भरे साझ तिर म नै सुपारी लिएर आउला ।
यो सबले अब त बाच्दैनस भने जस्तो लायो मेरो सपनाको घर मेरो अगाडि नै कसैले आगो लगाइ दिए जस्तो लायो ।
हस् काका यति भनेर हिने
अतीत दाइ अतीत दाइ सपना कि बैनि उर्मिला हातमा कागज बोकेर कुदेर म तिर दौडिएको थिइ
कता जान लाग्नु भएको नि ,
घास काटन अनि त कता हिनेको नि
हजुरलाइ नै भेटन नि हो ।
किन के काम छ भन्न अनि यो हातको के हो नि
यहि दिन त आको नि त्यसै गालि गर्ने के
ल सपना दिदिले पठाएको ल म गए फेरि अरुले देखे भनी गालि गर्छन ।
चिठीमा लेखिएको थियोे तिमीले भनेको थियौ नि हाम्रो मिलन सम्भावना छ र भनेर कहाँ सजिलो रहेछ र मैले भने जस्तो है जहाँ सम्म मेरो बारेमा सबै थाहा पायौं होला । थाहा पाएर के नै गर्नु छ र तिमी हाम्रो आवाज यहाँ कसैले सुन्दैन ।तिमीलाई के भएको छ मलाई थाहा छ मैले भनेको थिए नि म तिम्रो हुन पाइज भनी अरु कसैको नि हुन भनेर। अतीत सपना पाउने हक केवल अतीत लाई मात्र छ । सपना हो त मात्र अतितको म लाई अरु कुरा थाहा छैन आज राति हामी यो गाउँ छाडे भागुम म राति दस बजे तल चौतारीमा तिमीलाई कुरेर बसेको हुन्छ आउ है यदि तिमी आए नौ भनी सम्झ सपना कसैले पाएन न तिमीले न विदेशी लाहुरे ले म तेहि चौतारीको बरमा झुडिएर मर्दिन्छु । ल समय कम छ अतीत अब हामी दुई छैटौं संसार बनाउने छौ जहाँ कुनै जातको कुरा हुने छ न धन सम्पत्तिको जुन संसारमा हुने छन सपना र अतीत मात्र बाई भरे चाडै आउ ।
यति ठुलो निर्णय कसरी लिउ कसलाई भन्नू पसिना आयो ।
साथि अशोकलाई भने चिठी देखाए ।अशोक मगर भए नि मेरो मिल्ने साथि थियो हर दुखमा साथ दिने । साले त मुला के हेरि राको नि भगान त कि गाउँका सबैलाई बोलाएर पन्चायत बस्ने बिचार छ र ।भाइ केटीले हिम्मत गरि भाग्ने त के केरा हेरर बसेको नि भागा । तर यहाँ गाउलेले के भन्छ छोड गाउलेको कुरा म समाल्छु नाई भनी भोलि बिहान सानिको लास हेन जालसा चौतारीमा ।केही सहयोग चाहिए भन्न ला भनेर दुई हजार दियो ल अब त भगाउ छस् कि मै भगाइ दिम हँ । हर्षका आसु झरे अगालो हालेर रोए ।भयो नाटक नदेखा ढिलो हुन् बरु छिटो जा ।धन्यवाद त लाई यो गुन कसरी तिरु यार बाचे पार मज्जाले तिरलास छिटो जा बरु । ल बधाई छ अब साडु भने त होला नि हा हा .....घर आमा लाई भने भन्नु भयो तेरो जिन्दगी तेरो खुसि हामी त के नै भन्छौ र अब हामी त डाडा माथिका घाम भयौं कति बेला अस्थाने केही थाहा नै छैन ।अरु केही भन्नू भएन ।
सपना आएर बसि सकेकी रहि छ। पछाडिबाट सानी मात्र के भनेको थिइ ।एकदम डराएर झसङ्ग भई तिमी कति बेर कुरे अल्छी सुतेर आएको त हैन नि । हैन कहाँ सुत्ने अब यहाँ बाट गएसि भोलि पोर्सि सुतौला नि दुबै । हल्लाका जिस्कने मुडमा भने ।उनले भनिन कसैले त देखेन नि ।तिम्रो बाले बाटोमा भेटेका थिए यति राति कहाँ हिनिस केटा झेलासोला बोकेर भनेका थिए ।मैले नि ए बुढा अब देखि केटा हैन ज्वाइँ भन्न तिम्रो छोरी भगाउ जान लाएको भनि दिए । मुर्ख यस्तो बेला नि कति मज्जाका गर्न आउ छ है तिमी लाई ।बिहानै चितवन काकाको घर पुग्यौ साथ केटी ल्याएको देखेर बुढाले हैन कलाइ ल्याएको तिम्रो बुहारी हुन काका ए कहाँबाट ल्याईस नि ।गाउबाट नै हो काका सबैकुरा काकालाई भने काकाले भने ल तैले त यत ल्याइस बा आमाले उता दुख पाउने भए ।
खै यो छुवाछूत नि कहिले हट्ने हो कुनि सधै सानो जात भनेर हेप्ने कमसेकम काम गरेर खान त दिनु पर्छ नि मान्छे सबै हो भनेर कहिले पस्छ कुनि यिका दिमागमा । ल जे भएनि भगाए छस् । अब घर तिर भए बा आमाले टीकाटालो गर्दिन्थे होला यहाँ मैले त गर्दिने होला नि ।ल उसो भए आज बसो भोलि पर मन्दिरमा गएर टिकाटालो गरुला नि त ।
एक वर्ष चितव मै बसे काका घर काकाको साथिको होटल रहेछ तेहि काम गरेर । धेरै थोरै पैसा नि जम्मा गरेको थिए । हाम्रो भविष्यको लागि गाउँमा खासै खबर गरेको थिए । घर बा आमालाई र अशोक लाई हामी चितवन काकाको मा छौ मात्र भनेको थिए । घरआमाले यहाँ गाउका सबैले एकलो परेका छन । नानाथरी कुरा गरेका छन गाउमा आएको सेवा सुबिधाबाट बन्चित बनाएका छन भने रुनु हुन्थियो ।अनि भन्नू हुन्थियो तिमीहरु सुखि छौ हामीलाई खुसि लागेको छ तिमीहरु खुसि हौ हामीलाइ केही चाहिदैन भनेर ।एक दिन अशोकले फोन गर्यो के छ हो भाउजू पाएको भुलिस हैन ।
त मुला सम्झने भनेको दुख पर्दा मात्र त हो नि अरु बेला कहाँ सम्झन छस् र है ।
त्यस्तो हैन यार यता काममा बिजी थिए अनि गाउँको हाल्त थाहा नै छ थाहा पाए भनी मार्छ भनेर।
उम अतितले मलाई फोन गरेको छ त्यो चितवन काका छ भनेर गाउँ भरि फुकेर हिन्छु नि ।
मैले कहाँ त्यसो भनेको छु र तैले साथ दिए र त मैले आज सपनाको साथ पाएको छु ।
ल अब गाउँ भरि भन्दै हिने नि केही हुन सपनाको बाले तेरो बा लाई ससुरा मानि सके अनि त लाई ज्वाइँ बुढाहरु आज भोलि गाउमा अगालो हालेर हिन्छन ।
के भन्छ यो साचि होर?
म त सग कहिले झुट बोलेको छु र साचि हो । विश्वास लागेन भनी घर बा लाई फोन गरेर सोध गाउँ भरिकालाई सोध थाहा हुन्छ। अब अतीत र सपनाको बिहे बाजा बजाएर गर्ने हो भनेका छन ।
बुढा कसरी बदलिए नि हँ ?...
सपनाको बा बिरामी भएका थिए लगभग एक महिना हस्पिटल भर्ना गर्न पर्यो । डाक्टरले रगतको कमि भनी दियो ।हस्पिटलमा रगत छैन बाहिरबाट खोजेर ल्याउनु भन्यो । सपनाको बा सग मिल्ने गाउँमा कसैको रहेनछ जतिको मिल्छ के के भए हो मिल्दैन भने छ ।तेरो बा को रगत मिले छ र रगत दिए छन । बुढा सन्चो भए सि होस् आए छ हामी सबै एउटै हो कोहि फरक हैन भनेर अनि गाउमा हल्ला गर्दै हिनेका छन अतीत मेरो ज्वाइँ हो भनेर ।
साचि हो म विश्वास गरेको थिईन ।
यत्रो महाभारत सुनाएर नि त साचि हो भनेर बस्
दुई तीन दिन फोन आउँछ ज्वाइँ साब कहा हुनु छ आउनु हामी राजि भयौं भनेर अनि थाहा हुन्छ।
सबै कुरा सपना ,काका काकीलाइ भने सबै खुसि भए काकाले भन्नु भयो यसैगरि सबैको बुद्धि एक दिन कसो नफिरला र ।
हाम्रो बिहेको दिन गाउँ सबै रमाएको थियो ।पहिला कुरा काट्ने अरु हाम्रो जोड देखेर डाहा गरेको थियो । कसैले भनेका थिए कति राम्रो जोडि भगवानले नै पठाए जस्तो है । भाग्यमा लेख्नु पर्ने रहेछ दुनियाँले नै छुटाउने कोसिर गरेनि केही लाग्ने रहेन्छ । तर आज भाग्य उल्टो भैदिएको छ। हाम्रो बिहेको दिन गा वि स ले नि छुवाछूत मुक्त गाविस घोषणा गरेको थियो ।
अतीत दाइ यहा सम्म त केही भएको छैन सब ठिक छ त । हजुरहरुको कुरा काट्ने गाउले हजुरहरुको जोडि देखेर वाहा वाहा गरेका छन ।घर परिवार सब मिलेको छ गाउमा छुवाछूत मुक्त भएको छ हजुर विछोडको कुरा गर्नु हुन्छ । आफुलाइ भन्दा बढी माया गर्ने विश्वास गर्ने सपना भाउजुले कसरी छाडेर नु भयो कि भाउजू यो संसारमा नै हुनु न र दाइ स्वर नरम पारेर सोधे ।मेरो स्वरमा डर र के भयो भन्ने उत्सुकताले भरिएको थियोे । कतै दाइ रिसाए केही भन्ने भनी त्यस पछि कसलाई के सोध्ने ।भाइ निद्रा नै परेन कफि खाउ है भनेर दाइ किचनमा कफि बनाउन गए म सोचि हरे दाइ बिछोडको कुरा गर्छन आखिर भयो चाहि त के ?? आफैले आफैलाइ सोधे यहाँ सम्म भनेका सबैकुरा दुई तीन पटक दोहोराए कहि केही सुराग पहिन भयो चाहिँ के ? भाइ ल कफि पिउ घडि हेरे बाह्य बजेको थियो । म मौन बस्न सकिन छुच्चो मुख बोली हाले दाइ अनि के भयो ? दाइ कफिको सुरुप मुखमा लिएर मलाई हेरे र भने भाइ भाइ जिन्दगी नि फिल्म रहेछ कहाँ कति बेदा नसोचेको मोड आउँछ थाहा नै नहुने । म कफिको चिस्कि लाएर कुरा सुनी रहे ।
गाउमा कुरा काट्ने हरु वाहा क्या राम्रो जोडि भन्दै हिन थाले पहिला बा आमालाई हाम्रो कारण हेला गरेका एकलो भएका सबैले साथ दिन थाले ।गाउमा अन्तरजातीय बिहा प्रससतै हुन लाए । हामी सबै एक हो हाम्रो जात नेपाली हो अरु केही हैन भन्न लाए समय बित्दै गयो । गाउमा धेरै सुधार भयो त हाम्रो जिवनमा संकट आइ लायो । हाम्रो बच्चा नै भए गाउलेले फिर कुरा काट्ने मैका पाए । जति प्रयास गरे नि हाम्रो बच्चा हुन सकेन यहि कारण सपना सग मेरो दिन प्रतिदिन झगडा हुन थाल्यो ।अनेक अौषधि खायौं अनेक लामा धामीझाँक्री गरियो तर बच्चा भएन । यहि कारणले हाम्रो घर र सपनाको घरपरिवार यहि कुराले चिन्चीत थियो । हाम्रो बिहा भएको तीन वर्ष भइसके थियो । तर हामीमा आस भनी मरेको थिएन ।
सपना भनेकी थिई हाम्रो बच्चा नभएर के भयो र मलाई दुख पर्दा तिमी छौ तिमीलाई दुख पर्दा म छु ।अचेल छोराछोरी भए नि कहाँ हामी सग बस्छन । जति छोरा छोराछोरी भए नि पछि मर्ने बेला बुढाबुढी मात्र त हो नि है । बरु तिमी मेरै भनी तिमीसगै बिख खाएर म नि मर्दिछु म मरे भिनी तिमी बिख खाएर मर है अनि हामी कहिले एक हुनै र हामीलाइ कसैले केही भन्दैन । खालि हामी लाई छुटाउने बहानामात्र खोज छ यो दुनियाँ पहिला जातभात भने अहिले सन्तान भनेका छन । केही काम नपाउ रहेछ क्या यो दुनिया खालि हाम्रो पछि लाग्छ है अतीत । आइमाईको मन न हो कहाँ माने रहेछ र कहिलेकाही भने गर्थि पोहोर साल विहे गरेको सुन्तलीले नि छोरी पाइछ सुत्केरी बस्न माइत आकि छ ।कहिलेकाही अस्ति भर्खर हैन तल्ला घरे बुडके ले बिहे गरेको तसेको बुढी नि पाउने रैछ नि ।म बच्चा हुने अनेक उपाय सोचेथे सोधथे तर असम्भव सब असम्भव भएका थिए ।
दुख पर्दाको साथि अशोक नै थियोे उसै सग सहल्ला गरे । ल डाक्टरलाई भनी त नाइ भनेको छैन यार त मुला नि पढेको त होस् नि मैले भन्दा धेरै बच्चा भएन भनेर फुकेको अक्षिता र कुचोले झाटेर हुन्छ त ।भोलि नै हस्पिटल जा जचा अनि थाहा हुन्छ बच्चा किन नभएको भनेर ।हुन्छ धन्यवाद यार ।ल ल भोलि छोटो नै जा बुढीसग सहल्ला गरे ।हजुरहरु दुबै केही समस्या छैन अतिनु पर्दन समयमै अस्पताल आउनु भको छ ।यो औषधी एक हप्ता सम्म नियमित खानु एक महिना पछि बच्चा बस्छ ।
हामी जति पढेलेको भए नि पहिला अन्धविश्वास नै गर्छौ । नभदै एक महिना पछि सपनाको कोख नि भरियो अब सपना नि आमा बन्ने भई खुसिको खबर अशोकलाई नै भने ल बधाई छ केटा बा भने भइस अब गाउले सबलाइ भोज खुवा ।सपनाको कोखमा तीन प्रतिन हाम्रो मायाको चिनो हुर्कदै थियो । घर परिवारमा खुसियाली भएको थियो ।
हिजो कुरा काटेने गाउलेको मुखमा बुझो लागेको थियो । सपनाको कोखको बच्चा सात महिनको भएको थियोे । उनी माइत गएकि थिइन घरमा बा आमा र म घरमा खै कहाँबाट के भए छ कुनि धुरीमन धुवाको मुस्लो सबै गाउले आगो आगो भन्दै हाम्रो घर तिर नै आइ रहेका । ल घरमा त आगो लागेछ खै कहाँबाट गयो आगो झुल्सो केही छिन मै आँखा अगाडि घर खानि भयो ।केहि दिनलाई खाने ओछ्याने गाउलेले दिए सधै दिएर कहाँ सकुन हामिले आफ्नो बन्धबस्तो मिलाउनु पर्यो गाउले सबै मिलेर र गाविसबाट आएको पैसाले वारि छेउ सानो टहरो ठडायौ जिन्दगी कटानु थियो तर कहाँ कट्थियो र त्यसले अब घरमा बसेर खेतिबारीको र मेलापात गरेर न घर बन्थियो न परिवार खुसि हुन्थियो । सोचे अब बिदेश जान्छु घर बनाउछु आफू पालिएर भएन अब त छोराछोरी नि पढाउनु पर्छ ।कहाँ बाट खर्च जुटाउने ।
आयका चङ्खे दाइ सग कुरा गरे भने पासपोर्ट बजाउ भाइ बिदेश उढाउने जिम्मा मेरो भयो ।एक महिनामा पासपोर्ट बनाए र चङ्खे दाइ लाई भनेर भिसा लगाउन भने ।सपनाको कोखको बच्चा आठ महिनाको भएको भने सानी तिमीलाई छाडे जाने म त कहाँ थियो र यस्तो बेला यस्तो हालतमा के गर्नु यसरी जिन्दगी चल्ने रहेनछ । अब म विदेश जान्छु पैसा पठाउछु तिमी यहाँ बसेर बा आमाको ख्याल गर छोरा लाई हेर घर बनाउ म दुई तीन वर्षमन आइ हाल्छु नि अनि फेरि यसै गरि खुसि साथ बसौ ला उनको बिन्ती थियो नजानु बरु यस्तै मा बसौला जे छ मिठो मसिनो खाउला पर्दैन जान । पखेटा पलाएको चरालाइ जति नै बाधेर राख एक न एक दिन उडेर नै छाड्छ ।
मलाइ नि बिदेश जाने पखेटा पाएको थियो उनको आसुले रोकन सकेन न आमाको कोखबाट निस्ने बच्चाले नै रोक्न सकेयो ।मेरो दुबैको भिसा लायो उडने मिती नि तोकियो । भाग्य न हो म नेपाल छाडेको दिन नै सपनाले छोरी पाइछ ।म विदेश भुमिमा टेक्न साथ घरमा लक्ष्मीको बास भए छ सुनेर खुसि लायो ।छोरीको नाम नि लक्ष्मी राखेछन । म विदेशी आएको दुई वर्षमा घर ठडियो म विदेश आउन काडेको साहुको ऋण तरियो र उनले त भनेकि थिइ आउन घर बन्यो ऋण छैन हाम्रो सन्तान भयो अब हामी पुर्ण भयौ हाम्रो सपना पूरा भयो आउनु भनेर ।
मनले भन्यो अब यति दुख प्रदेशमा गरिस अब एक गर केही पैसा हुन्छ गाउमा गएर केही गर ।प्रदेशको चिने एक वर्ष बसे भाइ घरमा छोरी तिन वर्षकी हुन लाई मुख सम्म देख्न पाएको छैन जति देखे फोटोमा जति बोले फोनमा अब छिटै आछु भनेको थिए । तर के भन्नू भाइ माया मरेछ विश्वास टुटेछ यत्रो सपना देखेको आज फेरि तेहि सपनाको घर डलेछ भाइ ।म कसरी भन्नू कुन मुखले भन्नू भाइ मलाइ त्यति धेरै माया गर्ने सपनाको अरु कसैसग बिहा भयो भनेर । अरु सग बिहा मलाई यो सुन्दा लायो हवाजहाजमा आकाशमै पाइलटले दुर्घटनाको सुचना दिएको अब मर्ने पक्का छ ।
एक रफतारमा गुडिरहेको गाडिमा एकासि ब्रेक लाएको छ । विश्वास लागेन अतीत दाइ नाई यो हुनै सक्दैन । सानै देखि हजुरलाइ माय गर्ने विश्वास गर्ने सधै हजुरको ख्याला गर्ने आखिर कसरी छाडेर जान सक्नु भयो ।यदि त्यसो भए हजुर बिना मर्छु भनेको मान्छे दुनियले भनेको नमानेर हजुर सग भाको मान्छे अह यो हुनै सक्दैन दाइ ।आफै जातको लाहुरे छाडेर हजुर सग बिहा गरेको पैसा र सम्पत्तिको अह थिएन । झगडा भएर पहिला बच्चा भएन भन्दा सयौं पटक झगडा भएको थियो तेति बेला नै छाडेर जानू पर्यो त किन नगएको तेति बेला ? दाइ हजुरको माया नभए नि त्यो सानो छोरीको त माया हुनु पर्छ नि ।भाइ जब भाग्य लेखेको छ भनी त्यहि हुने रहेछ उनिहरुको खुसिको लागि नै यहाँ पसिना बगाएको छु उता त्यस्तो बिजोक बनाएर हिनेकि छ ।
म के भन्नू भाइ यहाँ नै मर्छु भनेर पासो लगाउन खोजेको छोरी मुख नहेरी मर्दिन त्यो जहाँ गए नि नासो छाडेकी छ उसौ सग बस्छु भनेर । पासो लाउन लाएको डोरी फुकाउछु भाइ । अनि दाइ भाउजू अहिले कहाँ छिन त केही थाहा छ । हिने कि भने मात्र थाहा छ भाइ कहाँ को सग गको केहि थाहा छैन हिने एक दिन कलमा बोलेकी थिइ । भनेकी थिइ अब छिटै आउनु छोरीले बाबा भनेकी छ भनेर ।त्यस पछि केही कुरा नै भएको छन घरबाट बा आमाको फोन आउँछ घरमा बुहारी छैन छोरी छाडेर यत्रो दिन भयो कहाँ गएकी हो भनेर ।ससुराली बाट पनि उहीँ भन्छन छोरी छैन कहाँ गई भनेर ।अनि दाइ हजुरलाई कसरी थाहा भयो त बिहा भयो भनेर ।भाइ अब मेरो सुरु म आफै गरे तिमी आफ्नो सुरु गर छोरी र आमा बा को राम्रो ख्याल गर अनि आफ्नो पनि ल म लाई माफ गर तिम्रो अभागि सपना सानी म्यासेज र बिहाको फोटो देखाए दाईले ।
भाइ भागवनले त बुझ्न सक्दैन आइमाई को मन भित्रका कुरा हामी त मान्छे कहाँ सकिन्थ्यो र आँसु पुछ्दै बोलेका थिए दाइ । मैले भने दाइ हजुर भाउजुको लागि नभए नि छोरीका लागि भए नि जानू पर्छ ।आमा जिउँदै पोइला गई भने बाउ मर्न त भए न नि दाइ दुई पछि हैन बरु भोलि नै जानू आफ्नो छोरीको काखमा नै रमाउनु ।विहानको पाच बज्न लाए छ सुत भाइ सात बजे काममा जान पर्छ अबेस हुन्छ नाई भनी अतीत दाइ सुते ।म सुन्न सकेन मनमा कुरा खेलि रहे ।भने यस्तो कसैको नहोस् सबै नारीले आफुले गरेको मायाको विश्वास गरून् र खाडिमा पसिना बगाएर कमाएको दुख बुझुन यति भए सबैको परिवार खुसि रहन्छ ।