भैरब खबर डटकम, शुक्रबार, १४ फाल्गुन, २०७७
चुरामणि तिमिल्सिना
फागुन १४ ,उमेरले सानै भयपनि बहुमुखी प्रतिभाका धनिका रुपमा चिनिने गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीका १४ बर्षका अर्जुन न्यौपाने बेग्लै प्रकारका बिद्यार्थी हुन । उनि रिडी माध्यमिक बिध्यालयमा कक्षा ९मा पड्ने बिद्यार्थी हुन । अनुजले केही बर्ष अगाडी बिध्या ज्वति इन्लिस बोडिङ इस्कूल मा पनि अध्यान गरे। अनुजले बिहान साझा फुर्सदको समयमा काम नलाग्ने चाउचाउका प्याक , पानीका बोतल तथा अन्य प्रयोग बिहिन भएका सामान बाट नया नयाँ प्रकारका बिज्ञानका सामाग्री बनाउने ,खेल कुद सङ सम्बन्धि सामग्रीहरु, बाल कक्षामा प्रयोग हुने तथा बाल बालिकालाई पडाइमा रुचि जगाउने खालका सामाग्री बनाउदै आइरहेका छन। उनले निर्माण गरेका सामाग्री आफ्नै बिध्यालयमा पनि प्रयोग सालामा राखियको बताए ।
प्रतिभाका अर्जुन न्यौपाने को भिडियो हेनुहोस
https://m.facebook.com/story.php?story_fbid=2825131351067904&id=100007132000438
यता यसै बिध्यालयका प्रधानाध्यापक रोहित भण्डारीलाइ यस्ता बहुमुखी प्रतिभाका धनि बिद्यार्थीहरुलाइ कस्तो बाताबरण सिर्जना गर्नु भएको छ भनेर जिज्ञासा राख्दा यस बिद्यालयको मात्र नभइ जिल्ला तहमा नाम स्थापित राख्न चित्रकारले जुन सुकै सामग्रीको माग गरेमा लगत्तै बिध्यालयले उपलव्ध गराइरहेको , प्रतिभाका धनि बिद्यार्थीहरुलाइ हौसला प्रदान गर्न सम्मान कार्यक्रम गरियको र आबस्यकता अनुसार खोज अबलोकन गर्न चाहेमा बिध्याल्यले सबै सहयोग गर्ने बताउनु भयो। उनि चित्रणमा मात्र हैन पडाइमा पनि राम्रो दखल भएका वाक कलामा मिठास पुर्ण सब्दको प्रयोग गरि बोल्ने गर्ने र अन्य विविध बिधामा पुरस्कर हात पार्दै आइरहेका छन । यस्तै कक्षा ९ का बिज्ञान शिक्षकहरु बाल कृष्ण ज्ञवाली र टिकाराम पौडेलले भन्नु भयो थुप्रै प्रतिभाहरु बिध्यालयमा लुकेर रहेका सबै सामु पहिचान गराउन आफुहरुले सक्दो सहयोग गर्दै आइरहेको र हरेक गतिविधलाइ सहजता प्रदान गर्न बिध्यालयमा नै बिज्ञान कलबको समेत गठन गरियको र उनि अध्यक्ष समेत भएको बताउनु भयो । सामाग्री भए र निर्देशन गर्ने शिक्षक भएमा बौज्ञानिक बन्ने कुरामा सन्का नभएको बिध्यालय व्याबस्थापन समितीका अध्यक्ष चन्द्रलाल कसजुले बताउनु भयो। उनि जस्तै यस बिध्यालयका अन्य केही बिद्यार्थीहरु पनि यस्तै क्रियाकलापमा बडि रुचि देखाउदै आएका रिडीबाट सहकर्मी चुरामणि तिमिल्सिनाले समाचार पठाउनु भएको छ।