बुधबार, १७ आश्विन, २०८०

ग्रीन टी पिउनुका फाइदाहरू

भैरब खबर डटकम, आईतवार, ९ फाल्गुन, २०७७

ग्रीन टी पिउनुका फाइदाहरू

अहिले नेपाली समाजमा पनि ग्रीन टी पिउने प्रचलन व्यापक बन्दैछ । खासगरी स्वास्थ्यप्रति सचेत बर्गले आफ्नो जिब्रोलाई ग्रीन टीमा अभ्यस्त गराउँदैछन् । दुध, चिनी र कमसल गुणस्तरको चियामा बानी परेका हामीलाई ग्रीन टीमा रस भिज्न अलि समय लाग्छ ।

के पाइन्छ ग्रीन टीमा ?

एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टी । यो एन्ँ अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ ।  स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ । ग्रीन टीमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

यसमा एपिगलोकेटेशिन-३ गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ ।

किन पिउने ?

दीर्घ रोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी हो ग्रीन टी । अध्ययनहरुमा के पनि पाइएको छ भने, ग्रीन टीले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ । शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टी लाभदायक हुन्छ । पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टी उपयोगी हुन्छ । तौल नियन्त्रणका लागि समेत ग्रीन टी पिउन सकिन्छ ।

कति पिउने ?

ग्रीन टीले स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जति पनि पिउनु ठीक होइन । एक दिनमा तीन वा चार कपसम्म ग्रीन टी पिउनु सहि हुन्छ । त्यो भन्दा बढी पिउनु कलेजोका लागि हानिकारक हुनसक्छ ।

कहिले पिउने ?

ग्रीन टी विहान, दिउसो वा साँझमा पिउन सकिन्छ । यद्यपी विहान मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टी पिउनुपर्छ । खाना खानुभन्दा  एक घण्टा अघि वा पछि पिउन सकिन्छ ।

कसरी पिउने ?

ग्रीन टी अन्य चिया जस्तो पकाएर पिउनु हुन्न । ग्रीन टी छुटै गिलासमा हाल्ने र त्यसमा उमालेको पानी हाल्नुपर्छ । यसमा चिनी मिसाउनु हुँदैन । बरु, मह मिसाएर सेवन गर्न सकिन्छ । ग्रीन टी गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg