मंगलवार, १४ चैत्र, २०७९

पाल्पाकाे ओखलढुङ्गा

सन्ताेष गहतराज, आईतवार, १७ श्रावण, २०७८

पाल्पाकाे ओखलढुङ्गा

पाल्पा- ओखलढुङ्गा भन्ने वित्तिकै हामी सबैलाई  ओखलढुङ्गा जिल्लाकाे सम्झना आउँछ । तर पाल्पा जिल्लामा पनि ओखलढुङ्गा गाउँ रहेको छ । तिनाउ गाउँपालिका वडा न १ मा पर्ने ओखलढुङ्गा गाउँमा करिब १ सय ४० घरधुरी रहेको छ । १० घरधुरी दलित जातीकाे बाहेक अन्य सबै मगर जनजाति बसाेबास गर्ने यस गाउँमा ज्ञानाेदय माध्यम विद्यालय रहेको छ । गाउँमा एउटा स्वास्थ्य ईकाई,माेटरबाटाे,विधुतीकरण तथा खानेपानीकाे सुविधा स्थानीय सरकारले गरेको छ । मुख्यतया कृषि र पशुपालन व्यवसाय रहेको यस गाउँमा अम्रिसाे खेतीकाे नमुना रहेको छ । निजि तथा सार्वजनिक जग्गामा गरिएको अम्रिसाे खेतीबाट बार्षिक करिब १ कराेडकाे अम्रिसाे कुचाे निकासी अाेखलढुङ्गाबाट हुने गरेको स्थानीय बताउदछन  । यस बाहेक बेसार खेती,अदुवा खेती,बाख्रा तथा कुखुरा पालन,माैरी पालन गर्दछन । धान,मकै,काेदाे,यहाका मुख्य उत्पादन हुन । तिनाउ गाउँपालिकाकाे वडा न १ मा पर्ने ओखलढुङ्गाकाे गाउँकाे बिच भागमा एउटा ओखलकाे जस्तो खाल्डो परेको ठुलो ढुङ्गा रहेको छ । यसैकाे नामबाट गाउँकाे नाम ओखलढुङ्गा नाम रहेको स्थानीयहरूकाे भनाइ छ ।

हेर्दा ओखल जस्तो देखि उक्त ढुङ्गा आकर्षक रहेकाे छ । हालै बुटवलका मुर्तिकार यम थापाले एउटा ठुलाे ढुङ्गा कुदेर आकर्षक ओखल बनाएका छन । गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले तिनाउकाे ओखलढुङ्गामा रहेको उक्त ढुङ्गाकाे ऐतिहासिक महाेत्व रहेको बताउनुभयो । उक्त ढुङ्गाकाे संरक्षण र सर्वधन गरि पर्यटकहरूकाे आगामन वृद्धि गर्न गाउँपालिका अगाडि बढेको बताउनु भयाे । ओखल जस्तो आकार रहेको ढुङ्गाकाे ईतिहास बचाई राख्नका लागि गाउँपालिकाले रकम विनियोजित गरि आकर्षक ओखलकाे ढुंगा निर्माण गरिएको बताउनुभयो । तिनाउ गाउँपालिकामा धेरै धार्मिक तथा पर्यटकिय स्थलहरू रहेका छन ।

सत्यवती मन्दिर,परामकाेट,जन्तीलुङ्ग,हाल वडा न २ मा निर्माण गरिएको अविरल पार्क लगाएतका स्थानहरूलाई पर्यटक मैत्री बनाउन गाउँपालिकाले याेजना साथ अगाडि बढेको बताउनुभयो । तिनाउमा पर्ने मरामकाेट र जन्तीलुङ्गलाई पर्यटकिय क्षेत्रकाे रूपमा विकास गर्नका लागि पहुच मार्गकाे निर्माण,खानेपानी व्यवस्थापन,बस्नका लागि पाैवाहरूकाे निर्माण गरिएको बताउनुभयो । बिशेष गरि पर्यटकहरूलाई मनाेरञ्जन दिलाउनका लागि हाेमस्टेकाे सञ्चालन गरिएको बताउनुभयो ।

हाेमस्टेमा मगर समुदायका नागरिकहरूकाे सास्कृतिक परम्परागत रितिवाजकाे अवलाेकन समेत गर्ने व्यवस्था सहित गाउँपालिकाले हाेमस्टेकाे अवधारणा अगाडि सारेको बताउनुभयो । तिनाउले ओझेलमा परेका पर्यटकीय क्षेत्र तथा स्थलहरूकाे खाेजी गरि त्यसलाई संरक्षण एवम प्रचार प्रसार गर्नका लागि तिनाउ गाउँपालिका अगाडि बढेको अध्यक्ष घर्ती मगरले बताउनुभयो ।ओखल आकार रहेको ढुङ्गाकाे संरक्षणका लागि ढुंगा कुदेर ओखल बनाएसँगै ओखलढुङ्गाकाे नामलाई सार्थकता दिएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif