सन्तोष गहतराज, सोमबार, ३० श्रावण, २०७९
पाल्पा जिल्लाको सामाजिक कार्यमा सकृय रहनुभएका सामाजिक अभियान्ता एवम कुल चन्द्र सन्तोष खनाल परोपकारी ट्रस्ट माथागढी गाउँपालिका वडा न २ रूप्सेका व्यवस्थापक शंकर खनालले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
अभियान्ता खनालले तानसेन नगरपालिका वडा न ८ को कलंकी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री स्वरूप झोला वितरण गर्नुभएको हो । तानसेन नगरपालिका हुदाहुदै पनि भौगोगिक बनावटले पछाडि परेको विद्यालयका विद्यार्थीहरूको शैक्षिक ज्ञानमा वृद्धि गर्ने उधेश्यका साथ खनालले झोला वितरण गर्नुभएको हो । नेपाली काङ्ग्रेस पाल्पामा पुर्व पाटी काेषाध्यक्ष समेत रहनु भएका खनाल जिल्लाका सामाजिक कार्यमा सकृय रहनुभएको छ । कम अवसर पाएका व्यक्ति,समूह र संघ सस्थामा पुगी सामाजिक कार्यलाई अग्रसरता साथ अगाडि बढाउनुभएका खनालले स्वर्गीय पिता र भाईको नाममा सस्था स्थापना गरि सामाजिक कार्यलाई अगाडि बढाउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पा सभापति हिमाल दत्त श्रेष्ठले सुशील कोइरालाको जयन्तीको अवसरमा विद्यार्थीहरूलाई झोला वितरण गरि विद्यार्थीको शैक्षिक ज्ञान वृद्धिमा टेवा पुर्याउने कार्य गरेको बताउनुभयो । नेपालको संविधानका पिता सुशील कोइरालाको स्मृतीमा र पाल्पाको जिल्लाको महोत्वपुर्ण राजनीति एवम सामाजिक अभियान्ताको रूपमा रहनुभएको स्वर्गीय कुल चन्द्र खनालले र सन्तोष खनालको नाम सस्था स्थापना गरि सामाजिक अभियानलाई अगाडि बढाउनु भएको हुदा शैक्षिक संघ सस्थामा अध्ययन गर्ने विद्यार्थीहरूको झोलासँग भविष्य निर्माण टेवा पुर्याउने बताउनुभयो ।
कार्यक्रममा सामाजिक अभियान्ता एवम कुल चन्द्र सन्तोष खनाल परोपकारी ट्रस्ट माथागढी गाउँपालिका वडा न २ रूप्सेका व्यवस्थापक शंकर खनालले स्वर्गीय सुशील कोइरालाको ८३ औ जन्म जयन्तीको अवसरमा विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा अगाडि बढाउन उपहार स्वरूप झोला वितरण गरेको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका एवम समाजमा कम अवसर पाएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा थप इट्टा थप्ने कार्यका लागि झोला वितरण गरेको बताउनुभयो । समाजसेवी खनाले स्वर्गीय बुवा र भाईको नाममा कुल चन्द्र सन्तोष खनाल परोपकारी ट्रस्ट माथागढी गाउँपालिका वडा न २ रूप्से नामक सामाजिक सस्थाको स्थापना गरि सामाजिक कार्यलाई अगाडि बढाएको बताउनुभयो । बुवाको सामाजिक एवम राजनीति कार्यबाट प्रभावित हुनुभएका खनालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा केन्द्रित रहेर सामाजिक कार्य गर्देै आएको बताउनुभयो । निकट भविष्यमा ट्रस्ट सेन्टरको माध्यमबाट क्यान्सर पिडितहरूको उपचार गर्ने पद्धतिमा टेवा पुर्याउने गरि सामाजिक कार्यलाई अगाडि बढाउने योजना रहेको बताउनुभयो ।
कार्यक्रममा समाजसेवी माधव नेपाल,तानसेन नगरपालिकाका कार्यपालिका सदस्य दिनेश गान्धर्व,समाजसेवी मोहन लाल कार्की,समाजसेवी दिनेश कुमार गौतम,सन्तोष बौडेल,पदम राना लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमला बौडेको अध्यक्षतामा सम्पन्न भएको थियो ।