भैरव संवाददाता, शनिबार, १३ कार्तिक, २०७८
काठमाडौं कात्तिक १२ । मालिका केशरीको उपन्यास 'दुबाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद,अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएकाे छन् । राजधानीमा आज साब्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुब्गेलले मालिकाकेशरीको उपन्यास "दुबाल"ले सुस्ताएको राजनीतिक, सांस्कृतिक रसंवेदनशील मुद्दालाई साहित्यमार्फत् उजिल्याएको टिप्पणी गरे । उनले भने, अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै यस उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यब्ग्य गरेको छ । अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा यसको महत्व अझ बढ्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त एवंम अधिकारकर्मी मोहना अन्सारीले "दुबाल" मा शरणार्थीहरूले कसरी जीवन सघर्ष गरिरहेका छन् भन्ने यथार्थ चित्रण आएको बताइन् । उपन्यासले महिला र पुरुषलाई हेर्ने समाजको द्वैध दृष्टिकोणका साथै शरणार्थीका धेरै विषय समेटिएको उनको कथन थियो । नेपाल पत्रकार महासब्घका अध्यक्ष, विपुल पोखरेलले "दुबाल"ले सडकमाआउन नसकेको शरणार्थीको समस्यालाई साहित्यको माध्यमबाट उद्घाटन गरिएको बताए । उनले अगाडि थपे पाठकले अपनत्व लिएकाले यसको चर्चा परिचर्चा र बिक्री वितरण राम्रो छ । साहित्यिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका दृष्टिले यो सफल उपन्यास हो । वरिष्ठ सञ्चारकर्मी एवं समीक्षक राजकुमार बानियाँले दुबालले शरणार्थीको मुद्दालाई वैश्विक दृष्टिकोणबाट उठाएको बताए । उनले भने उपन्यासमा अवास्तविक वास्तविकता छ ।
यसले नेपाली शब्दभण्डारमा दुबाल जस्तो नयाँ शब्द दिएको छ । यो करुणाको मसीले लेखिएको सुन्दर उपन्यास हो । कार्यक्रममा तिब्बती शरणार्थी टासी छिरिबले दुबालमा आफ्नै जीवन कथा भेटेको सुनाए । उनले भने तिब्बती शरणार्थीले समस्या मात्रै होइन, ज्ञान र सिप पनि ल्याएका थिए । हाम्रो समस्यालाई न्यूनतम मानवअधिकारको दृष्टिले हेरियोस् भनेर उपन्यासले बोलेकोमा खुसी लागेको छ । सञ्चारकर्मी प्रकाश थापाले सञ्चालन गरेको अन्तरसंवाद कार्यक्रममा उपप्राध्यापक टीएन भट्ट विश्वामित्रले किताब औपन्यासिकताको दृष्टिले सफल रहेको टिप्पणी गरे भने लेखक मालिका केशरीले आफूले बाल्यकालमा नजिकबाट देखेका पात्रहरुलाई आख्यानमा समेटेको बताए ।