मंगलवार, १४ चैत्र, २०७९

बीमा हाम्रो अभिभावक

भैरब खबर डटकम संवाददाता, बिहीबार, १७ चैत्र, २०७८

बीमा हाम्रो अभिभावक

आफ्नो दुःख कष्टले कमाएको पैसालाई बचाउनका लागी भुड्को या जमीन मुनी सम्म गाड्ने हाम्रा बाउ बाजेको चलन सम्झीन हामीले धेरै परको दशक निहाल्न पर्देन । भरिया , गाई गोठालो गरेर बचाएको कमाईमा धेरै सुन्ना नभए पनि बचतको भावना भने धेरैमा देख्न पाइन्थ्यो! समय अनुसार कमाएको नवीन स्रोत र अवसरहरू संगै बचतको लागि सजिलो र सुरक्षित उपायहरूको खोजी भयो ' फल स्वरूप वैंक ' वचत संस्था ' समुह जस्ता निजी या सरकारी कार्यालय को जन्म हुन पुग्यो । यस्ता सस्थाले दिने बचत रकमको सुरक्षा संगै बचत गर्ने मनिसहरुको संख्या बढ्दै गयो ' सुरुवातमा औलामा गन्न सकिने थोरै संस्थाहरुको  बढ्दो विस्वास संगै धेरै नया संस्थाहरूले समाजमा जरा गाडे । अब भने कुन संस्थाले बढी सुविधा प्रदान गर्छ भने विषय लिएर उनीहरू विचको होडबाजी बढन थाल्यो '    

यि संस्था हरुले दिएको सुविधा हरुले देश र जनताको विकासमा जोड दिदै गर्दा नया नया जोखिमहरु पनि सगै आए अब भने वचतको रकम भएर    मात्रै ढुक्कको सास फेर्न अप्ठ्यारो पर्‍यो । अधिकांश परिवारमा कमाउने व्यक्ति एकल हुने र उनीहरुको जिवनको क्षति वा दुर्घटना का कारण अपाङगता भएमा पुरै परिवार माथि नै वज्र आइपरेको कुराहरू हामीले सुनी र देखि रहेका छौ । कमाउने व्यक्तिको अनुपास्थितिमा बाकि परिवारको सफल भविष्यको विच ठुलो खाडल वन्न पुग्छ । यही समस्याको सामाधान स्वरूप त्यही खाडल नाग्न एउटा सुरक्षित पुलको काम विमाले गर्छ भन्ने थाहा भएपछि विमा नेपालीहरू विच हल्लाको विषय बनेको छ विस्तारै मानिस हरु यसप्रति सजक बनिरहेका छन ।

विमाले विमितको जिवनमा दुर्घटना ' ज्यानमारा घातक रोग र मृत्यु भएको खण्डमा परिवारको मेरुदण्ड बनेर परिवारलाई सम्हाल्छ यति मात्र नभइ विमित काम गर्न नसक्ने  पूर्ण अपाङ्ग भएको अवस्थामा मासिक रुपमा उसको तलव जस्तै गरि पैसा  प्रदान गर्दछ । विमा एउटा बचत मात्र नभई यो एक प्रकारको लगानि पनि हो जसमा तपाइले बचत गरे भन्दा बढी लाभ उठाउन सक्नु हुन्छ हरेक अभिभावक ले आफ्नो सन्तानको भविष्य सुरक्षित गराउन चाहान्छ ' तर जिवन क्षणिक छ  हरेक मानिस को जिवनमा अप्ठ्यारा 'आपत हरु आईपर्छ तर समजदार त्यो हो जसले भोलिको दिनलाई सम्झेर आज तयारी गर्छ बिमा गरि सके पछि त्यो परिवार अब भोलिको अफ्ठारो दिनहरूमा आर्थिक रुपले भने कमजोर हुनु पर्देन । आज बिमितले गरेको एक एक थोपाको वचत भोली समुन्द्र बनेर उसैलाई फिर्ता आउछ भनेर सबै बुझ्नु जरूरी छ ।

एउटा अभिभावक को जिम्मेवारी निभाउन सक्ने सामर्थ भएकोले बिमा  र अभिभावक पर्याबाची शब्दजस्तै भएको छ । हाम्रो अभिभावक छनोट हाम्रो हातमा छैन तर एउटा राम्रो बिमा कम्पनी भने हामीले रोज्न सक्छौ । सिटिजन लाइफ इन्सुरेन्स मा म बिमित र अभिकर्ता को रूपमा रहेको अनुभव अनुसार यो एउटा सफल र सुविधा पुर्ण बिमा कम्पनी को रुपमा मैले यसलाई पाएको छु र सबैलाई यस कम्पनी बाट बिमा गर्न सल्लाहा दिन्छु ।

अबिता नेपाली
सिनियर एजेन्सी म्यानेजर

सिटिजन लाइफ इन्स्योरेन्स  ,पाल्पा शाखा

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif