भैरब खबर डटकम संवाददाता, बुधबार, २८ पुष, २०७८
व्यक्तिगतदेखि व्यवसायिक जीवनसम्ममा मोबाइल फोन अहिले अनिवार्य आवश्यकता र दैनिक जिवनको अभिन्न अंग बनिसकेको छ । आज हामी आफ्नो स्मार्टफोनमा विभिन्न निजी र गोप्य चिजहरूसमेत सम्हालेर राख्दछौं । आफ्नो फोन अरुले खोलेर हेर्न नसकून् र फोन भित्रका डाटाहरू सुरक्षित र गोप्य रहुन् भन्नका लागि हामीले फोनमा प्याटर्न तथा पिन वा पासवर्ड हालेर लक गर्दछौं ।
तर कहिलेकाहीँ यस्तो आइलाग्दछ कि आफैंले राखेको पासवर्ड वा प्याटर्न आफैले भुल्दछौं । यस्तोमा फोनलाई अनलक गर्नका लागि समस्या हुन्छ । यदि आफ्नो फोनको पासवर्ड वा प्यार्टन भुलियो भने के गर्ने ? यसमा आत्तिनुपर्ने कुनै आवश्यकता छैन । एउटा सामान्य ट्रिक लगाउनुभयो भने तपाईंले पासवर्ड वा प्याटर्न लक गरिएको आफ्नो फोन सहजै खोल्न सक्नुहुन्छ । तर यसो गर्दा फोनमा रहेका डाटाहरू भने सबै डिलिट हुन्छन् । त्यसका लागि-