भैरब खबर डटकम संवाददाता, शुक्रबार, २४ असार, २०७९
जापान-जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ । बीबीसी हिन्दीले दिएको जानकारीअनुसार जापानको सरकारी सञ्चारमाध्यमले उनको निधन भएको पुष्टि गरेको छ ।
जापानको एनएचके वर्ल्ड न्युजले पनि आवेको निधन भएको पुष्टि गरेको छ । जापानको नारा सहरमा उनलाई बिहान गोली प्रहार भएको थियो ।
त्यसपछि बेहोस भएका आवेको निधन भएको हो । आवेलाई दुईपटक गोली लागेको थियो । पछाडिबाट हानेको गोली लागेर उनी सम्बोधनकै क्रममा ढलेका थिए ।