राजन आचार्य, शनिबार, २९ जेष्ठ, २०७८
दुई वटा अक्षरहरु मिलेर बनेको एक सुन्दर रचना युक्त शब्द आमा जो आफैमा महान छ।यतिसम्म महान शब्द छ्की माछालाइ जसरी पानीको महत्त्व हुन्छ त्यस्तै आमा शब्द महान छ। आमा सुन्दापनि कति आनन्द दिने है?जसरी जस्तो कि दर्दनाक शरिरमा नदुख्ने इन्जेक्सन लगाए जस्तै शान्द अनि आनन्द दिने। बरु मानिसलाइ धन सम्पत्ती चाहिदैन केवल आमाको शब्द अनि आमाको न्यानो काख अनि साथनै प्रिय छ।अझ भनौ भनेत आमा शब्द मलाई लाग्छ सुर्यको किरण भन्दा त कयौ गुना तेजिलो छ।भगवान हामी मान्दछौ जब आदर गर्दछौ जबकी हामी देखेका छैनौ केवल आभाष गरेका छौ हैन र? त म देखेको छु त्यो भगवाननै भनौ या जन्मदाता त्यो सबैथोक मेरालागि केवल आमा हुन् ।
भगवानले फुर्सदमा बनाइदिएको एउटा सुन्दर रचना चेलीहुन् र हरेक चेलिनै आमा हुन।र यो भुज्नुकी हरेक आमानै भगवान हुन।यो सृष्टिगर्ने भगवानले त सदा हामिलाइ राख्न सक्दैन भने अरु कस्को आशगर्ने अनिअरु कस्ले राख्ला भन्नू होला त्यो सबैको एउटै जवाफ हो आमा। जब सृष्टि गर्ने भगवान थाक्छ्नी तब मेरि आमा जागेकी हुन्छन्।अर्थात् सम्पुर्ण कि आमा जागेकी हुन्छिन। आमा कैले थाक्दैनिन किन भन्नू होला हजुरले सुन्नु। जब यो शरीर त मरेर जानेहोनि हैनर? तर यो सोच्नु त भगवान त अमर छनी हैन र? तर त्यो त स्वार्थी छ।किन भन्नू होला किनकी उस्ले पनि आफ्नो स्वार्थ पूरा गर्नका निमित्त यहाँ पठाउछ अनि बोलाउछ।तर आमा यस्ती रुप हुन जस्ले आफ्ना सन्तानका निमित्त निस्वार्थ भावनाले आफ्नो सन्तानको स्याहार गर्दछिन अनि सुसार गर्दछिन।चाजे त्यो अपांगनै किन नहोस् ।भगवान बरु पक्षपाती छ कसैलाई धनी गराउछ त कसैलाइ गरिब अझ भनौ भनेत कसैलाई त रोड्मा पनि सुत्न नदिने बनाउछ।तर आमा यस्ती हुन जस्ले नौ नौ महिना कोखमा राख्छिन आफ्ना इच्छा आकाङ्क्षा मारेर अनि सबै भन्दा ठुलो पीडा सुत्केरी बन्ने त्यो सबै खपेर जन्माउछिन अनि समान माया ममता दिएर हुर्काउछिन।साथै त्यो अमुल्य धारा दुधको धारा जुन मुल्यवान छ सरिरमा अनि मुल्यनै लगाउन नसकिने।अनि त्यो माया दिन्छिन् ममता दिन्छिन्
।जुन माया ममताको तुलना अनि हिसाब लगाउन त के सोच्न पनि असमर्थ हुन्छौ।अझ किन्नका त कुरै छाड।तेति माया ममता दिएर हुकाउछिन ।चाहे त्यो सन्तान अपांग नै किन नहोस उनको आखामा अनि मनमा समान दृष्टि छ केही उचनिच छैन।अरुत एक्छिनका पाहुना न हुन तर पनि आमा भने आफ्नो जीवन रहुन्जेल सम्म सन्तानलाई काखमा राखेरै माया गर्दछिन। चाहे सन्तान बृद्धनै किन नहोस उनको आखामा त भर्खरको फललाग्न फुलेको फुल समान हुन्छन्। छोराछोरी बृद्धहोलान तर अह आमा कैले बृद्ध भैनन ।उमेरले डाडा किन नकाटोस तर अह आमाको मायाममताले कैले डाडा काटेन।अझ भनौ भनेत उमेर सङ्गसङ्गै सबै भुल्नुहोला तर अह सन्तानलाई कैले भुल्नु भयो भनेर सुनेको पनि छैन र देखेन पनि। चाहे आमा महल्मै किन नहुन चाहे आमा सडकमै किन नहुन तर अह कैले त्यो सन्तान पर्ती मायाममता घटिबडि भएन।चाहे त्यो सन्तानले पछाडि बाट खुकुरीनै प्रहार किन नगरोस् तर त्यो सनतान गलत कैलेपनि भएन अनि पराइ पनि कैले बनेन ।यस्तो निस्वार्थ भावना बोकेकी नै आमा हुन् ।सन्तान भोकायो भन्छिन आमा सन्तानले भनोस या नभनोस आफू सडकमा किन नहुन भोकै किन नहुन छोरा महलमा भएर महङ्गो गाडिमा चडेर हिडेपनी आफुलाइ खाना आउदा सन्तानलाई हरबखत सम्झन्छिन अनि छुट्टाउछिन खाना अनि बल्ल खान्छिन।
खोलाको ढुङ्गा बरु गलेर जाला तर जस्तो सुकै आदिबेरी दु:ख कष्ट सहेर सन्तानकै निमित्त खडा भै सन्तानलाई हत्केलामै खेलाइन कैले आभास हुन दिइनन ती दुखका पलहरु।उनी सन्तानका निमित्त कैले बृद्ध भैनन कैले गलिनन कैले भोक अनि प्यास लाग्यो भनिन् तेति अट्ल छिन आमा।भडामा खाना होस या नहोस आफै भोकै बसेर भएपनी सन्तानको निमित्त त्यो भाडो कैले खाली भएन।तेसैले त होलानी हेर्नुत मर्न लागेका बृद्ध देखि भर्खर जन्मेका बच्चाको त्यो कमलो छालारुपि जिब्रोमा पहिलो शब्दनै आमा हुन्छ भनेर। भनिन्छ दुख पाउँदा पनि मरेनीआमा खुसी हुदा पनि आमा हो चोट लाग्दा अय आमा आश्चर्य हुदापनी आमा नि भोक लाग्दा पनि भोक लाग्यो आमा भनिन्छ ।चाहे त्यो सुख होस या दुख जुनसुकै परिस्थितिमा पनि गुनगुनाउने शब्द हो आमा। लाग्छ हरेक अक्षरको संरचना नै आमा हो। लाग्छ सम्पुर्ण अक्षरहरुको संरचनाले आमाकै आभाष बोकेका छन।लाग्छ्की यो सम्पुर्ण शृष्टिनै आमा हो।यहाँ भएका सम्पुर्ण जति छ्न सबै आमा हुन्।
यो ब्रह्माण्डनै आमाले ढाकिएको छ। लाग्छ ब्रह्माण्ड नै आमाको अगाडि तुच्छ छ। लाग्छ्की आमाले नै यस् सम्पुर्ण ब्रह्माण्ड लाईनै जितेर बसेकी छन्।तेहि भएर त होलानि बोटबिरुवा पसुपक्षी जनावर देखि लिएर सम्पुर्ण यो ब्रह्माण्डमा जति छन जिवात्मा हरु।सम्पुर्णको मन मुटु अनि दिल दिमाग र त्यो छालाको कमलो भाग जिब्रोले गुन्जाउने पहिलो शब्द आमा हो। भनिन्छ्नी नमागिकन त यहाँ भगवानले पनि दिदैनन अरुको के आस। तर हैन आमा यस्ती हुन जस्ले तिम्रो हरेक परिस्थिति लाई नियालेर बसेकी हुन्छिन अनि हरेक परिस्थितिको सामना गर्ने उर्जा दिन्छिन् र तिमी मौननै किन नबस तर तिम्रा हरेक परिस्थिति बुज्ने तिम्री आमा हुन र सबै पूरा गर्दिने पनि।र हरेक परिस्थिति बुझने अनि तिम्रो सफल्तामै आफ्नो सफल्ता देख्ने तिम्रो खुसिमै आफ्नो खुसी देखेर रमाउने एक मात्र आमा हुन् ।
आमा यस्ती गुरु हुन् तिमिले जति ज्ञान सीप सिक तर आमाको एक शब्दनै त्यो तिम्रो ज्ञान्को उपर हुन्छ।अर्थात लाग्छ ब्रह्माण्डको पनि माथिनै हुन्छ।चाहे आमा जतिनै अनपढ किन नहुन तर आमाका उपदेश धेरै माथिका हुनेछन् अनि आमाले तिम्रा हरेक जिन्दगीका बाटाहरुको हिसाब पलभरमै गर्न सक्दछिन अनि यात्रा बनाइदिएकी हुन्छिन्।तेहि भएर त होला तिमी जति कठोर भएपनी तिम्रा कठोर रुपि शब्द अनि कठोर व्यवहार बुझ्दिनन।तबत समान व्यवहार गर्दछिन। जुनसुकै परिस्थिति किन नहोस्। माया ममता दिन्छिन अनि लात हानेकै पाइलाको साथ दिन्छिन्।
जबकी त्यो साथ तिमिलाइ आफ्नै भन्ने छायाले पनि दिदैन ।आमा चाहे यो संसारमा हौन या नहौन तर तिम्रा हरेक आभाषमा आमा हुने छिन अनि हरेक पाइलामा।तेसैले त भन्छु आमा ब्रह्माण्ड भन्दा पनि बाहिर छिन।अनि तेसैले त भन्छु आमालाइ जित्न सक्ने कुनै धातु छैन र किन्न सक्ने बस्तु अनि शक्ति पनि छैन ।आमा त्यो धातु हुन। र त्यो शक्ति हुन जसलाइ फोर्न अनि हिसाब लगाउन तिम्रा ठुला ठुला औजार पनि तुच्छ हुनेछ्न हिसाब लगाउदा लगाउदा थाक्ने छन्।आमा त्यो ज्ञान हुन जुन ज्ञान् तिम्रा बिलियन पुस्तक हरुमा पनि लेखिएको छैन।ति पुस्तकले पनि अन्दाजी लगाउन सक्दैनन् ।र आमा त्यो माया हुन् जुन माया भगवान स्वयम्ले पनि आभाष दिलाउन सक्दैनन् । कति भनौ म म आमाको गुड्गान गाउन असमर्थ छु तर पनि मलाई लाग्छ आमाको गुडगान गाउन मलाइ हजारौ जुनिपनि कम पर्दछ। तेसैले त भन्छुनी आमा त्यो हुन् जो सम्पुर्ण ब्रह्माण्ड तुच्छ छ उनका अगाडि आमा सर्वस्व हुन् जस्ले सबै जितेर बसेकी छन।