निशा सुनार, आईतवार, २३ जेष्ठ, २०७८
छुवाछुत र जातीय भेदभाव वंश, परम्परा, धर्म, गुण, आकृति, वास स्थान आदिका आधारमा विभाजित मनुष्य वर्गलाई जात भनिन्छ।नेपालमा लामो समयदेखि जात ब्यवस्था तथा छुवाछुत प्रथाले जडा गाडेर बसेको छ। विश्वको इतिहासमा हेॅदा पनि संम्युक राज्य अमेरिकामा पनि काला जाति र गोरा जाति बिच बिभेद थियो। नेपाली समाजको वर्ग बिभाजनको इतिहासलाई हेॅदा कामको आधारमा बाॅमण क्षेत्री वैश्य शुद्र गरि चार भागमा विभाजन गरेको थियो।
प्राचीन समयमा शिक्षा चेतना उधोगधन्दाको अभावको कारण मानिसहरूले आफ्नो बाउ बाजेको पेश अगाल्दै आएका थिए जसले गदाॅ शुद्र कहिले बाॅमण हुन सकेन। जब समाजका मान्छेहरू शिक्षित र चेतनशील हुदै गए तब छुवाछुत र जातीय भेदभावलाई अन्त्य गॅनको लागि धेरै आवाजहरू उठाए तर पनि अझै हाम्रो नेपाली समाजबाट छुवाछुत तथा जातीय प्रथा हट्न सकेको छैन।
आजको एक्काइसौं शताब्दीमा पनि हाम्रो समाजमा अन्तर्जातीय विवाहलाई सहरश रूपमा स्वीकार गरिदैन। अझै पनि हाम्रो समाजमा श्रम चल्छ सिप चल्छ तर पानी चल्दैन। नेपालमा वि. स. २००४ साल देखि संवैधानिक विकास क़म सुरु भयो। जसले गदा देशमा लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्रको स्थापना भयो। वि. स. २०४७ सालमा जन आन्दोलन भयो। जन आन्दोलनको सफलता पछि नेपालको अन्तरिम संविधान २०६३लागु भयो। त्यसपछि अहिले हालको वर्तमान संविधान नेपालको संविधान २०७२ को धारा २४ मा छुवाछुत तथा जातीय भेदभाव विरुद्ध को हकको व्यवस्था गरेको छ।
छुवाछुत तथा जातीय भेदभाव विरुद्ध हकको व्यवस्था भय पनि उक्त व्यवस्था कानुनी पानामा मात्र सीमित छ। अझैपनि पुण रूपमा कानुनको कार्यान्वयन भयको छैन। न्याय कुरा गदाॅ हाम्रो आँखा अगाडि मायामा जातकै कारणले गदाॅ आफ्नो ज्यान गुमाउन पुगेका नवराज वि. क को रूकुम पश्चिम घटना ताजै छ। जातकै कारणले गदाॅ खेरी अझै पनि दलितहरूले लिखित संविधानमा भयको मौलिक हकहरूको समेत स्वतन्त्रता पूर्वक ब्यबहारमा लागु गनें पारेका छैनन्।
जात व्यवस्था त हाम्रो केवल परम्परा हो वैज्ञानिक रूपले हेर्ने हो भनि पृथ्वीमा मात्र दुई जात छन महिला र पुरुष। मान्छे को शरिर एउटै छ भावना एउटैछ रगत एउटै फरक त केवल हाम्रो सोच र व्यवहार छ। तसर्थ आजै देखि आफ्नो व्यवहार परिवर्तन गरि स्वच्छ निश्पक्ष र छुवाछुत मुक्त समाज निर्माण गर्न लागाैँ