भैरव संवाददाता, आईतवार, १३ भाद्र, २०७८
तारा बहादुर रायमाझी
शिक्षा बदलिए समाज आफै बदलिन्छ, समाज बदलिए राष्ट्र बदलिन्छ,अनि सबै क्षेत्रमा उन्नति र प्रगति हुन्छ । देशमा कोरोनाको कहरसँगै पठनपाठन बन्द भयो । बैकल्पिक माध्यमबाट अध्यापन गराउन अनलाइन कक्षा शुरू भयो । धेरै बालबालिकाहरु ईन्टरनेटको पहुँचबाट बाहिर भए । कोरोना भाइरस [कोभिड]१९ को बिश्वब्यापी महामारीको कारणले शिक्षा क्षेत्र निकै खस्कियो । शिक्षा नै सबै क्षेत्रको परिवर्तनको आधार हो । जिबन जिउने आधार कला हो । एक महत्त्वपूर्ण सोच हो । कोरोना भाइरसको कारणले बालबालिकाहरु शिक्षाबाट बन्चित भए राज्य तथा सरकारी क्षेत्रबाट खासै केही पहल भएन । शिक्षामा ब्यापारीकरण गरियो । सम्पन्न परिवारका बालबालिकाले बैकल्पिक विधि उपयोग गर्न पाए । ग्रामीण भेगका विद्यार्थीले बैकल्पिक विधि भनेको के रु त्यो नै थाहा भएन । केही सम्पन्न ठाउँमा बैकल्पिक विधि ईन्टरनेटबाट अनलाइन कक्षाहरु त भयो तर केही प्रतिशतले मात्रै उपयोग गर्न पाए । कुनै ठाउँमा प्रविधिको राम्रो सङ्ग प्रयोग नै भएन ,नयाँ प्रबिधि भित्रीनु राम्रो कुरा हो तर सबैले उपयोग गर्न पाउनु पर्छ । प्रबिधी प्रयोग गर्ने विद्यार्थी शिक्षकमा पहुच भएका मात्रै समेटिए । बालबालिका परिवार समाज हुँदै,भोलिका राष्ट्रका कर्णधार हुन । गरिब तथा ग्रामीण भेगका र शहरी तथा सम्पन्न परिवारका बालबालिका बिच निकै लामो दुरि छ । शिक्षामा भएको ब्यापारीकरणले गर्दा सम्पन्न परिवारका बालबालिकाले किन्न सक्छ्न, गरिब ग्रामीण भेगमा किन्न सक्दैनन् । अझ , धनी परिवारमा जथाभावी ईन्टरनेट दिएर आफ्ना बालबालिकालाई झन समस्या थपिदिएका छ्न । अनावश्यक उपयोग गरेका छ्न । विशेष गरि सीमान्तकृत बालबालिकाको शिक्षामा ठुलो र नराम्रो असर छ । राज्यको तर्फबाट तीन तहका सरकारहरुले सबैलाई सुरक्षितका साथ सिकाइका उपाय विभिन्न योजना लक्ष्य केही देखिएन र कसैले सुझाव पनि दिएनन् ।
ईन्टरनेट अनलाइन कक्षाबाट बन्चित बालबालिकाहरु बालश्रम ,बालबिवाह,कमजोर स्वास्थ्य अवस्था पारिवारिक श्रम त्यसमाथि ईन्टरनेट उपयोग गर्ने सङ्गको दुरिले धेरै दीर्घकालिन असरहरु परिरहेको छ। भनिन्छ ' जतिधेरै बालबालिका बिधालय जादैनन , उनिहरु त्यति बिधालय फर्केर आउने संभावना कम हुन्छ । ' जुन वातावरणमा रमाइयो त्यही रमाउन मन लाग्छ । अब पुनः बिधालय संचालन भएपनी ठुलो असमानता रहिरहन्छ ,पुनः उनिहरुलाइ कक्षा लिएका र नलिएकालाई पढाउने एकै ठाउँमा हो । सिकाइ र सुरक्षामा नकारात्मक प्रभाव परेकै छ । पहिला हासिल गरेका उपलब्धीहरु गुम्नुका साथै अवस्था पहिलेको भन्दा झनै बिग्रने जोखिम सिर्जना भएको छ । बिधालयबाट पाउने सेवा सुबिधा गरिब बालबालिकाले घरमा पाउदैनन् । बिधालयबाट दिइने पोषण युक्त भोजन ,स्वास्थ्य सुबिधा बाट पनि बन्चित भएका छ्न । तिनीहरुको सिकाइको यात्रा निकै पछाडी परेको छ,त्यो यात्रा भेटाउन कठिन छ । अहिले गाउँ-गाउँमा अधिकार सप्पन्न स्थानीय सरकार छ्न , खै तिनीहरुले यश विषयमा सोचेकोरुपार्टीका विभिन्न विद्यार्थी संगठनहरु हरेक क्याम्पसमा प्रत्येक तहमा छ्न, खै तिनीहरु कहाँ छ्नरुके गरिरहेका छ्नरुतिनीहरुले यस्ता समस्या नदेखे के देख्छ्नरुध्यान जान जरुरी छ । विद्यार्थी संगठनहरु पनि गुणस्तरीय निशुल्क समाबेशी शिक्षामा आवाज उठाउनु पर्छ । प्रत्येक बिधालय क्याम्पसका शिक्षकहरुले हाम्रा विद्यार्थीहरु किन ईन्टरनेटको पहुचमा हुन सकेनन सोचेको पनि देखिदैन । राज्यले शिक्षामा प्रसस्त लगानी गर्नु पर्छ,निश्चित लक्ष्य राखेर योजना बनाउनु पर्छ।स्थानीय स्तरका सरकारहरुले विद्यार्थी संगठनहरु सङ्ग छ्लफल गर्नुपर्छ । समाज बदल्ने ती बालबालिका हुन,सरकारवालाको ध्यान पुग्न जरुरी छ। निशुल्क ,गुणस्तरीय ,जनमुखी र सिपमुलक शिक्षाले सबैलाई समेट्न सक्नुपर्छ । गाउँ ठाउँमा सुबिधा युक्त ईन्टरनेट बिस्तार गर्नुपर्छ । बालबालिका विद्यार्थीकोलाई ईन्टरनेटमा सेवा सुबिधा बढाउन पर्छ । ठाउँ ठाउमा पुस्तकालय खुल्नुपर्छ । विभिन्न प्रबिधीयुक्त नयाँ प्रबिधिका साधनहरुको उपलब्धताको स्थापना तथा बिस्तार गर्न जरुरी छ । सबैलाई समाबेशी शिक्षा आजको आवश्यकता हो ।