निशा पाण्डेय, शुक्रबार, १४ जेष्ठ, २०७८
गरिब झन गरिब हुदै गय धनी झन धनी आर्यघाटमा लास जलाउने ठाँउ छैन नेताहरुलाई कुर्ची कार्पेट लडि बस् अक्सिजन नपाएर जति मर्ने हो सोझा सिधा जनताहरु मर्छन तिमीहरूलाई त कुर्ची नै ठुलाे छ संसद विघटन गर्ने चुनाव लडने भन्दा पहिला जनता बचाउन थाल न है नेता भन्दा बढि दाेषि त हामी जनता हो जब चुनाव आउछ मासु चिउरामा बिक्ने त हामी जो हो होइन र् ?
आफू मिर्गौला फेर्न बारम्बार विदेश धाउने मेरो देशका नेता आज छोराले मृगौला दिन्छु भन्दा बाच्न नपाउने मेरो देशको जनता नेपाली हुनुमा गर्भ लाग्छ तर के गर्नु नेपाल को राजनिती नै नेपालीको ज्यान भन्दा ठुलो भयसि एमाले काग्रेस माओवादी राप्रपा जे जे छुट्टाउनु छ पछि छुटाउला नि हुन र? अहिले मेरो डुब्न् लगेको देश बाचाउन है तिमिहरुको कुर्ची तिमीहरु नै लिग हामीलाई अक्सिजन देउ न है मेरो देश न त् बल्लतकृत ले नै न्याए पाए न त अन्याएमा परेकाले अब याे माहामारिमा बजेटलाई भन्दा नागरिकलाई ध्यान देउ न है बिन्ती छ हुन त आफ्नो परिवारलाई केहि नहुदा सम्म चुपचाप नै बस्छौं फेरि आफ्नो परिवारलाई पर्दा अरु बिरामीले लगाएको अक्सिजन थुतेर लगाईदिन पछी पर्दैनन् किनभने सबैभन्दा ठुलो त पैसा हो नि थाहा छ मेरो देशको नेता काहा सम्म छ।
आमाको चुरा फेर्न विदेश गएको छोरा विदेशमै गोलि खादा छोराको आवाज भन्दा पहिला लास देख्ने आमालाई आसवास्न दिन सकेनौ खाउखाउ लाउलाउ भन्ने उमेरमा बलापन छिनिएका ती चरीहरुको बुबाको अनुहारमा न्याएको मुस्कान दिन सकेनौं पुलिसले भोका नाङ्गा जनतालाई पिट्दा पुलिस मेरो साथि हैन भन् सकेनौं देशभर जातको लडाइँ हुदा हामी एक हौ भन सकेनौं यति त सहेकै थियौ ठिक छ तर यो माहामारी र तिमिहरुको लोभ लालचले कतिको सिहुदो पुछियो कति आमाको मन रोयो कहिलै ननिउरिने बाबाको सिर निहुरिय राष्ट्रको ढुकुटी रितियाे तर आखिरम न्याए शान्ति अक्सिजन खोइ? हस्पिटलको ढोका ढकढकाई रहनेलाई दिन हप्ता महिना गर्दा गर्दै सेतो कपडा अाेडेर गएका हाम्रा आफन्त खोइ?
अब त अति भएन र? मरेर गएका फर्काउन सक्दैनौं तर बाचेकालाई मर्न नदेउ एक एक भाेटकाे बदलामा एक एक अक्सिजन देउ फेरि हाम्रो पनि पाली आउँदा गणतन्त्रलाई कालाे झन्डा देखाएर राजतन्त्र भन्दै एकजुट हुन नपरोस् त्यो भन्न पर्दैन बेसर पानी खाउ नेपाल मा भन्दा फलना देश मा बढी मरेका छन् भनेर उमकिने काम नगर न है बिन्ती छ सरकार मेरो देश बचाउन न है।