लेखक/रचनाकार, सोमबार, १३ भाद्र, २०७९
हरि रूचाल- महिलाहरूको महानपर्व हरितालिका तीज, परम्परागत रुपमा महिलाले मनाउने खुशीयालीको क्षण, स्वतन्त्रताको वाताबरण तर माइत गएर पनि आफ्नै श्रीमानको दिर्घजिवनकालागि बस्दै आएको व्रतको एक अनवरत श्रृंखलाको दिनको रूपमा लिइन्छ र मनाइन्छ। महिला अगुवा र सामाजिक अभियन्ताले तीजमा विकृती आएको र सुधार गर्नु पर्ने पक्ष निरन्तर औल्याउदै त्यसका विरुद्ध आवाज बुलन्दित पार्दै आइ रहेका छन् । तर तीज गरिव र निमुखा महिला खुशी हुने पर्व ,सबै महिलाहरुले खुशीले मनाउने पर्व अथवा समानताको वाताबरणको पर्व बन्न सकेको छैन ।
तिजलाई शुद्ध संस्कृतिक पर्वको रुपमा मनाउनु पर्छ
नेपाली महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिदै छ । यस पर्वलाई भड्किलो भन्दा पनि पर्वलाई संस्कृतिको रुपमा मनाउनु आवश्यक छ । तिजका नाममा ठुला ठुला चारतारे होटेलमा क्यासेट लगाएर गाना बजाएर होटलको परिकार खाएर तिज मनाउनु भन्दा गाउँ ठाउँमा दिदी वहिनी जम्मा भएर दुःख , पिडा , सुखका गितहरु गाएर गाउँघरकै पोसिला खानाहरु खाएर मनाउनु पर्छ । यसरी मनाउँदा गरीव , पछाडि परेको समुदाय , वृद्धवृद्धाहरु सबैको सहभागीता हुन्छ , पर्वको संरक्षण हुन्छ । गरीव अनि धनी संगै बसेर तिज मनाउँदाको खुशी फरक हुन्छ । त्यसैले नेपाली महिलाहरुको पर्व हरितालिका तिजलाई संस्कृतिको जर्गेना गर्ने गरि मनाउनु पर्छ ।
शिर देखि पाउ सम्म गरगहना किन्ने बानीको अन्त्य हुनु पर्छ । जसले गर्दा महिलाको असुरक्षा पनि हुन्छ । त्यस्तै गरि हदै महंगा साडिहरु वर्षै पिच्छे किन्ने परिपाटिको अन्त्य गर्दा समाजमा सुशासन हुन्छ । हाम्रो समाजमा गरीव र धनी सवै समुदायका मानिसहरु छन , त्यसैले महिलाहरुले गरगहना भन्दा पनि आफ्नो सोचमा परिवर्तन गर्ने , सामाजिक रुपान्तरणमा लाग्ने गर्नु पर्छ ।
गितले पर्वको मौलिकता झल्काउनु पर्छ
यस पर्वले सबै नेपाली महिलाहरुमा भाईचारा ल्याउन सकोस । विकृतिलाई हटाई संस्कृतिको संरक्षण गर्न सकोस । महंगा कपडा , अनावश्यक गहनाहरुमा भन्दा पनि सामान्य तवरमा पर्वलाई मनाउनु पर्छ । तिजलाई नेपाली महिलाहरुले दुःख , सुख विसाउने पर्वका रुपमा विकास गर्नु पर्छ । रेडिमेट सिडिमा बजाईने गित भन्दा पनि आफ्नै मौलिकतालाई झल्काउने गरि विकासका कुरा , शिक्षा , स्वास्थ्य , राजनैतिक परिवेश जस्ता सवालहरुमा गित बनाएरु सबै दिदी वहिनीहरु गाउँमा , टोलमा जम्मा भएर नाचगान गर्नु पर्छ ।
तब मात्रा तिजपर्वलाई जर्गेना गर्न सकिन्छ । दिदी वहिनीहरुले आफ्नो घरको परिस्थिती हेरेर घाँटी हेरेर हार निल्नु पर्छ । धनी वर्गका महिलाले भड्किलो तिज मनाउदा गरीब महिलाले साँझ विहानको छाक टार्न पनि गाह्रो हुने धैरै महिलाहरु छन । गरीब महिलाहरु पर्वमा पनि दुःखी हुन्छन , त्यसैले पर्वलाई सामान्य रुपले मनाउनु पर्छ । अर्को तर्फ कलाकारहरुले पनि उत्ताउला गित गाउन भएन । दिदी वहिनीका दुःख सुखका गितहरु सबै परिवार सँगै बसेर हेर्न मिल्ने गरि कलाकारहरुको कलाकारीता बाहिर ल्याउनु पर्छ । कलाकारले गाउने गितले पर्वको संरक्षण गरि मौलिकता झल्काउनु पर्छ ।
नारीले तिज पर्वलाई सभ्य बनाउनु पर्छ
तिज नेपाली नारीहरुको महानपर्व हो । यस पर्वलाई सबै नारीले सभ्य बनाउनु पर्छ । बिगतका दिनमा पर्वको संरक्षण हुने गरि दिदी वहिनी जम्मा भई दुःख सुखका गित गाउने चलन थियो । दर खाने दिन पनि तिजको अघिल्लो दिन एक मात्र हुन्थ्यो । तर अहिले दरका नाममा दिनहु जम्मा हुने , पार्टी प्यालेस जाने गहना प्रदर्शन गर्ने गरिन्छ । यो राम्रो होइन । यो भडकाइले बिपन्न परिवारका महिलालाई नराम्रो गरि असर पर्न जान्छ । यसबारे सबैले सोच्नु आवश्यक छ । परिवर्तन भन्ने कुराहरु आफैबाट शुरुवाँत गर्नु पर्छ । सोचमा परिवर्तन गर्नु पर्छ । सामान्य रुपले तिज मनाउदा असुरक्षा पनि हुदैन ।
तिज फेसन होइन, परम्परागत संंस्कृति हो :
महिलाहरूको महान चाँड हरितालिका तिज महिलाहरूले राणा काल देखिनै मुक्त हुन कालागि, समाजमा रहेका विकृति विसंगति लाई अन्न्य गर्न , महिला माथी हुने विभेदका घटनाहरूलाई उजागर गरि निरूत्साहित गर्दै आफ्नो विचार भावना व्यक्त गर्दै मनाउने पर्व हो यसलाई अधिकार को वकालतको रूपमा पनि लिन सकिन्छ ।पछिल्लो दिनहरूमा यसलाई परम्परा संस्कार भन्दा पनि महिलाहरू पुतलिका रूपमा सजिने,पार्टी प्यालेसहरु रंगाउने, भड्किलो खालको खानपान, कपडा र प्रतिस्पर्धात्मक रुपमा गहना लगाउने गरि मानिने यो तिजले समाजमा सकारात्मक भन्दा नकारात्मक प्रभाव परेको छ । पुरानो शैली परिवर्तन गरि छाडा सँस्कृति यौनिकता कामुकताको गितहरू बजारमा सर्वत्र छरिएर यसले यौनहिंसालाई अझै प्रसय दिएको छ । यस्ता गलत भाषा शैलिलाई निरूतसाहित गर्न तिजलाई फेसन भन्दा पनि परम्परागत संस्कृतिका रुपमा अगाडि बढाउनका लागि अधिकारको क्षेत्रमा कर्यरत संघ संस्था र राजनिती दलका भातृ संस्थाले नेतृत्व गर्न जरुरी छ ।
पर्व गरीबले पनि खुशी साथ मनाउन सक्ने वातावरण हुनुपर्छ :
नेपाली महिलाहरुको पर्व हरितालिका तिजलाई विकृतिका रुपमा नभई संस्कृतिका रुपमा मनाउनु पर्छ । संस्कृति भन्दा पनि विकृति निम्त्याउने खालका गतिविधिहरु गर्नु पर्छ । वर्ष दिनमा दिदी वहिनीहरुको भेटघाट सुख दुःख विसाउने चौतारीको रुपमा यस पर्वलाई मनाउनु पर्छ । यसरी मनाउदा पर्वको संरक्षण एवं जर्गेना हुन्छ । दिदी वहिनीहरु भेटघाट हुने अवसर प्रदान हुन्छ । तिजलाई भड्किलो बनाउदा गरीबको पनि मन खिन्न हुन्छ । त्यसैलै के गरीब , के धनी सबै मिलेर सामान्य तवरले पर्वलाई मनाउनु पर्छ । पर्वलाई गरीबले पनि खुशी साथ मनाउन सक्ने बातावरण हुनु पर्छ। दर खाने नाममा धनीले ठुला ठुला चार तारे होटलमा खर्चिलो र भड्किलो गरि मनाउनु हुदैन ।