मंगलवार, १४ चैत्र, २०७९

दलित प्रतिकाे व्यवहार र नेपाली समाज

भैरब खबर डटकम, शुक्रबार, ७ जेष्ठ, २०७८

दलित प्रतिकाे व्यवहार र नेपाली समाज

सय थरी बाजा एउटै ताल सय थरी गोडा एउटै चाल भनेर चिनिएको मेरो देश बिकृती र बिसङगतिले भरिएको छ । नेपालमा लामो समय देखि जात प्रथाले जरा गाडेर बसेकाे छ । विःसः२००७ सालमा प्रजातन्त्र प्राप्त भयदेखि जातीय प्रथा र छुवाछूत अन्त्यका लागि विभिन्न प्रयासहरु भएता पनी अन्त्य हुन सकेको छैन । नेपालको संविधान २०७२ काे धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक व्यवस्था गरे पनि अझै त्यसको अन्त्य भने हुन सकेको छैन । जसरी एउटा बगैंचामा सयौं फुलहरुले सुन्दर बनाएको छ ।त्यसरी नै मेरो देशलाई विभिन्न जात धर्मले सुन्दर बनायको कुरा ठुला नामका जात पाएकाले कहाँ बुझे र जात कामका आधारमा विभाजन गरिए पछि तल झरेका जात माथि उठ्न सकेनन त आफ्नो हक विरुद्ध आबाज उठाउन नै सके हुने खानेले हुँदा खानेलाई दबाएर मेरो देशका नेता ठुलाठुला भाषण दिन अगाडि सर्दछन ।

आफ्नो हक र आधिकार लागि आवाज उठाउदा ज्यान गुमाएको कुरा नदेखेकाे पनि हैन आज भन्दा झन्डै तिन हजार बर्ष पहिले देखि जातकाे दैवि अवधारणा विकास भएको पाइन्छ । कानुन बनेन भन्न पनि के भन्ने सयौं कानुन बने तर किताबको पानामा मात्र सिमित रहे यो जात धर्म मानव आफैंले बनाएका सामाजिक व्यवस्था हाे । समाजका टाठाबाठाहरुले कर्मयाेगिहरुकाे श्रम शाेषण गरे बर्तमान हिन्दु समाजमा जग गाडेर बसेकाे छुवाछूत र जातिय भेदभाव जड साेहि समयलाई लिन सकिन्छ । भाडा बनाउने फलामको काम गनेँ सुनकाे काममा खटि रहने शुद्धहरु सिधासाधा हुने हुनाले उनीहरु सधै नै तल्लाे भएर बस्न बााध्य भए ।

शान्त देश भनेर घाेषणा गरिएको मेरो देशमा न त गरिबले नै न्याए पाए न त जातका अाधारमा पिछडिएकाले त्यहि तल्लो जातको नाम दिएका दमैले सिलाएकाे लुगा लगाएर रातो कारपेटमा उभिएर भाषण दिने र घुम्ने कुर्चिमा बस्ने मेरो देशका नेताहरुले त्यही जातलाई अन्यायमा पार्दछन् । यहि जातका कारण समाजमा अशान्त भएको कुरा ठुला जातका नाम पाएकाले कहाँ बुझछन । नेपाल समाजमा जातका कारण धेरै प्रभाव पारेको छ ।

१. सार्वंजनिक पानी पधेरो स्कुल मन्दिर इत्यादि ठाँउमा दलित भएकै कारण अपमानित हुनुपर्ने बिडम्‍बना यथावत् छ ।

२ जातकै कारण गलौजका भाषा अपशब्द सुनुपर्ने मात्र होइन दलितसँग बिहे प्रेम गर्दा गाउँ निकाला हुनुपर्ने यातना हत्या बहिष्कार सहन बध्य पारिने स्थिती अन्त्य हुन सकेको छैन ।

३.कुनै चेली बलत्कार हुन्छे भने तल्लो जातको चेलीले न्याय नै पाउदैनन् । २०४६ दोस्रो लोकतान्त्रिक आन्दोलन पछि मौलिक हकहरुको संख्या थप भएको थियो । राजाको सक्रिय भुमिकालाइ कटौती गरि संबैधानिक राजतन्त्रको सिमित भयो । तेस्रो लोकतान्त्रिक आन्दोलन २०६२/२०६३ २४० बर्ष लामो राजतन्त्रको अन्त्य जन्मका आधारमा होईन कर्मका आधारमा राष्ट्र अध्यक्ष बन्ने स्थापित भयो ।विविधताको सम्मान हुने गरि समावेशि लोकतन्त्रको स्थापना भयाे तर सविधानकाे पानामा मात्र ।

आखिर समाजले परिवर्तन नचाहेको पनि त होइन बाहुन र दमै बीच धुमधामसँग विहे नभएको पनि त होइन ए ठुलो जातका नाम पाएका दानबलाई मृत्युको अवस्थामा लडदा फेरि तल्लो जातको रगत फ़ेरि किन चल्छ त कामका आधारमा विभाजन गरिएको याे जात प्रथा हटाउन शिक्षाको खाचाे छ । मैले एकलै आबाज उठाएर केही हुदैन भनिन्छ नि 'एक थुकि सुकि हजार थुकि नदि' बनी आउ हातेमालो गरौ र हामी पनि एकजुट भएर लागौ र जातीय प्रथाको अन्त्य गरौ ।

सडक नाटक गरौं ,र्याली गरौ, सानो कक्षाको किताब बाट नै जातकाे बारेमा खुलेर प्रस्तुत गरौ, भितामा पोस्टर टासौ, किताबमा सिमित भएको कानुन लागु गरौ, टिभिमा रेडियोमा प्रचार प्रसारण गरौ, अवश्य पनि अन्त्य हुने छ । आउ हात छौपौ र देशलाई छुवाछूत विरुद्ध गराएर बिश्वको उदाहरणीय देश बनाउ हामीले नगरे कस्ले गर्ने? आज नगरे कहिले गर्ने? अब पनि मानिस भएर दानब जस्तो व्यबहार नगरौं सबैलाई सम्मानपुर्ब बाँच्न दिऔ, हाम्रो नेपाल अनि हाम्रो जात नेपाली समाजले गर्ने तिरस्कार नगर्न तिमी र म मिलेर यो समाज बन्ने हो । तिमी समाजले बनाउन खाेजे जस्तो कटपुतलि नबन ।।

नाम निशा पाण्डे

कक्षा ११ मिलेनियम सकेन्डरी स्कुल कानुन संकाय

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif