लेखक/रचनाकार, मंगलवार, १७ फाल्गुन, २०७८
जीवन दिग्विजय गर्न हिँडेका
दुई सजल नेत्रलाई सोधियो
यात्रा रहँदा
लेक लागेर तिर्खा लाग्न सक्छ
बाटो भुलेर
खाजा सकिन सक्छ
अन्नको तिरिन मुखमा हाल्ने व्यवस्था छ
पानीको जोहो गरेका छौ
नाबालक भावमा दुवै नेत्रले स्वीकारे
हामीसँग मात्र छ
– आँसुको पोखरी,
हात्तीबारका काँडालाई पन्साउँदै
कैँयौँ रात अनिँदो भएर
बगुवा बेसी पार गरेको छु
त्यो रौतापोखरी
यो धपिनीवाला डोल खेत
यी नेपालटारका मैदान
भोर जुवामा
हामी न त फुर्केका हौँ
हामी न त ऊ तर्सेका पनि हो
त्यस्तै भोगियो जीवन
त्यस्तै नापियो दुःख कासीमा स्तम्भहरू
जुन हामीले
हाम्रा पुर्खाहरूबाट अंशमा पाएका थियौँ
नआत्तिई
नपात्तिई
मात्र चुपचाप
मात्र गुमसुम
मात्र वाचाल,