सन्ताेष गहतराज, बिहीबार, ९ मंसिर, २०७८
पाल्पा-जिल्लाको तिनाउ गाउँपालिका वडा न ३,ज्यामिरे स्थित आर्दश आधारभुत विद्यालयमा निर्माण हुन लागेको ४ कोठे विद्यालय भवनको सिलान्यास भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बजेट विनियोजन भै निर्माण कार्य शुरू भएको उक्त भवनको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले सिलान्यास गर्नुभएको हो । आर्थिक बर्ष २०७७/०७८ मा निर्माण सम्पन्न गर्ने गरि ७२ लाख रूपैयाँ लागतमा ४ कोठे भवन निर्माण सम्झौता भएको विद्यालयका प्रधानाध्यापक नम बहादुर तरामीले बताउनुभयो ।
भवन सिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले भवन निर्माणले विद्यार्थीहरूलाई सहज रूपमा शैक्षिक ज्ञान हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । तिनाउ गाउँपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो । शैक्षिक विकास भएमा अन्य विकासका पुर्वाधारको सम्भावना हुने भएकोले गाउँपालिकाले शैक्षिक क्षेत्रलाई मध्ये नजर गरि भवन निर्माण,विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण लगाएतका कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत सुन्दर श्रेष्ठले भवन निर्माणले विद्यार्थीहरूलाई सहज अध्ययन गर्न मधत पुग्ने बताउनुभयो । गाउँपालिकाले वदलिदो आधुनिक प्रणाली अनुरूप शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि नयाँ नया प्रविधियुक्त शैक्षिक प्रणालीको विस्तार गरेको बताउनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद शर्मा,सदस्यहरू ओम बहादुर थापा,कृष्ण थापा लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले तिनाउ गाउँपालिकाले साढे चार वर्षको अवधिमा ६ वटा वडामा ५२ वटा विद्यालय भवन निर्माण भएको बताउनुभयो । विद्यालयमा भौतिक पूर्वाधार पूरा गरी गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि गाउँपालिकाले विद्यालय भवन निर्माणमा जुटेको बताउनुभयो ।
अधिकांश विद्यालयहरुमा भौतिक पूर्वाधार निर्माणका काम भएपछि नयाँनयाँ शैक्षिक विषयवस्तुको पठनपाठन समेत सुरु भएका छन् । साढे चार वर्षको अवधिमा गाउँपालिकामा गुणस्तरीय शिक्षाको लागि पहिलो प्राथमिकता पूर्वाधार निर्माणमा जोड दिएर विभिन्न पक्षको सहयोगमा ५२ वटा नयाँ भवनहरु निर्माण भएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताउनुभयो । विद्यालय भवन निर्माणसंगै नयाँ नयाँ विषयवस्तुमा पठनपाठन सुरु भएको छ । सरकारी विद्यालयहरुमा पनि आवासीय विद्यालयको अवधारणा सुरु भएको छ । विद्यालयमा टाढाटाढाबाट आउने बालबालिकाहरु आवासीय सुविधासहित पठनपाठन गर्न पाउने पालिकाका अध्यक्ष घर्तीमगरले बताउनुभयाे ।
तिनाउ गाउँपालिकामा भूकम्प पुनर्निर्माण प्राधिकरणको सहयोगबाट चार कक्षा कोठाका ११ वटा भवन, तीन कक्षा कोठाका छ वटा भवन र दुई कक्षा कोठाका ११ वटा गरी २८ वटा विद्यालय भवन निर्माण भएका छन् । यसैगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आर्थिक सहयोग र गाउँपालिकाको लगानीमा छ कोठे एउटा भवन, चार कोठे चार वटा भवन र दुई कोठे १९ वटा भवन गरी २४ वटा भवन निर्माण भएका छन् । पालिकामा नयाँ ५२ वटा विद्यालय भवन निर्माणसंगै सबैजसो विद्यालयमा शौचालय, खानेपानी, छात्रावासको व्यवस्था, पुस्तकालय, कम्प्युटर ल्याब, भुई बसाइ, बुक कर्नर र सुविधा सम्पन्न फर्निचरहरूको व्यवस्था गरिएको पालिका अध्यक्ष घर्ती मगरले बताउनुभयो । त्यसै मध्ये राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रको आयोजनामा बजेट विनियोजन भइ आर्दश आधारभुत विधालयको ४ कोठे भवन निर्माणकाे लागि प्राप्त भएको बताउनुभयो ।