सन्तोष गहतराज, मंगलवार, ७ चैत्र, २०७९
पाल्पा-५८ औँ अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा आज मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाको आयोजनामा तानसेनको सितलपाटीमा प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति कृष्ण बहादुर रावलले जातीय छुवाछुत मानवीय अपराध हो भन्दै आफ्नो धारणा राख्नु भयो । समाजमा अत्यत्तै जटिल रुपमा रहेको विभेदको अन्त्य गर्न तिनै तहका सरकारका सबै निकायहरुले इमान्दारी पूर्वक काम गर्नुपर्ने बताउनु भएको थियो । अझै पनि जातीय विभेद समाजमा व्याप्त रहेको बताउदै यसलाई हटाउन सबै पक्षको साथ सहयोग हुनुपर्ने जरुरी रहेको बताउनुभयो । प्रदर्शनमा शान्ति समाजका केन्द्रिय सदस्य अरूण ज्ञवालीले सभ्य समाज निर्माणका लागि जातीय विभेदको उन्मुलन गर्नुपर्ने भन्दै नेपाली समाजमा रहेको सबै प्रकारका विभेदको अन्त्य नभई देश सम्बृद्धी नहुने धारणा राख्नु भएको थियो ।
कार्यक्रम नेपाल दलित संघ पाल्पाका विभागीय प्रमुख कृष्ण गहतराजले सरकारले जातीय विभेदको अन्त्यका लागि नीति तथा कार्यक्रमहरू बनाए पनि कागजमा मात्र सिमित रहेको धारणा व्यक्त गर्नुभएको छ । जातीय विभेद नियन्त्रणका लागि बर्सेनि लाखौं बजेट बिनियोजन हुन्छ, नीति तथा कार्यक्रम बन्छन तर व्यवहारमा लागु हुन नसकेको बताउनुभयो । सस्थाले जातीय विभेदको अन्त्यका जुन अभियान सञ्चालन गरेको छ । आगामी दिनमा देशका तिनै तहका सरकारले यसलाई निर्मुल पार्न सन्देश प्रवाह गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । प्रर्दशनीमा सहभागीहरूले समतामूलक समाजको निर्माण गरौ,छुवाछूत मानव विरूद्वको अपराध हो ।,जातीय विभेद उन्मुलन गरौ,छुवाछूतमा संलग्नलाई कारवाही गरौ जस्ता प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । प्रर्दशनीमा मानवअधिकार तथा शान्ति समाजका जिल्ला सहसचिव अशोक घिमिरे,सदस्य केसरी बस्नेत लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल दलित संघ तानसेन नगरका सभापति धुर्ब रणपाल,पत्रकार सन्तोष गहतराज लगायतले समाजमा भएको जातीय विभेदका बिरुद्धमा आआफ्नो धारणा राख्नु भएको थियो ।
प्रदर्शन मानवअधिकार तथा शान्ति समाज पाल्पाका सभापति रेणुका देवकोटाको सभापतित्व,उपसभापति सन्तविर बरालको स्वागत र सचिव सुशीला रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।