बिहीबार, १३ आश्विन, २०७९

advertisement_1659249309.gif

कारागारका कैदिबन्दी महिलासँग तिज मनाउन पुगीन सामाजिक अभियान्ता पन्थी

सन्‍तोष गहतराज, मंगलवार, २४ श्रावण, २०७९

कारागारका कैदिबन्दी महिलासँग तिज मनाउन पुगीन सामाजिक अभियान्ता पन्थी

पाल्पा-नेपाल हिन्दु राष्ट्र हो । हिन्दु नेपालीहरूले दशै,तिहार,तिज लगाएतमा पर्व निकै हर्षोउल्लासका साथ मनाउने गर्दछन । यी पर्वहरू मध्ये हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका तिज हो । तिज भन्ने बित्तिकै घरमा भेगेका पिडा र दुखलाई माइतीघर पुगी बिसाउने पर्वको रूपमा लिने गरिन्छ । तिज नजिकिए सँगै दिदी बैनी भेटहुने,रम्ने रमाउने दर खाने कार्यहरू शुरू भइरहेको छ । यसैबिच सामाजिक अभियान्ता मिना पन्थी भने फरक उधेश्यका साथ तिज मनाइने कार्यमा सरिक हुनुभएको छ । पन्थीले पाल्पा जिल्ला कारागारमा रहेका महिला दिदी बहिनिसँग तिजको दरखाने कार्यक्रम लिएर जिल्ला कारागार पाल्पामा पुग्नु भएको छ । यसै त अभियान्ता पन्थी पाल्पा जिल्लाको सामाजिक कार्यमा अग्रसरताको हिसाब आउने पहिलो नाम हो । 

पन्थीले पाल्पा जिल्लाको पुर्वी बाकामलाङ्ग देखि पश्चिमको बल्डेङ्गढी सम्मका समाज कम अवसर पाएका व्यक्ति समुदाय र संघ सस्थामा पुगी सामाजिक उत्तरदायित्वको भावना स्वरूप सामाजिक कार्यमा अग्रसर रहनु भएको छ । जस्को घरमा चुलो बोल्दैन उस्को घरमा खाधान्न हस्तान्तरण,विद्यालय पढ्न शैक्षिक सामाग्री नभएमा शैक्षिक सामाग्री एवम झोला वितरण देखि समाजमा फरक क्षमता भएका व्यक्तिको घरघर,स्कुल स्कुल पुगेर सामाजिक भावनाले सेवा गर्दै आउनुभएको छ । 

महिला अधिकार कर्मी अभियान्ता पन्थीले कारागारका ३६ जना महिलाहरूसँग यो बर्षको तिजको दरसँगै खाने तयारी गर्नु भएको छ । महिलाहरूको महान चाड हरितालिका तिज ,जुन पर्वमा महिलाहरूले घरको पीडा,दुख आफ्ना माइतमा सुनाउने दिनको तिज रहेको बताउदै कारागारमा रहेका महिलाहरूलाई सहानुभूति दिनका लागि दरखाने कार्यक्रम गर्न लागेको अभियान्ता पन्थीले बताउनुभयो । तिजको अवसरमा परिकार बनाएर लैजान नमिल्ने हुदा कारागार कैदीबन्दी महिलाहरूलाई तिज बिशेष दरखाने कार्यक्रमको लागि १२ हजार रकम हस्तान्तरण गरेको बताउनुभयो । अभियान्ता पन्थीले कारागारका महिलाहरूलाई मात्र होइन कारागारका कैदीबन्दी महिलाहरूका बच्चाहरूलाई समेत पौष्टिक आहार युक्त खानेकुरा हस्तान्तरण गर्नुभएको छ । अभियान्ता पन्थीले बच्चाको वृद्धि विकास एवम बैद्विक विकास टेवा पुर्याउने उधेश्यका साथ पौष्टिक युक्त खानेकुरा हस्तान्तरण गर्नु भएको छ । 

हरेक क्षेत्रमा भबितब्यबाट हुने कार्यको सजाय भोगेका, राज्यको कानुनी दायरामा परेकाहरुको पनि मानब अधिकारको हक सबै मानव सरह बराबर ठान्ने पन्थी सोहि बिचार लियर कारागारका महिला दिदी बैनिसित पुग्नु भयको हो । बिश्वमा महामारीको रूपमा फैलिएको कोरोनाको समयमा पनि पन्थीले स्वास्थ्य सामाग्री लिएर कारागार पुग्नु भएको थियो । पाल्पा जिल्लाको शैक्षिक,राजनीति, सामाजिक क्षेत्र लगाएत अन्य क्षेत्रमा अब्बल रहनुभएकी पन्थी नेपाल महिला संघ पाल्पाकि उपाध्यक्ष समेत रहनुभएको छ । शिक्षण पेशामा रहदा नेपाल शिक्षक संघकी केन्द्रीय सदस्य समेत रहनुभएकी अभियान्ता पन्थीले महिला एवम एकल महिलाहरूको हक हित र अधिकारको लागि आवाज उठाउदै आउनु भएको छ । 

बिशेष समय परिस्थितिका कारण कारागार रहेका दिदि बैनीहरूलाई हरितालिका तिजको अवसरमा उत्साहित बनाउनका लागि दरखाने कार्यक्रम आयोजना गरेको बताउने पन्थीले आगामी दिनमा महिलाहरूलाई स्वास्थ्य खानेपानी पिउनमा लागि खानेपानी शुद्धीकरण मेसिन अर्थात वाटर गार्ड जडान गरिदिने बताउनुभयो । कारागारका रहेका कैदीबन्दीहरूलाई सरकारले सबै व्यवस्था गरेको छ ,भन्ने दृष्टिकोण रहेको र  अन्य व्यक्ति एवम सस्थाको नजर नपुगेको परिस्थितिमा सामाजिक अभियान्ता पन्थीले भने पृथक एवम उदाहरणीय कार्य गर्नु भएको छ ।

कारागारका कैदिबन्दी महिलासँग तिज मनाउन पुगीन सामाजिक अभियान्ता पन्थी

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif