मंगलवार, १४ चैत्र, २०७९

कार्यकर्तामा उर्जा प्रदान गर्न पाल्पामा कांग्रेसको पालिकाहरुमा घुम्ती बैठक

भैरब खबर डटकम संवाददाता, बुधबार, ४ माघ, २०७९

कार्यकर्तामा उर्जा प्रदान गर्न पाल्पामा कांग्रेसको पालिकाहरुमा घुम्ती बैठक

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाले जिल्लाका प्रत्येक पालिकामा घुम्ती बैठकको सुरुवात गरेको छ ।
प्रत्यक पालिकामा घुम्ती बैठक बस्ने पार्टीको योजना अन्तर्गत पाल्पा क्षेत्र नं २ का ५ वटा पालिकामा घुम्ती बैठक सम्पन्न गरिसकेको सभापति हिमाल दत्त श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नं १ मा यहि ७ गते सम्म घुम्ती बैठक सम्पन्न गर्ने सभापति श्रेष्ठले बताए ।
घुम्ती बैठक गाउँ र जिल्लाका नेतागण तथा निर्वाचित जनप्रतिनिधीबीचको सामिप्यता कायम गर्ने बलियो अस्त्र सावित भएको उनको भनाई छ ।

विद्यमान राजनैतिक घटनाक्रमका कारण गाउँ तहका पार्टीका कार्यकर्ताहरु निरुत्साहित र निष्क्रिय नहुन् भन्ने उदेस्यले पालिकामा जिल्लाका कार्यसमितिको बैठक बस्ने योजना बनाइएको सभापति श्रेष्ठले बताए ।
३० वर्षे पन्चायत र माओवादीको ससस्त्र बिद्रोहको अवस्थामा समेत कांग्रेस जिवन्त, अडिग र अटल रहेको बताउँदै उनले कार्यकर्ताहरुका गुनासा सुन्दै उनिहरुमा थप उर्जा प्रदान गर्न घुम्ती बैठक राखेको बताए ।

जिल्ला कार्यसमिति पदाधिकारिको उपस्थितिमा सम्बन्धित पालिकाका विभिन्न तहमा रहेका पार्टीका पदाधिकारी तथा सदस्यहरुसहित हुने घुम्ती बैठक वर्तमान राजनैतिक घटनाक्रम र पार्टी प्रतिको वितृष्णा बारे भ्रम र यथार्थ चिर्ने एक अस्त्रको रुपमा उपयोग गरिएको नेपाली कांग्रेस पाल्पाले जनाएको छ ।
पार्टीमा मात्रै नभएर अन्य सामाजिक संघ संस्थामा नेपाली कांग्रेसले कसरी प्रतिनिधित्व गर्ने र जनप्रतिनिधि सँग कसरी सामिप्यता र समन्वय गर्ने भन्ने विषयमा समेत बैठकमा छलफल भएको पार्टी सभापति श्रेष्ठले बताए ।

उनले भने–‘नेपाली कांग्रेस पार्टी बहस, विचार र लोकतान्त्रिक पार्टी भएकाले कदापी कम्पनी बन्न सक्दैन्, यदि कुनै नेतृत्वले कम्पनी ठान्छ भने त्यो मुर्खता हो । अहिलेको राजनीतिमा फरक विचारधारको गठबन्धन ठगबन्धनमा सावित भएकाले पार्टीले कम्युनिस्टको विश्वास नगर्ने र आफैं बलियो संगठन बनाएर एकतावद्ध रहने सवक सिक्नुपर्दछ । पार्टीहरु प्रतिको वितृष्णा जनतालाई समयसापेक्ष निर्विकल्प रहेकाले पार्टी शुद्धिकरणमा रहने र शुद्धीकरणको अभियानमा लागेका नेतृत्वको अभियानलाई साथ दिन जरुरी छ ।’

नेपाली कांग्रेस पाल्पाले आयोजना गरेको घुम्ती बैठक नेपाली राजनीतिकै नौलो अभ्यास भएको सचिव सुनिता अधिकारिले बताइन् । आम निर्वाचन पश्चात् नेपाली कांग्रेस पाल्पा अझ सक्रिय तवरले गाउँ गाउँ पुगेर जनगुनासो बुझ्ने र निष्क्रिय कार्यकर्तालाई पुन क्रियाशील बनाउन कटिबद्ध रहेको बताउँदै उनले माघको पहिलो हप्तामा सिंगो पाल्पाका प्रत्येक वडामा घुम्ती बैठक सम्पन्न गर्ने योजना रहेको जानकारी दिइन् ।

घुम्ती बैठकले पार्टी आफ्नो घरदैलोमा आएको महुशुस गरी कार्यकर्तालाई थप प्रेरणा मिलेको प्रवक्ता शोभाखर न्यौपानेले बताए ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif