सन्तोष गहतराज, शनिबार, ७ माघ, २०७९
पाल्पा -लियो क्लब अफ पाल्पाको आयोजना, रम्भा गाउँपालिकाको सहयोग,युनाइटेड मिसन अस्पतालको प्राबिधिक सहयोगमा ताहु प्राथमिक स्वास्थ्य केन्द्रमा बृहत् रक्तदान कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले रक्तदान गर्नु जीवन दान गरे जतिकै पुण्यको कार्य रहेको बताउनुभयो । सामाजिक सस्थाले सामाजिक उत्तरदायित्वको भावना स्वरूप रक्तदान कार्यक्रम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा क्लबसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा बिशिस्ट अतिथि रम्भा गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ,विशिष्ट अतिथि ताँहु प्राथमिक स्वास्थ्य केन्द्र ताँहुका प्रमुख डाक्टर विवेक पौडेल,अतिथि ताहु प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक फिरोज श्रेष्ठ ,औषधी ब्यबसाय संघ पाल्पाका अध्यक्ष बिष्णु के सि ,प्रहरी चौकि ताहुका प्रमुख याम बहादुर पुन, ग्लोबल आई एम इ बैंक ताहुका प्रबन्धक प्रबिन देब पन्त,युनाइटेड मिसन अस्पतालका सब इन्चार्ज गुन्जा गुरुङ ,कार्यपालिका सदस्य नानू कुमारी गन्धर्व ,कार्यपालिका सदस्य नेत्र बि क, युवा परिषद पाल्पाका सचीव दान बहादुर कार्की र अन्य स्वास्थ्यकर्मी,व्यापारी,समाजसेबिको उपस्थित रहेको थियो । कार्यक्रममा ३७ जनाले रक्तदान गर्नु भएको छ । पाल्पामा रगतको माग बढी भएको र रक्तदाता कम भएको र बिरामीहरुको लागि रगतको अभावले गर्दा जटिल शल्यक्रिया रोकिने हुँदा टाढा टाढाबाट आउनी बिरामीले सहज तरिकाले उपचारको पहुच पुगोस भन्ने हेतुका साथ कार्यक्रम गरिएको कार्यक्रमको संयोजक तथा संचालक अजय कार्कीले जानकारी दिनुभयो । कार्यक्रम क्लबका अध्यक्षता लियो कमल ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।