सन्तोष गहतराज, सोमबार, १५ जेष्ठ, २०८०
पाल्पा -मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाले जेष्ठ १५ गते अर्थात आज १६ औ गणतन्त्र दिवसको अवसरमा " तीन तहको सरकार देशमा सुशासन पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर " लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यता अनुरुप आचरण गर भन्ने नाराको साथमा शान्तिपूर्ण -याली सहित कोणसभा गरि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम शाखा सभापति रेनुका देवकोटाको सभापतित्वमा र कार्यक्रम संयोजक रविन्द्र आचार्यकाे स्वागतमा सम्पन्न भएको थियाे । कार्यक्रममा राष्टिय हाँस्यव्यंग्य कलाकार सूर्य प्रसाद चापागाईं ज्यूको मन्तव्य पाल्पाली हाँस्यव्यङ्ग्य कलाकार किरण चित्रकार साहित्यकार,चित्रवलीराम सुवालको उपस्तिथिमा केन्द्रिय कार्यवाहक सभापति कृष्ण रावलको प्रमुख वक्तव्य सहित राष्टिय जनमोर्चाको सह सचिव नरमती सिंन्जाली तानसेन ६ को वडाध्यक्ष सागरमान महर्जनले मन्तव्य राख्नु भएको थियाे । शान्ति -र्यालीमा सेन माध्यमिक विद्यालय, पाल्पा आवासीय माध्यमिक विद्यालय पद्द्म पव्लिक मा वि, महेन्द्रबोधी मा वि सहित विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियाे ।
कार्यक्रमका प्रमुख वक्ता रावलले राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस रहेको बताए । निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा दिनकाे सम्झना गणतन्त्र मनाइने बताउदै विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको बताए । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । जनताले लामाे जनसंघर्षबाट गणतन्त्र प्राप्त गरेता पनि अझै गणतन्त्र अनुभुती गर्न भने नसकेको जिकिर गर्दै सम्पूर्ण राजनीति दलका नेताहरूले संघीय लाेकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्था अनुरूप जनताले अनुभुती गर्ने गरि जनपक्षमा रहेको काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
र्याली तानसेनकाे टुडिखेल,बसपार्क,सिल्खानटाेल,सित्तल पाटी नारायण स्थान हुँदै पुन टुडिखेलमा पुगी काेण सभामा परिणत भएको थियाे । कार्यक्रमकाे सञ्चालन शाखा सचिव सुशीला रेग्मीको संचालनमा सम्पन्न भएको छ ।