सन्तोष गहतराज, मंगलवार, १३ मंसिर, २०७९
पाल्पा- जिल्लाकाे रैनादेबी छहरा गाउँपालिका वडा न ४ मेहलढापकाे महाकाली माद्यामिक बिधालयको ५९ औं बार्सिकउत्सब तथा अभिभावक दिबसको अबसरमा रैनादेबी छहरा गापा भित्रका माबी र सेवा क्षेत्रको बिद्यालयलाई समेटी आयोजना गरिको अन्तर माबी स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न भयको छ । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष टेकराज पोखरेलको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा ७ वटा बिद्यालयको सहभागिता रहेको थियो ।
कार्यक्रममा भगवती माबीका शिक्षक मित्रलाल भट्टराई ,सत्यबती माबीका शिक्षक मान ब रेश्मी गङ्गा मा बिका भुसण पोखरेल ,भैरब नबदिप मा बि का सन्दिप थापा साथै रमेश पौडेल ,कृष्ण खत्री ,मनोज खाम्चा लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा प्रथम भगवती माबी ,दित्तिय भैरब नबदिप मा बि ,तृतीय जोगवाणी माबी भएका छन । प्रथम ,दित्तिय र तृतीय हुने बिधालय लाई क्रमश रु ५ हजार,३ हजार र २ हजार सहित सम्पुर्ण बिद्यालयलाई सम्मान पत्र,शैक्षिक सामग्री प्रदान गरिएको थियो । भगवती माबीका शिक्षक मित्रलाल भट्टराईले महाकाली माबीले सबै बिद्यालयलाई समेटी यो कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि बिद्यालयको उन्नति प्रगतीको कामना सहित आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्न सुझाब दिनुभएको छ । शिक्षक बिष्णु कोइरालाको स्वागत मन्तव्यबाट सुरु भयको कार्यक्रममाको सन्चालन सुबास पोखरेल र चन्द्रमणी पौडेलले गर्नुभयको थियो ।