बुधबार, २० मंसिर, २०८०

नेपाल एशाेसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स पाल्पा च्याप्टरले मनायो विश्व पर्यटन दिवस

सन्‍तोष गहतराज, मंगलवार, ११ आश्विन, २०७९

नेपाल एशाेसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स पाल्पा च्याप्टरले मनायो विश्व पर्यटन दिवस

पाल्पा-जिल्लाको पर्यटन क्षेत्रको विकास गर्नका लागि स्थापित सस्था नाटा पाल्पा च्याप्टरले विश्व पर्यटन दिवस मनाएको छ । सस्थाले तानसेनको बतासे डाडाको प्याराग्लाइडिङ्ग क्षेत्रमा सरसफाइ, साइकल र्याली तथा प्याराग्लाइडिङ्ग मार्फत विश्व पर्यटन दिवसको नारा लिखित व्यानर र नेपाली पहिचान बोकेको राष्ट्रिय झण्डा आकाशमा फर्फराएर विश्व पर्यटन दिवस भव्यताका साथ मनाएको हो । पाल्पामा कोभिड पछि सुस्ताएको पर्यटन व्यवसायलाई पुर्नतार्जकि गर्ने हेतुका साथ सस्थाले अभियानको शुभारम्भ  समेत गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाई मन्त्री माननीय वीर बहादुर रानाले कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री रानाले पाल्पा जिल्ला प्राकृतिक एवम मानव निर्मित ऐतिहासिक कला सस्कृतिले भरिपूर्ण जिल्ला रहेको बताउनुभयो । जिल्लामा पर्यटनको लागि प्रचुल सम्भावना छन । प्रेमको प्रतिक रानी महल,प्राकृतिक पर्यटकिय स्थल श्रीनगर,एसियाको सबै भन्दा ठुलो ढोका,रणउज्जेश्वरी भगवती मन्दिर,भैरव स्थान,ऋषिकेशव मन्दिर लगाएतका धार्मिक एवम प्राकृतिक पर्यटकिय स्थलहरू रहेको बताउनुभयो । यस्को संरक्षण र सवर्धन गर्नका लागि स्थानीय र प्रदेश सरकारले अझ परिस्कृत रूपमा ध्यान दिनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले तानसेनको पर्यटन व्यवसायको संरक्षण एवम सवर्धनमा गम्भीरता पुर्व लिएको र आगामी दिनमा तानसेन पर्यटन क्षेत्रको विकासका लागि पहल गर्ने  बताउनुभयो । 

कार्यक्रममा नाटा पाल्पा च्याप्टरका सस्थापक अध्यक्ष प्रदिप प्रसाद उदयले सस्थाले स्थापना काल देखि नै पाल्पा जिल्लाको समग्र पर्यटन व्यवसाय विकासका गर्न आफ्ना कार्यहरूलाई केन्द्रीत गरि सशक्त रूपमा अगाडि बढाएको बताउनुभयो । साथै कोभिड पछि समग्र पाल्पाको पर्यटन क्षेत्रमा केही कमि देखिएकाले आगामी दिनमा अझ पर्यटक आकर्षित गर्ने खालका कार्यक्रमलाई बढ्वा दिनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा नाटा पाल्पा च्याप्टरका पुर्व सचिव एवम तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,तानसेन नगरपालिकाका प्रवक्ता यादब सि कार्की,समाजसेवी मनमोहन श्रेष्ठ,तानसेन नगरपालिकाका प्रमुख प्रशासकृय अधिकृत जीवन ज्ञवाली,तानसेन नगरपालिकाका सामाजिक विकास अधिकृत भरत आर्चाय,सस्थाका सल्लाहकारहरू  लगाएत सस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजित साइकल र्याली तानसेन टुडिखेलबाट शुरू भइ पेट्रोल पम्प,कैलास नगर,होटल अन्नपूर्ण,नारायण स्थान हुँदै पुन टुडिखेलमा आइ समापन भएको थियो । भने तानसेनको बतासेडाडाको प्याराग्लाइडिङ्ग स्थलबाट विश्व पर्यटन दिवसको नारा सहितको व्यानर र राष्ट्रिय झण्डा फरफराउदै तानसेन बजारको आकाशमा प्याराग्लाइडिङ्गको माध्यमबाट बजार परिक्रमा गरिएको थियो । 

कार्यक्रमका सस्थाका अध्यक्ष राजिव कुमार साहले पाल्पा पर्यटन क्षेत्रको विकास गर्न पुन सोचौ भन्ने अभियान सञ्चालन गरिने बताउनुभयो । कोभिड पछि सुस्ताएको पाल्पाको पर्यटनलाई पुर्न ताजकि प्रदान गर्ने गरि सस्थाले अभियान सञ्चालन गर्ने बताउनुभयो ।  विश्व पर्यटन दिवसको अवसरमा तानसेन बतासेडाडाको प्याराग्लाइडिङ्ग क्षेत्र सरसफाइ,साइकल र्याली र प्याराग्लाइडिङ्ग मार्फत तानसेनको आकाशमा राष्ट्रिय झण्डा र विश्व पर्यटन सहितको व्यानर फरफराइएको बताउनुभयो ।  कार्यक्रम सस्थाका सचिव सतिश राज शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपाल एशाेसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स पाल्पा च्याप्टरले मनायो विश्व पर्यटन दिवस

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg