मंगलवार, १४ चैत्र, २०७९

निस्दीमा माघ १३ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

भैरब खबर डटकम संवाददाता, शुक्रबार, ६ माघ, २०७९

निस्दीमा माघ १३ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

हाेम राई मगर 
पाल्पा – निस्दी गाउँपालिका पाल्पामा आगामी माघ १३ गते शुक्रबार देखि राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने भएको छ । स्थानीय तह स्तरीय राष्ट्रपति राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक मुक्त बहादुर सारुको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी माघ १३,१४ र १५ गते निस्दीको खेल मैदान झ्याल्टुङ्गमा विभिन्न बिधाका प्रतियोगिताहरु सन्चालन गर्ने निर्णय गरेको छ ।

जस अन्तर्गत छात्र-छात्रा भलिबल प्रतियोगिता,१०० मिटर,२०० मिटर,४०० मिटर र ८०० मिटर दौड प्रतियोगिता,हाइजम्प,लङजम्पका साथै एथलेटिक्स,शटपुट लगायतका बिधाहरु समावेश गरिएको सदस्य सचिब केश बहादुर सुनारीले बताउनुभयो । त्यसैगरी बैठकले प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जस अनुसार भलिबल तर्फ उमेश कुमार गाहा,एथलेटिक्स तर्फ पशुपति रेग्मी,मैदान व्यवस्थापन तर्फ रन बहादुर गाहा र अतिथि सत्कार तर्फ खेमौती आलेको संयोजकत्वमा उपसमिति गठन गरिएको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले जानकारी गराउनु भएको छ ।

युवा तथा खेलकुदको बिकासमा जोड दिएको निस्दीले आगामी योजना तथा कार्यक्रममा समेत युवाहरुको आवश्यकता र पहिचानको लागि जोड दिइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif