बुधबार, १७ आश्विन, २०८०

नाट्टा पाल्पा च्याप्टर, तानसेन टुरिजम एक्शन कमिटि तथा पाल्पा साइकल संघले पर्यटन दिवस मनाउने

सन्‍तोष गहतराज, आईतवार, ९ आश्विन, २०७९

नाट्टा पाल्पा च्याप्टर, तानसेन टुरिजम एक्शन कमिटि तथा पाल्पा साइकल संघले पर्यटन दिवस मनाउने

पाल्पा-नाट्टा पाल्पा च्याप्टर, तानसेन टुरिजम एक्शन कमिटि तथा पाल्पा साइकल संघले विविध कार्यक्रमको आयोजना गरि पर्यटन दिवस मनाउने भएको छ । 

असोज ११ गते अर्थात २७ सेप्टेम्बरका दिन Rethinking Tourism नाराका साथ विश्व पर्यटन दिवश मनाउने नाटा पाल्पा च्याप्टरका जिल्ला अध्यक्ष राजिव कुमार शाहले जानकारी दिनुभयो । कोभिडको समय पछि सुस्ताउदै गएको पाल्पाको पर्यटन पुन जिवितिकरण गर्ने र पर्यटकको आगमन वृद्धि गर्ने उधेश्यका साथ कार्यक्रम आयोजना गर्न  लागिएको हो । पाल्पा जिल्ला प्राकृति,धार्मिक,ऐतिहासिक कला,सस्कृति रितिरिवाजले भरिपूर्ण जिल्ला हो । विगतको समयमा पाल्पाका पर्यटकिय क्षेत्रहरूको अवलोकन गर्न आन्तरिक एवम बाह्य पर्यटकको घुइँचो लाग्थो तर कोभिडको समय पछि पाल्पामा पर्यटकहरूको आगमनमा कम भएको छ । त्यसैले नाटा पाल्पा च्याप्टरले पर्यटकिय स्थलहरूको प्रचार प्रसार गरि पाल्पाको पर्यटनलाई पुन जिवितिकरण गर्नका लागि सन्देश प्रवाह गर्ने गरि कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष साह बताउनुभयो । 

पर्यटन दिवस अवसर पारि पर्यटकिय सम्भावना बोकेको पर्यटकिय स्थल बतासेडाँडाको प्याराग्लाइडिङ्ग क्षेत्र वरपर सरसफाइ गर्ने,नेपालको राष्ट्रिय पहिचान बोकेको राष्ट्रिय झण्डा प्याराग्लाइडिङ्ग मार्फत तानसेन बजार फरर्फराएर परिक्रमा गरिने र साइकिलिङ्ग र्याली गरिने गरि पर्यटन दिवस मनाइने छ । पाल्पामा कोभिड पछि सुस्ताएको पर्यटन व्यवसायलाई नाटा पाल्पा च्याप्टरले पुनजिवितिकरण गर्ने गरि योजनाका साथ अगाडि बढ्ने नाटा पाल्पा च्याप्टरका अध्यक्ष साहले बताउनुभयो । 


कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री माननीय मन्त्री विर बहादुर रानाको प्रमुख आतिथ्यता र  नाट्टा पाल्पा च्याप्टर, तानसेन टुरिजम एक्शन कमिटि (TACT)  तथा पाल्पा साइकल संघको सहकार्यमा पर्यटन दिवस भव्यताका साथ मनाउने पाल्पा साइकल संघले जनाएको छ ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1682412186.jpg
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif
advertisement_1687345401.jpeg
advertisement_1687400319.jpg
advertisement_1687490009.jpg
advertisement_1687490043.jpg
advertisement_1687494158.jpg
advertisement_1687490073.jpg
advertisement_1687662807.jpg
advertisement_1687662910.jpg
advertisement_1687662959.jpg
advertisement_1687688098.jpg
advertisement_1687691041.jpg
advertisement_1687691183.jpg