बिहीबार, १३ आश्विन, २०७९

advertisement_1659249309.gif

२८ औ विश्व आदिवासी दिवस पाल्पामा पनि मनाइयो

सन्‍तोष गहतराज, मंगलवार, २४ श्रावण, २०७९

२८ औ विश्व आदिवासी दिवस पाल्पामा पनि मनाइयो

पाल्पामा २८ औँ विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदीवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पाल्पाको आयोजनामा दिवस मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उर्जा ,जलस्रोत तथा सिचाई मन्त्री वीर बहादुर रानाले कार्यक्रमको शुभारम्भ गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले आदिवासीहरूको खोज गरि मुल प्रवाहमा ल्याउन आदिवासि जनजाति स्थापना भएको बताउनुभयो । विगतका दिनमा आदिवासी जनजातिहरूको अवस्था कस्तो थियो । वर्तमान परिपेक्षमा अवस्था कस्तो छ त्यस्को बारेमा गम्भीर भएर सोच्नु पर्ने बताउनुभयो । राज्यले  आदीवासी जनजातिहरूलाई  मुल प्रवाहमा ल्याउन एक दलिय शासन व्यवस्थालाई अन्त्य गरि  संघिय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा परिकल्पना भएको  बताउनुभयो । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आए पनि  आदिवासी जनजातिहरूको हक अधिकारलाई सुनिश्चितता गराउनका लागि संविधानमा लेखेका कुराहरू कार्यावन्य भए नभएको मुल्यांकन गर्नुपर्ने बेला आएको बताउनुभयो ।


 मानिससँग चेतना छ तर शिक्षा छैन भने त्यस्ले अर्थ नराख्ने बताउदै अब हरेक समुदायका नागरिकलाई शिक्षिक बनाई सशक्त बनाउनुपर्ने बताउनुभयो । माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर जिदीले आदिवासी जनजातिहरूले  विभिन्न आन्दोलन गरि प्राप्त गरेको  हक अधिकारको सुनिश्चितता गराउन राज्यले गरेको व्यवस्था व्यवहारमा लागू भएको छ वा छैन भनी  हेर्नू पर्ने बेला आएको बताउनुभयो । आदिवासी र मुलबासि बिच जुन विभिन्न रहेको छ । यस्ले दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो । आगामी दिनमा समस्या समाधान गर्न आदिवासी जनजाति र मुलबासी एक भएर अगाडि बढ्नु पर्ने बताउनुभयो । 

पुर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले नेपाल आदिवासी जनजाति दिवस, दिवसमा मात्र सिमित भएको बताउदै अन्य समयमा पनि यस्लाई निरन्तरता दिनुपर्ने बताउनुभयो । आदिवासी जनजातिहरूको बारेमा संविधानले  जनजातिहरूको हक हित र अधिकारको बारेमा  जानकारी दिनुपर्ने बताउनुभयो ।  मातृभाषा संरक्षण , आदिवासी जनजाति भाषा र भेषभुषा संरक्षणमा ध्यान दिनुपर्ने आवश्यक रहेको बताउनुभयो । नेपाल कुमाल सुधार समितिका अध्यक्ष अन्नत कुमालले देशमा संघियता आएता पनि जनजातिका हक अधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो । नेपालको ४ स्थानीय तहमा मात्र कुमाल भाषाको प्रयोग हुने गरेको बताउदै राज्यले यस्को संरक्षणमा ध्यान जानुपर्ने बताउनुभयो । 

बगनाकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी,तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत बिष्णु घर्तीले नेपाल आदिवासी जनजातिहरूको बारेमा कार्यपत्र पेश गर्नु भएको थियो । कार्यक्रमको अवसरमा पाल्पाका १० स्थानीय तहका प्रमुख ,उप्रमुख लगाएत वडा अध्यक्षहरूलाई सम्मान गरिएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ पाल्पाका अध्यक्ष केहर सिंह राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२८ औ विश्व आदिवासी दिवस पाल्पामा पनि मनाइयो

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif