चुरामणि तिमिल्सिना, शनिबार, ११ मंसिर, २०७८
पाल्पा – पाल्पाको तानसेन–१४ अर्गली कुँडापानीमा मालबहाक ट्रक दुर्घटनाग्रस्त भएको छ । बुटवलबाट ह्युमपाइप बोकेर कपिलबस्तुबाट पाल्पा हुँदै रिडीतर्फ आइरहेको लु २ ख ४४२० नम्बरको ट्रक शनिबार दिउँसो साढे ४ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । प्रहरीका अनुसार ट्रकका चालक सहचालक फरार रहेका छन् । ट्रकमा तीन जना रहेकाे प्रहरीले जनाएकाे छ । फरार रहेका मानिसकाे खाेजि कार्य भइरहेकाे अर्गली प्रहरीले जनाएकाे छ । ट्रक सडकदेखि १५ मीटर तल खसेकाे छ ।