सन्ताेष गहतराज, मंगलवार, ७ मंसिर, २०७८
नेपाली कांग्रेस क्षेत्र नं. २ का लागि क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी निर्वाचित भएका छन् । जिसी ४ सय ६० मत प्राप्त गरेर विजयी बन्दा प्रतिस्पर्धी यादवसिंह कार्कीले २ सय १४ मत प्राप्त गरे ।
कुल ७ सय ४ मत खसेकाे थियाे । यस्तै पदाधिकारी भने निर्विरोध निर्वाचित भएकाे हाे । यस्तै केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ वीर बहादुर राना ५४४, हिमाल दत्त श्रेष्ठ ५२३, कृष्ण प्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजर सिंह केसि ४७३, लालकुमारी राना ४३८, शंकर रायमाझी ४३०, विधान प्रसाद श्रेष्ठ – ४२४, यमलाल तिमिल्सिना -४२१, रामेश्वर पन्थी- ३४४, राम कार्की ५१४, सुनिता अधिकारी -४९८, शान्ता बोहोरा ४८६,धनकला गाहा ४५३, केन्द्रिय महाधिवेशन प्रतिनिधि ( आ.ज. खुल्ला तर्फ) राजेन्द्र गोपाल सिंह -५०६, कृष्ण बहादुर राना- ४९०, नल बहादुर राना मगर – ४८५ केन्द्रिय महाधिवेशन प्रतिनिधि [ दलित तर्फ) लक्ष्मण हिताङ – ४३७ मत सहित विजयी भएका हुन् ।
जिल्लाका नेताहरू दुइ गुटमा विभाजन हुँदा सहमति हुन नसकेकाे हाे । वर्तमान सभापति वीर बहादुर राना पक्षिय नेताहरू विजयी भएकाे बताइएकाे छ । दुइ क्षेत्रमा पाल्पाबाट ५३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित समेत हुनेछन् । जिल्ला अधिवेशन मंसिर १० गते हुने मिति निश्चित भएसँगै नेपाली काँग्रेस, पाल्पाकाे सभापति पदका लागि समेत छलफलहरू अगाडी बढेका छन् ।
जिल्ला सभापति तथा जिल्ला कार्यसमितिकाे निर्वाचनका लागि समेत क्षेत्रबाट प्रतिनिधि हुनेपर्ने प्रावधानका कारण यस निर्वाचनलाइ महत्वपूर्ण रूपमा हेरिएकाे छ ।