सन्तोष गहतराज, शुक्रबार, ९ मंसिर, २०७९
पाल्पा क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यका लागी नेकपा एमालेका नारायण प्रसाद आचार्य बिजयी हुनुभएको छ ।
उहाँले ३११०३ मत प्राप्त गरि बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्प्रधी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २०२५६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै स्वतन्त्र उम्मेद्धार विपिन कडेलले २८६३ मत ,थम्मनबहादुर बुढा मगर मंगोल नेशनल अर्गनाइजेसनले १९१६ मत, ज्ञानबहादुर सिंजाली राष्ट्रिय प्रजातन्त्र पार्टीले २४४ मत , उजिर सिं दर्लामी राष्ट्रिय जनमुक्ति पार्टीले १०९ मत, मेहरमान राना जनता समाजवादी पार्टीले ५० मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ ।