भैरब खबर डटकम संवाददाता, बुधबार, ८ मंसिर, २०७८
पाल्पा–पाल्पामा ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका १ जना र रिब्दीकोट गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल २० जनाको कोरोना परीक्षण गरिएकोमा ३ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले बुधबार ९ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३७ पुगेको छ ।