भैरब खबर डटकम संवाददाता, सोमबार, १५ जेष्ठ, २०८०
पहिलो खेलमा पाल्पा ११ विजयी
पाल्पा फुटवल संघको आयोजनामा तानसेनको टुडिखेल मैदानमा सोमबार बाट कर्णेल उजीरसिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता शुरु भएको छ । पहिलो खेलमा पाल्पा ११ विजयी भएको छ । पाल्पा ११ ले रुपन्देहीको लिस्नु क्लब लाई २ गोलले पराजित गरेको हो । पाल्पा ११ को तर्फबाट १२ नंं खेलाडी आशिष रानाले २ गोल गरी टिम लाई विजयी बनाएका हुन । पाल्पाका खेलाडी रानाले हाफ टाईम अघी एक र हाफ टाइम पछी दोस्रो गोल गरेका हुन । रुपन्देहीको लिस्नु क्लवले पाल्पा ११ लाई पटक दवावमा राखेपनि गोल गर्न सकेन ।
प्रतियोगितामा १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पाल्पा ११ र लिस्नु क्लबका साथै फोर ब्रदर्श नवलपरासी (पश्चिम), रोडस् रामपुर फुटबल क्लब चितवन, गार्डेन फुटबल क्लब पोखरा, बीर गोर्खाली लखनउ भारत रहेका छन् ।
यस्तै समूह ‘बी’ मा रुपन्देही ११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङ्जा वालिङ, स्वयम्भु युथ क्लब काठमाडौ, विष्णुपादुका युथ क्लब पोखरा, दि फेमश महिन्द्र दल गण पाल्पा रहेका छन् ।
११ खेल हुने प्रतियोगितामा दैनिक एक मात्र खेल हुनेछ । जेठ २७ गते शनिबार फाइनल खेल हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद ३ लाख, दोस्रो हुने टिमले नगद १ लाख ५० हजार, पाल्पाली करुवा ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले जानकारी दिए । आजको प्रतियोगितामा पाल्पा ११ आशिष राना म्यान अफ दि म्याच भएका छन । प्रत्येक दिनको म्यान अफ दि म्याच लाई नगद ३ हजार दिइने छ भने उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिनेछ । प्रतियोगिताको प्रदेश खेलकुद परिषद लुम्विनीका सदस्य सचिव जयप्रकाश भट्टराले प्रतियोगिताको शुभारम्भ गरेका थिए । पाल्पामा ३३ बर्ष पछि गोल्ड कप खेलिएको हो ।