शुक्रबार, १७ असार, २०७९

पाल्पामा शिक्षकहरूले शुरू गरे कल्याणकारी शिक्षक बहुउद्देश्य सहकारी

भैरब खबर डटकम संवाददाता, आईतवार, ८ जेष्ठ, २०७९

पाल्पामा शिक्षकहरूले शुरू गरे कल्याणकारी शिक्षक बहुउद्देश्य सहकारी

पाल्पा- शिक्षक भन्ने बितिकै विद्यालयमा अध्यापन गराउने व्यक्तिलाई चिनिन्छ । हाे त्यहि विद्यालयमा अध्यापन गराउने पाल्पाका शिक्षकहरूले जिल्लामा छुट्टै कामकाे शुरूवात गरेका छन । जिल्लामा पहिलो पटक सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले छुट्टै सहकारी सञ्चालनमा ल्याएका छन् ।  नेपाल शिक्षक संघ पाल्पामा आवद्ध १ सय ४१ जना सदस्य शिक्षकहरुले सहकारी अभियानमा वैचारिक स्पष्टता र साझा बुझाइका साथ कल्याणकारी शिक्षक बहुउद्देश्य सहकारी सञ्चालनमा ल्याएका हुन् ।  शुरूवाती चरणमा सात लाख पुजीबाट सहकारीकाे शुरू भएको छ । शिक्षकहरुले जिल्लाभर कार्य क्षेत्र रहने गरी गत फागुन १८ गते दर्ता गराई शनिबारदेखि विधिवत रुपमा सहकारी सञ्चालनमा ल्याएका हुन् ।

सहकारीको शनिबार एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन तथा प्रथम साधारण सभा गरिएको छ । सहकारीको शिक्षक महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्रराज पौडेलले उद्घाटन गरेका हुन् । सहकारीको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पौडेलले पाल्पामा शिक्षक संघले शिक्षकको पेशागत हितसँगै रचनात्मक गतिविधिमा समेत सक्रियता देखाएकोमा संघको प्रशंसा गरे । 

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले शिक्षकहरुले सहकारी सञ्चालन गरेर अनुकरणी कार्य गरेको बताए । कुनै पनि सस्थाकाे वृद्धि र विकासकाे लागि सस्थागत पक्ष र व्यवस्थापन पक्ष सक्षम  हुनु पर्ने कुरामा सभापति श्रेष्ठले जाेड दिनुभयाे । 


कार्यक्रममा  शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा  रुपन्देहीका अध्यक्ष कूलप्रसाद लामिछाने,नेपाल कर्मचारी युनियन संघका पूर्व केन्द्रीय सदस्य लिला अर्याल, नेपाल सरकारका पूर्व उपसचिव श्रीकृष्ण नेपाल, शिक्षक संघ रुपन्देहीका उपाध्यक्ष रुप कुमार रायमाझी,सदस्य चर्तुभूज रेग्मी, संघका संस्थापक अध्यक्ष मिनबहादुर केसी, संघका पूर्व अध्यक्षहरु लक्ष्मण बस्याल, देविप्रसाद भट्टराई, एन्टो पाल्पाका अध्यक्ष धु्रर्वराज पन्त लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा संहकारी स्थापनामा सहयोग पुर्‍याउने लिला अर्याल र श्रीकृष्ण नेपालाई सम्मान समेत गरिएको छ । कार्यक्रम संघका अध्यक्ष धनकला गाहाको अध्यक्षता, सहसचिव डिला रानाभाटको स्वागत, सचिव अशोक घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif