सन्तोष गहतराज, मंगलवार, १३ मंसिर, २०७९
पाल्पा – पाल्पा उद्योग वाणिज्य संघको १६ औं अधिवेशनबाट अध्यक्ष पद शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएकाे छ । संघकाे अध्यक्षमा सहमति हुन नसकेपछि साेमवार निर्वाचन भएकाे हाे । अरु सबै पदमा निर्विराेध र सहमति भएपनि अध्यक्ष, उद्याेग उपाध्यक्ष र २ सदस्य पदमा सहमति नहुँदा निर्वाचन नै गर्नुपर्ने अवस्था आएकाे हाे । अध्यक्ष पदमा निवर्तमान महासचिव शैलेन्द्र भट्टराई र निवर्तमान कोषाध्यक्ष राजिव श्रेष्ठको वीचमा प्रतिष्पर्धा भएकाे हाे । भट्टराइले ६४१ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृत टंक प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी राजिव श्रेष्ठले २ सय १ मत प्राप्त गर्नुभयाे भने २ मत बदर भएकाे निर्वाचन समितिले जनाएकाे छ ।
पाल्पाका उधाेगी तथा व्यापारीहरूकाे छाता संगठनकाे रूपमा रहेको सस्था पाल्पा उधाेग वाणिाज्य अध्यक्षमा निर्वाचित भट्टराई व्यापारीहरूकाे हक हित र अधिकारकाे लागि कार्य गर्ने बताउनुभयो ।